मंसिर १, दाङ | स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान–रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १, दाङ | स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान–रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय"/>
२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी पोस्ट बन्यो प्रेमजोडी बस्ने घर

२०७३, १ मंसिर बुधबार ०२:५७

मंसिर १, दाङ | स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान–रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी नबस्दा प्रेमजोडीको भलाकुसारी गर्ने स्थल बनेको छ ।

दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम र रुकुमबाट दाङ हुँदै काठमाडौं चल्ने रात्रि बस लुटिन थालेपछि सुरक्षाका लागि स्थानीयले प्रहरीका लागि घर निर्माण गरेका थिए । 

झन्डै ३ लाख लागतमा स्थानीयले ३ जेठ २०७१ मा तीन कोठाको प्रहरी बस्ने भवन निर्माण गरे पनि प्रहरी नबसेको स्थानीय कलीमान रोकाले जानकारी दिए । ‘कति दुःख गरेर पहाडको ठाउँमा झारपात, ढुंगामाटो गरेर प्रहरी बसाल्न घर बनाइयो तर बसेन,’ रोकाले भने ‘नबस्ने थाहा पाएको भए त हामीले यतिका दुःख गर्ने नै थिएनौं ।’ स्थानीय समुदायसँग भएको सहमतिअनुसार प्रहरी नबसेपछि त्यहाँका जनता निराश भएका छन् ।

दाङ–सल्यान रुकुम सडक खण्डको साततलेदेखि राम्रीसम्म विभिन्न समयमा दर्जनौं रात्रिबस लुटिएपछि प्रहरीसँग समन्वय गरेर स्थानीयले भवन निर्माण गरिदिएका थिए । भवन निर्माण भएको लामो समयसम्म पनि प्रहरी नबसेपछि सडक छेउमा रहेको घर प्रेमजोडीको रोजाइमा परेको स्थानीले बताए । तुलसीपुर बजारदेखि १२ किलोमिटर उत्तर टाढाको दूरीमा रहेको भवनसम्म बजारबाटै मोटरसाइकलमा घुम्न निस्किएका युवायुवतीहरू जाने गरेको स्थानीय भुपबहादुर पुनले जानकारी दिए ।

यसैबीच, अञ्चल प्रहरी कार्यालय तुलसीपुरले प्रहरी बस्नका लागि उपयुक्त स्थानमा भवन नभएकाले समस्या भएको बताएको छ । पिउने पानी र रासनको समस्यादेखि अस्थायी प्रहरी पोस्ट राख्ने भवननजिक कुनै मानव बस्ती नभएकाले असुरक्षित महसुस गरी प्रहरी पोस्ट खडा नगरेको अञ्चल प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले बताए । उक्त क्षेत्रमा सल्यानको कपुरकोट प्रहरी र तुलसीपुरको प्रहरी टोलीले संयुक्त रूपमा मिलेर विभिन्न समयमा रात्रि गस्ती गर्दै आएका छन् । – राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश