मङ्सिर ३, काठमाडौँ । चुरोटको बट्टामा निवेदन लेखेर हुकम प्रमांगीका आधारमा नेपाल विद्युत् प्राधिकरणमा जागिर खाएका नेपाली काँग्रेस र नेकपा(एमाले) का कर्मचारीहरुले आतंक "/> Sajhasabal मङ्सिर ३, काठमाडौँ । चुरोटको बट्टामा निवेदन लेखेर हुकम प्रमांगीका आधारमा नेपाल विद्युत् प्राधिकरणमा जागिर खाएका नेपाली काँग्रेस र नेकपा(एमाले) का कर्मचारीहरुले आतंक "/>
१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस-एमालेका कर्मचारी नेता नै प्राधिकरण सिध्याउने खेलमा

३ मंसिर २०७३, शुक्रबार ०२:०३

मङ्सिर ३, काठमाडौँ । चुरोटको बट्टामा निवेदन लेखेर हुकम प्रमांगीका आधारमा नेपाल विद्युत् प्राधिकरणमा जागिर खाएका नेपाली काँग्रेस र नेकपा(एमाले) का कर्मचारीहरुले आतंक मच्चाउन छाडेका छैनन् । 

प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आएपछि उनले सुरु गरेका सुधारका कामहरु देखि नसहेको तथा काठमाडौँ उपत्यकामा जारी लोडसेडिङलाई अन्त्य गरिसकेपछि उनीहरु एकजुट भएर सुधारका कामलाई अगाडि बढाउन नदिने प्रपञ्च गरेका हुन् । 

त्यसरी प्रपञ्च गर्नेमा काँग्रेस निकट कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराई अग्रस्थानमा रहेका छन् । ऊर्जा मन्त्रीमा जनार्दन शर्मा नियुक्त भएर आएपछि भट्टराईले मन्त्रालयमा नै गएर प्राधिकरणमा सुधारको काम सुरु गर्दा आफूहरुसँग सोधखोज नगरे राम्रो नहुने चेतावनी दिएका थिए । उनले मन्त्रीलाई नितान्त तल्लो स्तरको गाली गरेर आफ्नो राजनैतिक इमान्दारिता र कर्मचारीको दायित्व समेत भुलेका थिए । 

प्राधिकरणमा कार्यरत भएपनि उनको काम ठेक्का पट्टा गर्ने, हाकिमहरुबाट कमिसन उठाउने तथा आफूलाई मन लागेको स्थानमा प्राधिकरणका कर्मचारीलाई पठाएर रकम उठती धन्दा उठाउने काममा लाग्ने गरेका थिए । प्राधिकरणमा घिसिङ आएपछि कुनै पनि यूनियनका पदाधिकारीलाई कर्मचारी सरुवाको विषयमा एकशब्द नै नसोधीकन क्षमता र योग्यताका आधारमा सूरुवा गरेपछि धन्दा बन्द भएको भन्दै भट्टराईले आन्दोलन गर्नुपर्ने निष्कर्ष निकालेको संघ आवद्ध एक कर्मचारीले जानकारी दिए ।

प्राधिकरणका अनुसार जनार्दन भट्टराईले प्राधिकरणको अनुमति नदिई ललितपुरको इमाडोल कोटेश्वर पुल नजिकै अवैध रुपमा ट्रान्सफर्मर मर्मत केन्द्र खोलेका छन् । प्राधिकरणको अनुमति बेगर खोलिएको त्यस्तो मर्मत केन्द्रमा प्राधिकरणमा मर्मतका लागि ल्याइएका ट्रान्सफर्मर जबरजस्ती उठाएर लैजाने र मर्मत गराउने गरेका छन् । उनको मर्मत केन्द्रमा ल्याइएका ट्रान्सफर्मरमा तामाको तार हाल्नुपर्नेमा फलामको तार हालेर प्राधिकरणलाई उल्टै ठगी गर्ने गरेका छन् । 

अवैध रुपमा मर्मत केन्द्र खोल्ने, कर्मचारीबाट उठती धन्दा चलाउने र आफूलाई कहिल्यै पनि प्राधिकरणको काममा नलगाउने भट्टराईलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग प्राधिकरण नेतृत्व समक्ष पुगेको छ । प्राधिकरणको नेतृत्वलाई जानकारी नै नदिई एकलौटी रुपमा खोलिएको मर्मत केन्द्र बन्द गराउनुपर्ने र उनलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग उठेपछि सो सम्बन्धमा राष्ट्रिय सर्तकर्ता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिनको प्रक्रिया सुरु गरेको छ ।

