२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला क्रिकेटरहरुलाई प्रशिक्षकद्वारा यौन दुर्ब्यबहार, यस्ता छन् आरोप

२०७३, ३० कार्तिक मंगलवार ०१:३६

कात्तिक ३०, काठमाडौं | देशका झन्डा बोकेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएका राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यलाई प्रशिक्षक राजु बस्न्यातले दुव्र्यवहार गरेको आरोप लागेको छ । हङकङमा सम्पन्न आइसिसी विश्वकप महिलाअन्तर्गत एसिया छनोटमा सहभागी हुन गएका नेपाली खेलाडीले नै प्रशिक्षक विरुद्ध लिखित उजुरी दिएका छन् ।

हङकङको प्रतियोगितामा सहभागीमध्ये ६ खेलाडी (हामीले नाम गोप्य राखेका छौँ) ले उजुरी गरेपछि राष्ट्रिय खेलकुद परिषद्ले छानबिन सुरु गरेको छ । सदस्यसचिव केशवकुमार विष्टलाई सम्बोधन गरी आएको उजुरीमाथि क्रिकेट समन्वय समितिले छानबिन गरिरहेको छ ।

विष्टले छानबिन गरी प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिइसकेका छन् । विष्टले छानबिन भइरहेको र दोषीमाथि कारबाही हुने बताए । ‘मैले सुन्नचाहिँ सुनेको छु, क्रिकेट समन्वय समितिलाई घटनाबारे बुझेर प्रतिवेदन बुझाउन निर्देशन दिइसकेको छु,’ विष्टले नयाँ पत्रिकालाई भने, ‘समितिले छिटै छानबिनको प्रतिवदेन बुझाउनेछ । कोही दोषी भए तत्कालै कारबाही हुनेछ ।’

यस्तो छ आरोप

१. महिला टोलीकी एक सदस्यलाई जबर्जस्ती मदिरा खुवाएको र सुतिरहेको अवस्थामा यौन दुव्र्यवहारको प्रयास गरेको

२.  घटनापछि राति नै अन्य खेलाडीले मुख्य प्रशिक्षक बस्न्यातसँग झगडा गरे, झगडाकै क्रममा प्रशिक्षकबाट एक खेलाडीलाई आक्रमण प्रयास गरेको 

३.  वादविवाद हुँदा प्रशिक्षकद्वारा खेलाडीलाई अश्लील गालीगलौज गरेको 

४. टोलीकै अर्की एक खेलाडीलाई पनि मदिरा खुवाई पटक–पटक यौन दुव्र्यवहारको प्रयास गरेको

नखाएको विष लाग्दैनः प्रशिक्षक

प्रशिक्षक बस्न्यातले भने आफूमाथि आरोप लागेको पुष्टि गरे पनि त्यो आरोप झुटो भएको दाबी गरेका छन् । हङकङमा प्रतियोगिता चलिरहँदा अनुशासनहीन खेलाडीलाई गाली गरेको उनले बताए । तर, यस विषयलाई ती खेलाडीले नै अनावश्यक मोड दिएको दाबी उनले गरेका छन् । ‘नेपालको नतिजा राम्रो आओस् भनी अनुशासनभन्दा बाहिर गएका केही खेलाडीलाई गाली गरेको थिएँ, तर त्यसैलाई उनीहरूले नकारात्मक रूपमा प्रचार गरे,’ बस्न्यातले भने ।

राष्ट्रिय टोलीमा छनोट नभएका खेलाडीसँग मिलेर ती खेलाडीले हल्ला फिँजाएको आरोप उनले लगाए । नेपाली क्रिकेटलाई लामो समयदेखि दिएको योगदानको नकारात्मक प्रतिफल पाएको भन्दै उनले दुःख व्यक्त गरे । ‘सबै खेलाडीलाई सम्मान गर्छु, मैले कसैलाई पनि दुव्र्यवहार गरेको छैन, गाली गर्नुलाई नै दुव्र्यवहार भन्ने हो भने मेरो केही भन्नु छैन, तर नखाएको विष कहिल्यै लाग्दैन,’ बस्न्यातले भने ।

 केही व्यक्तिले निजी स्वार्थ पूरा गर्न खेलाडीलार्ई हतियार बनाएको पनि उनले दाबी गरेका छन् । ‘कुनै व्यक्तिविशेषको स्वार्थका लागि यस्तो आरोप लगाइएको हो, यो मेरो करिअर नै समाप्त पार्ने योजना हो,’ उनले भने, ‘मेरो आफ्नो परिवार छ, त्यस्तो काम गरी हिँड्ने मान्छे होइन ।’ –  यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै