मङ्सिर ३, काठमाडौँ । राज्यकोषमा सबैभन्दा बढी तर कसले मारेका होला । सहजै उत्तर आउँछ नेकपा एमाले । २०४६ सालपछि सबैभन्दा धेरै पटक सरकारमा बस्ने र राज्यकोषमा दोहन गर्नेम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, काठमाडौँ । राज्यकोषमा सबैभन्दा बढी तर कसले मारेका होला । सहजै उत्तर आउँछ नेकपा एमाले । २०४६ सालपछि सबैभन्दा धेरै पटक सरकारमा बस्ने र राज्यकोषमा दोहन गर्नेम"/>
१७ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करोड बढी उपचार खर्च लिने केपी ओली नै सरकारको विरोधमा

३ मंसिर २०७३, शुक्रबार ०२:५७

मङ्सिर ३, काठमाडौँ । राज्यकोषमा सबैभन्दा बढी तर कसले मारेका होला । सहजै उत्तर आउँछ नेकपा एमाले । २०४६ सालपछि सबैभन्दा धेरै पटक सरकारमा बस्ने र राज्यकोषमा दोहन गर्नेमा एमाले नै अग्रपंक्तिमा रहेको छ ।

२०४६ पछि बनेका सरकारमा एमाले २६ पटक सरकारमा सहभागी भएको छ । प्रतिपक्षमा बसेपनि व्यवस्थापिका संसद्मा अवरोध गरेर होस वा सडक आन्दोलन गरेर एमालेले आफ्नो असली हैसियत प्रष्ट गरिसकेको छ । २६ पटक भन्दा बढी सरकारमा बसेर एमालेका नेताहरुले हालसम्म उलेख्य मात्रामा सरकारी कोषको दोहन गरेका छन् ।

एमाले अध्यक्ष खड्ग ओलीले मात्रै राज्यकोषबाट प्रत्यक्ष रुपमा एक करोड ३६ लाख नगद लिएका छन् । मृगौला फेल भएको भन्दै उनले सो रकम लिएका थिए । यस्तै एमालेकी तत्कालीन उपाध्यक्ष एवम् वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले एक करोड १८ लाख रकम राज्यकोषबाट लिएका थिइन् । यस्तै भरतमोहन अधिकारी, रामनाथ ढकाल मात्रै होइन, झलनाथ खनालले समेत राज्यकोषबाट मोटो रकम दोहन गरेका छन् ।

यतिसम्मकी झलनाथ खनालले त झ्याउको कारोबार गर्ने भनेर दश करोड भन्दा बढी रकम राज्यलाई ठगी गरेका छन् । खनालले आफ्नी श्रीमतीको नाममा खडा गरेको कम्पनी मार्फत उक्त रकम ठगी गरेका हुन् । यस्तै राज्यकोषको रकम बाँड्नेमा माधव नेपाल समेत अग्रपंक्तिमा रहेका छन् । उनी प्रधानमन्त्री भएको वखत मात्रै राज्यकोषबाट एक अर्ब बढी रकम बाडिएको थियो । केपी ओलीले आफूले मात्रै लिएर नपुगेर झापाका एमाले कार्यकर्ता र गुगल ब्वाईलाई समेत एक करोड रकम दिएका थिए ।

आदित्य दाहाल नाम भएपनि गुगल ब्वाईको रुपमा परिचित बालकको पिता एमाले कार्यकर्ता भएकै कारण ओलीले एक करोड वितरण गरेका थिए । उनी प्रधानमन्त्री हुँदा एमालेका तीन सय भन्दा बढी नेता तथा कार्यकर्तालाई प्रत्यक्ष रुपमा ९० करोड बढी रकम बाँडेका थिए भने अप्रत्यक्ष रुपमा उनले एक अर्ब भन्दा बढी रकम बाँडेका थिए । माधव नेपालले बाँडेकै हाराहारीमा ओलीले रकम बाँडेका थिए तर सदनमा एमालेका नेताहरुले नै सबैभन्दा बढी पछिल्लो पटक सरकारले सुजाता कोइरालालाई पचास लाख दिएकोमा विरोध गरेका छन् ।

विरोध गर्नेमा एमाले नेता एवम् आर्थिक तथा नैतिक रुपमा समेत भ्रष्ट भनेर प्रचार गरिएका प्रकाश ज्वाला अग्रपंक्तिमा रहेका छन् । संसद्को अर्थ समितिका सभापति रहेका ज्वालाले सो समिति देखाएर व्यापारी, उद्योगीलाई धम्क्याएर रकम उठाउने गरेको संसद सचिवालयका अधिकारी नै बताउँछन् । राज्यकोषको सबैभन्दा बढी दोहन गर्ने एमाले नै सरकारको विरोधमा उत्रनुलाई नेपाली जनताले राम्रो मानेका छैनन् । विकास निर्माणको बजेटमा समेत एमालेका नेताहरु नै भ्रष्टाचार गर्न, राज्यकोष दोहन गर्न अग्रपंक्तिमा रहेका छन् । उनीहरु जे जसरी भएपनि राज्यकोष दोहन गर्न लागिपर्ने गरेको बताइन्छ ।

त्यसो त सरकारले उपचारको लागि पचास लाख दिएको सुजाता कोइरालाको सम्पत्ति कति रहेको छ भन्ने बारेमा जनआह्वानले एउटा तथ्य फेला पारेको छ । पूर्व परराष्ट्रमन्त्री एवम् स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी छोरी समेत रहेकी कोइरालाको काठमाडौँ मण्डिखाटारमा पाँच तले भव्य आलिशान महल रहेको छ । सो महलको हालको बजार भाउ मात्रै दश करोडको हाराहारी रहेको छ । विराटनगर उपमहानगरपालिका नौ मा १४ विगाहा जग्गा रहेको छ भने सोही उपमहानगरपालिका १५ मा १५ कट्ठा जग्गा रहेको छ । मोरङ उपमहानगरमा आठ कट्ठा १० धुर मोरङ डाइनियामा ११ कट्ठा जग्गा रहेको छ ।

सबै सम्पत्ति जोड्दा कोइरालाको ४० करोड बढी रहेको छ । सधै शक्तिको पहुँचमा रहेकी कोइरालो ज्वाई रुवेल चौधरी मार्फत समेत कमाउ धन्दा चलाउने गरेकी थिएन । अवैध कल वाइपासमा संलग्न रुबेल चौधरीले कमाएको धन्दामा समेत सुजाताको हात रहने गरेको थियो । यसरी वैध र अवैध सबै सम्पत्ति जोड्दा उनको नाममा मात्रै एक अर्ब ५० करोड बढी सम्पत्ति रहेको बताइन्छ । अर्बौको मालिक रहेकी कोइरालालाई काँग्रेसको संस्थापनको दबावमा सुजातालाई सरकारले रकम दिएको स्रोतको दावी छ । -जनआह्वान साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘लाज शरणम्’ फिल्मका तीन पोस्टर सार्वजनिक ओलीमाथि भीम रावलका आरोपैआरोप, ७४ बुँदे प्रश्न (पूर्णपाठ) राज्यमन्त्री चौधरीविरुद्धको मुद्दाको निर्णय आज नसुनाइने, सर्‍यो निसु एकीकृत समाजवादीसँग एकताको समझदारी भएको छ: वामदेव गौतम दीपेन्द्रसिंह ऐरीलगायत सबै नेपाली खेलाडीको आईसीसी वरीयता खस्कियो भीम रावलले मातृभूमि जागरण अभियान चलाउने अन्नपूर्ण क्षेत्रमा पर्यटककाे नयाँ रेकर्ड वामदेव फेरि आलोकनगरमा, माधवसहित नेकपा एसका ७ नेता वार्तामा १३ वर्षीया बालिका बलात्कारको आरोपमा १९ वर्षीय युवक पक्राउ मुकुल ढकाललाई पार्टीमा पुनर्बहालीको माग गर्दै दुई प्रदेश सभापतिले दर्ता गराएको पत्रमा के छ? एमालेले सदस्यता नै खोसेपछि विकल्प खोजेँ : भीम रावल पत्रकार सम्मेलनमा रावलले के भने ? आजदेखि जन्मेको पुस्ताले पाउनेछन् नयाँ नाम ‘जनरेशन बिटा’ ! पाँच एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ? भारतको होटलमा आमासहित एकै परिवारका पाँच सदस्य मृत फेला, २४ वर्षीय छोरा पक्राउ मुकुल ढकाललाई पुनःपदमा फर्काउन माग गर्दै कार्यवाहक सभापति अर्याललाई पत्र राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फैसला आज, जाला त सांसद पद ? सबैभन्दा धेरै कमाउने दोस्रो भारतीय फिल्म बन्यो पुष्पा–२ , बाहुबली–२ को रेकर्ड तोडियो जनवरी १ तारिखमा नयाँ वर्ष मनाउने चलन कहिलेदेखि शुरु भयो ? सहकारी ठगी मुद्दाको थुनछेक बहस: रविलगायतका पक्ष–विपक्षमा आज क–कसले गर्दैछन् वहस ?