प्राधिकरणको इन्जिनियरिङ विभागको अनुमति बनि बिग्रिएको, मर्मत गर्नुपर्ने ट्रान्सफर्मर मर्मत गर्न पाइदैन, त्यो पूर्णत गैरकानुनी हुन जान्छ । तर जनार्दन भट्टराईले ह्याकुलाले मिचेर बिग्रिएका ट्रान्सफर्मर मर्मत गराउने भन्दै लैजाने गरेका छन् । इन्जिनियरिङ विभागको जानकारी बेगेर लगिएका त्यस्ता ट्रान्सफर्मरको मर्मत गरिएको प्रमाणपत्र समेत दिन नसकिने मर्मत विभागले जानकारी दिएको छ । कोटेश्वरको पुल नजिकै रहेको उनको मर्मत केन्द्र बन्द गर्नुपर्ने माग समेत उठेको छ । यस्तै संघकी सहअध्यक्ष रहेकी प्रमिला ढुङ्गाना लम्साल चुरोटको बट्टामा निवेदन लेखेर प्राधिकरणको सेवामा प्रवेश गरेकी हुन् । कुनै क्षमता नभएपनि प्राधिकरणमा काँग्रेस भएकै कारण कर्मचारीलाई धम्क्याएर जागिर खाने गरेकी छिन् ।

काम नगर्ने, सधै काँग्रेसको राजनीति गर्ने ढुङ्गानालाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने माग उठेको छ । सरुवा बढुवामा उठती धन्दा चलाउने र आफूलाई मन नपरेको कर्मचारीलाई काँग्रेस कर्मचारी लगाएर मान मर्दन गर्ने, हुलहुज्जत गर्ने तथा कालोमोसो समेत लगाउने काममा ढुङ्गानाको हात रहने गरेको प्राधिकरणको कर्मचारी प्रशासन महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार भट्टराई र ढुङ्गानाले लिखित रुपमा स्पटिकरण दिएर अब आइन्दा प्राधिकरणको हित विपरित काम नगर्ने प्रतिवद्धता जनाएमात्रै कारवाही हुनबाट जोगिने अन्तिम उपाय बाँकी रहेको छ । अन्यथा उनीहरुमाथि अब विभागिय कारवाही हने बताइन्छ ।

यस्तै एमाले निकटको कर्मचारी यूनियनका पूर्व अध्यक्ष रामप्रसाद रिमाल पनि प्राधिकरणको काम भन्दा एमालेको राजनीति गर्न सिपालु व्यक्ति हुन् । प्राधिकरणका पूर्व कार्यकारी निर्देशक रामेश्वर यादवलाई ज्यान मार्ने धम्की दिएर आफ्ना छोरालाई प्राधिकरणको सातौ तहमा जागिर खुवाएका थिए । चिलिमे जलविद्युत् आयोजनाको सञ्चालक समितिका सदस्य समेत रहेका रिमालले सो आयोजनालाई अगाडि बढ्न नदिने, सधै लफडा मात्रै गर्ने र कमाउ धन्दालाई नियमित रुपमा सञ्चालन गर्ने व्यक्ति हुन् । 

प्राधिकरणको जागिर खाएर नितान्त एमालेको राजनीतिक मात्रै गर्ने रिमाललाई पनि विभागिय कारवाहीको लागि तयारी गरिएको छ । यस्तै एमाले निकटको कर्मचारी यूनियनका अन्य चार जनालाई पनि कारवाहीको लागि उनीहरुको गतिविधिको सुक्ष्म अध्ययन भइरहेको छ । उनीहरु प्राधिकरणको काममा भन्दा पनि अन्य काममा लागेको, प्राधिकरणको हित विपरित गतिविधि गरेको तथा नाजयन रुपमा प्राधिकरणको हित विपरित काम गरेको भन्दै महाशाखाले अध्ययनको प्रक्रिया अगाडि बढाएको छ ।

उनीहरुको आय समेत अनावश्यक रुपमा बढी रहेको पाइएकाले अख्तियारले छानबिनको प्रक्रिया सुरु गरेको जनाएको छ । सेवा प्रवेशदेखि हालसम्मको गतिविधि समेत असामान्य रहेको , सामान्य तहमा काम गर्ने कर्मचारी गाडी चढेर हिड्ने, दर्जनौ वित्तिय संस्था वा निकायमा सेयर खरिद गरेको तथा ठूला आलिशान महल बनाएको जस्ता विषयमा उनीहरुको अध्ययन भइरहेको अख्तियार स्रोतले जनाएको छ । 

डुबेको प्राधिकरणलाई माथि उठाउने र सहज रुपमा जनतालाई विद्युत् सेवा दिने वर्तमान सरकारको योजना विपरित उनीहरुले प्राधिकरणलाई धारासायी बनाउने, आन्दोलनको नाममा संस्थाको हित विपरित काम गरेको तथा कुनै पनि अनावश्यक बहाना निकालेर आन्दोलनको धम्की दिएको भन्दै कारवाही गर्नुपर्ने माग उठेको छ । उनीहरुलाई तत्काल कारवाहीको दायरामा ल्याउन प्राधिकरणमा कार्यरत कर्मचारीहरुले माग गरेका छन् । प्राधिकरणमा कार्यरत इमान्दार कर्मचारीले उनीहरुलाई कारवाही नगरे प्राधिकरणको केन्द्रिय कार्यालय नै छिर्न नदिने समेतको आन्दोलनको तयारी गरेका छन् ।

यस्तै प्राधिकरणको विद्युत् लिएर बाँकी क्यौता नतिर्ने तथा कमिसनको आधारमा प्राधिकरणको राष्ट्रिय सम्पत्तिलाई व्यक्तिको हितमा लगाउनेहरु माथि समेत छानबिनको प्रक्रिया सुरु गरिएको छ । कर्मचारी यूनियनका नेताहरुले कमिसनको आधारमा लोडसेडिङ गराएर आफ्नो स्वार्थ पूर्ति गर्ने गरेका छन् । इन्भर्टर व्यापारी, ब्याट्री व्यापारी र सोलार व्यापारीको कमिसनका आधारमा यूनियनका पदाधिकारीले हर्कत गर्ने गरेका छन् । 

उनीहरु व्यापारीको चंगुलमा परेकै कारण काठमाडौँ उपत्यका र काठमाडौँ उपत्यका बाहिरका शहरमा लोडसेडिङ गर्ने गरिएको प्राधिकरणको अध्ययनले देखाएको छ । प्राधिकरणलाई टाट पल्टाउने र राष्ट्रिय सम्पत्तिलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेहरु जो सुकैलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने आवाज सर्वत्र उठेको छ । जनतालाई सेवा दिनुको साटो व्यक्तिगत स्वार्थमा अल्मिलिनु कतिसम्म जायज र तर्क संगत हने भन्ने विषयमा खोजबिन गर्नुपर्ने देखिन्छ ।

विद्युत् चोरीमा समेत कर्मचारी यूनियनको हात

यस्तै प्राधिकरणले चुहावटमा संलग्न कर्मचारी तथा उच्च पदस्थ कर्मचारीलाई समेत कारवाहीको दायरामा ल्याउने तयारी गरिएको छ । 

भक्तपुरमा नारायणमान बिजुक्छेको पार्टीको योजनामा नै विद्युत् चोरी गरिएको छ । विद्युत् चोरीमा संलग्नलाई कानुनी कारवाहीको लागि प्रक्रिया सुरु नगरे विजुक्छेको पार्टीलाई नै प्राधिकरणले कालो सूचीमा राखेर कारवाहीको प्रक्रिया सुरु गरिने जनाएको छ । नेपाल मजदुर किसान पार्टीको योजनामा नै भक्तपुरमा विद्युत् चोरी हुने गरेको छ भने ग्रामीण क्षेत्रको विद्युत् चोरीमा एमाले अध्यक्ष खड््ग ओलीको विश्वासपात्रका रुपमा रहेका महेश बस्नेतको योजनामा विद्युत् चोरी हुने गरेको छ । विद्युत् चोरी नगर्न र चोरीमा संलग्नलाई कानुनी दायरमा ल्याउन उनीहरुलाई समेत सेचत गराइएको छ ।

यस्तै बारा, पर्सा, रौतहट, सिराहा, सप्तरी, महोत्तरी, धनुषा र चितवनमा समेत ७० प्रतिशत भन्दा बढी विद्युत् चोरी हुने गरेको छ । ती जिल्लाको विद्युत् चोरीमा समेत कर्मचारी यूनियन र राजनीतिक दलका नेताको संलग्नता रहेको छ । तराईका विशेष गरी आठ जिल्ला बढी विद्युत् चोरी हुने गरेको छ भने चितवन समेत विद्युत् चोरीका लागि कुख्यात रहेको छ । ती जिल्लाका राजनीतिक दलको संलग्नतामा हुने गरेको विद्युत् चोरीलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरिएको छ । 

उनीहरुलाई कारवाही प्रक्रियामा नल्याए प्राधिकरणले प्रहरी प्रशासनको सहयोगमा कारवाहीको प्रक्रिया सुरु गर्ने जनाएको छ । प्राधिकरणका अनुसार कुल विद्युत् आपूर्तिको २५ प्रतिशत विद्युत् चोरी र चुहावट हुने गरेको छ त्यो भनेको कुल जडित क्षमता ९०० मेगावाट मध्ये २२५ मेगावाट हो । उक्त परिमाणको विद्युत् नियमित उपलब्ध हुन सके काठमाडौँ उपत्यकालाई सहज रुपमा विद्युत् उपलब्ध गराउन सकिन्छ । 

तर कर्मचारी यूनियनका नेताको दबावमा विद्युत् चोरहरुलाई उम्काउने गरिएको छ । विद्युत् चोरी गर्नु अपराध भएपनि सोही अपराध गर्न काँग्रेस र एमाले सम्वद्ध यूनियनका नेताहरु लागेका छन् । उनीहरुलाई पहिलो निशाना बनाउने प्राधिरणले तयारी गरेको बताइन्छ । -जनआह्वान साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै