मंसिर २, काठमाडौं | टाढाको यात्राको तयारी गर्दै हुनुहुन्छ र मौसमबारे चिन्तित हुनुहुन्छ ? अब चिन्ता नगर्नुहोस्, तपाईं जाने जिल्ला, नगरपालिका वा गाउँको मौसमको तीन "/> Sajhasabal मंसिर २, काठमाडौं | टाढाको यात्राको तयारी गर्दै हुनुहुन्छ र मौसमबारे चिन्तित हुनुहुन्छ ? अब चिन्ता नगर्नुहोस्, तपाईं जाने जिल्ला, नगरपालिका वा गाउँको मौसमको तीन "/>
१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब तीनदिन पछीको मौसमसमेत थाहा पाउन सकिने

२ मंसिर २०७३, बिहीबार ०३:०८

मंसिर २, काठमाडौं | टाढाको यात्राको तयारी गर्दै हुनुहुन्छ र मौसमबारे चिन्तित हुनुहुन्छ ? अब चिन्ता नगर्नुहोस्, तपाईं जाने जिल्ला, नगरपालिका वा गाउँको मौसमको तीन दिनसम्मको अवस्थाबारे जानकारी इन्टरनेटबाट थाहा पाउन सकिन्छ । 

तीन दिनअघि नै कुनै ठाउँको तापक्रम, पानी पर्ने वा नपर्ने, हावा हुरी चल्ने वा नचल्ने ? जाडो वा गर्मीलगायतका मौसमको पूर्ण जानकारी इन्टरनेटका माध्यमबाट दिने तयारी भइरहेको छ । त्यहीअनुसार आफ्नो यात्रा तय गर्न सक्नुहुनेछ । 

जल तथा मौसम विज्ञान विभागले तीन दिन पछिसम्मको मौसमी अवस्थाबारे आंशिक रूपमा जानकारी वेब साइटमार्फत दिन थालेको छ भने पूर्ण रूपमा दिनलाई प्रविधिमा केही सुधार गर्ने तयारी भइरहेको विभागका महानिर्देशक डा. ऋषिराम शर्माले जानकारी दिए।

सरकारले आमनागरिकलाई तीन दिन पछिसम्मको देशभरका मौसमी अवस्थाबारे जानकारी दिने विशेष कार्यक्रम सञ्चालन गरेपछि यात्रामा हिँड्ने व्यक्ति, हवाई सेवा सञ्चालन गर्ने कम्पनी तथा यातायात व्यवसायीलाई सहज हुने भएको छ । 

महानिर्देशक शर्माले भने, ‘हामीले तीन दिनअघि नै तीन दिन पछिसम्मको देशभरको पानी पर्नसक्ने, पानी पनि कति मात्रामा पर्नसक्ने, घाम, बादलको अवस्था, तापक्रमको अवस्था लगायतका महत्वपूर्ण मौसमी जानकारी दिन थालेका छौँ । यसलाई इन्टरनेटको माध्यामबाट विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको वेब साइटमा गएर हेर्न सकिनेछ ।’

विभागले यसअघि २४ घण्टा पछिसम्मको मात्र मौसमको पूर्वानुमान गर्ने गरेको थियो ।  अब तीन दिन पछिसम्मको पानी पर्ने मात्रा (प्रतिशत), वास्तविक (ठ्याक्कै) तापक्रमको अवस्था पनि भन्नसक्ने भएको छ । – गोरखापत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै