२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा नेपाल पनि सरकारमा जाने, प्रतिपक्षमा एमाले एक्लो

१ मंसिर २०७३, बुधबार ०२:०७

मंसिर १, काठमाडौं | राप्रपासँगको सहकार्यमा एकीकरणपछि सरकारमा सहभागी हुने राप्रपा नेपालको निर्णयका कारण प्रमुख प्रतिपक्षमा एमाले एक्लिदैछ । संसदको चौथो ठूलो शक्ति राप्रपा नेपाल सत्तामा जान सहमत भएपछि राप्रपासँगको एकीकरण पनि तय छ ।

राप्रपा नेपाल र राप्रपा एकीकरण गरी सरकारमा दुई मन्त्री थप पठाउने विषयमा नेताहरूबीच गोप्य सहमति भएको स्रोतले बताएको छ। यो सहमतिपछि मंगलबार दुई पार्टीका अध्यक्षले संयुक्त विज्ञप्ति प्रकाशित गरी मंसिर ६ गते पार्टी एकता घोषणाको मिति सार्वजनिक गरेका हुन्।

हाल राप्रपाबाट दुई मन्त्री सरकारमा सहभागी छन्। केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी राप्रपा नेपाल अहिले प्रतिपक्षमा छ।

साउन २५ मा एकीकरणको अन्तिम चरणमा पुगेका बेला राप्रपाले सरकारमा पठाएका मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने र नपर्ने विषयमा विवाद भएपछि एकीकरण स्थगित भएको थियो । तर यसपटक भने पार्टी एकीकरणपछि सरकारमा थप मन्त्री पठाउने सहमति राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाबीच भएको स्रोतले बतायो ।

स्रोतका अनुसार संविधान संशोधन प्रस्तावको टुंगो लागेपछिमात्र सरकारमा थप मन्त्री पठाइनेछ । दुई नेताबीच नागरिकताभन्दा बाहेक अन्य विषयमा प्रस्तावका पक्षमा उभिने सहमति पनि भएको छ । एकीकरणपछि राप्रपा नेपालका २५ र राप्रपाका १३ गरी ३८ सांसद हुनेछन् ।

एकताका लागि यसअघि नमिलेको भनिएका केही विषयमा समेत सहमति भएको स्रोतले बताएको छ । दुवै नेताले यसअघि विमति भएको भनिएका अन्तरिम विधानमा हस्ताक्षर गरेका छन् । अघिल्लोपटक अध्यक्षलाई अनुशासन समितिको सिफारिस सदर वा बदर गर्ने व्यवस्था भएको र यसपटक भने राष्ट्रिय अध्यक्ष र अध्यक्ष दुवैको सहमतिमा हुने व्यवस्था गरिएको स्रोतले बतायो । सहमतिअनुसार थापाले अध्यक्ष र संसदीय दलको नेताको जिम्मेवारी पाउनेछन् । त्यसैगरी राणाले राष्ट्रिय अध्यक्षको जिम्मेवारी पाउनेछन् । एकीकृत पार्टीको नाम राप्रपा रहने र झन्डा भने राप्रपा नेपालको रहने सहमति भएको छ । उनीहरूबीच हिन्दु राष्ट्रलाई बटमलाइन बनाएर अगाडि बढ्ने सहमतिसमेत भएको छ ।

मंगलबार दुई अध्यक्ष थापा र राणले संयुक्त विज्ञप्ति प्रकाशित गरी देशमा बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेकाले दुई पार्टीबीच मंसिर ६ मा एकीकरण हुने घोषणा गरेका छन् । उनीहरूले आगामी माघभित्र पार्टीको एकता महाधिवेशन गर्नेसमेत उल्लेख गरेका छन् । – अन्नपूर्ण 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली