मंसिर १, दाङ | स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान–रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १, दाङ | स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान–रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी पोस्ट बन्यो प्रेमजोडी बस्ने घर

१ मंसिर २०७३, बुधबार ०२:५७

मंसिर १, दाङ | स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान–रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी नबस्दा प्रेमजोडीको भलाकुसारी गर्ने स्थल बनेको छ ।

दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम र रुकुमबाट दाङ हुँदै काठमाडौं चल्ने रात्रि बस लुटिन थालेपछि सुरक्षाका लागि स्थानीयले प्रहरीका लागि घर निर्माण गरेका थिए । 

झन्डै ३ लाख लागतमा स्थानीयले ३ जेठ २०७१ मा तीन कोठाको प्रहरी बस्ने भवन निर्माण गरे पनि प्रहरी नबसेको स्थानीय कलीमान रोकाले जानकारी दिए । ‘कति दुःख गरेर पहाडको ठाउँमा झारपात, ढुंगामाटो गरेर प्रहरी बसाल्न घर बनाइयो तर बसेन,’ रोकाले भने ‘नबस्ने थाहा पाएको भए त हामीले यतिका दुःख गर्ने नै थिएनौं ।’ स्थानीय समुदायसँग भएको सहमतिअनुसार प्रहरी नबसेपछि त्यहाँका जनता निराश भएका छन् ।

दाङ–सल्यान रुकुम सडक खण्डको साततलेदेखि राम्रीसम्म विभिन्न समयमा दर्जनौं रात्रिबस लुटिएपछि प्रहरीसँग समन्वय गरेर स्थानीयले भवन निर्माण गरिदिएका थिए । भवन निर्माण भएको लामो समयसम्म पनि प्रहरी नबसेपछि सडक छेउमा रहेको घर प्रेमजोडीको रोजाइमा परेको स्थानीले बताए । तुलसीपुर बजारदेखि १२ किलोमिटर उत्तर टाढाको दूरीमा रहेको भवनसम्म बजारबाटै मोटरसाइकलमा घुम्न निस्किएका युवायुवतीहरू जाने गरेको स्थानीय भुपबहादुर पुनले जानकारी दिए ।

यसैबीच, अञ्चल प्रहरी कार्यालय तुलसीपुरले प्रहरी बस्नका लागि उपयुक्त स्थानमा भवन नभएकाले समस्या भएको बताएको छ । पिउने पानी र रासनको समस्यादेखि अस्थायी प्रहरी पोस्ट राख्ने भवननजिक कुनै मानव बस्ती नभएकाले असुरक्षित महसुस गरी प्रहरी पोस्ट खडा नगरेको अञ्चल प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले बताए । उक्त क्षेत्रमा सल्यानको कपुरकोट प्रहरी र तुलसीपुरको प्रहरी टोलीले संयुक्त रूपमा मिलेर विभिन्न समयमा रात्रि गस्ती गर्दै आएका छन् । – राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव