मङ्सिर ४, काठमाडौं । कांग्रेस नेता खुमबहादुर खड्का उपसभापतिको दौडबाट पछाडि हटेका छन् । स्रोतका अनुसार १९ कात्तिकमा खड्काले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ४, काठमाडौं । कांग्रेस नेता खुमबहादुर खड्का उपसभापतिको दौडबाट पछाडि हटेका छन् । स्रोतका अनुसार १९ कात्तिकमा खड्काले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपसभापतिको दाबी किन छाडे खुमबहादुरले ? राखे नयाँ सर्त

४ मंसिर २०७३, शनिबार ०१:४६

मङ्सिर ४, काठमाडौं । कांग्रेस नेता खुमबहादुर खड्का उपसभापतिको दौडबाट पछाडि हटेका छन् । स्रोतका अनुसार १९ कात्तिकमा खड्काले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेरै आफू पछाडि हटेको जानकारी गराएका हुन् ।

सभापति देउवाले आफूलाई कुनै हालतमा उपसभापति नबनाउने बुझेपछि नेता खड्का पछाडि हटेका छन् । तर, उनले देउवासँग नयाँ सर्त पनि राखेका छन् । महामन्त्रीमा पूर्णबहादुर खड्कालाई ल्याउनुपर्ने, केन्द्रीय समितिमा मनोनीत गर्न बाँकी १० सदस्यमध्ये पाँचजना र चुनावमा टिकट बाँड्ने संसदीय बोर्डमा दुई सदस्य आफ्नो पक्षलाई दिनुपर्ने सर्त उनले राखेका छन् ।

तर, देउवाले महासमिति बैठक डाकेर केही केन्द्रीय सदस्यको प्रस्ताव ल्याएपछि मात्र सदस्य दिन सकिने बताएका थिए । 

लामो समयदेखि देउवालाई सहयोग गर्दै आएको, १३औँ महाधिवेशनमा देउवालाई जिताउन महत्वपूर्ण भूमिका खेलेको भन्दै खड्काले उपसभापतिमा दाबी गर्दै आएका थिए । केन्द्रीय समितिमा उनीपक्षीय पाँच नेताले जितेका छन् ।

आफू पछि हटेपछि नेता खड्काले उपसभापतिमा गोपालमान श्रेष्ठलाई समर्थनको वचन दिएका छन् । २६ कात्तिकमा श्रेष्ठलाई फोन गरेरै खड्काले ‘उपसभापतिको दाबी छोडेँ, तपाईं सिनियर पनि हो । 

अब तपाईं नै उपसभापति बन्नुस् । मेरो शुभकामना छ ।’ भनेको स्रोत बताउँछ । खड्काबाट पनि समर्थन पाएपछि श्रेष्ठले आफू वरिष्ठ पनि भएको, उपसभापति चलाइसकेको भन्दै उपसभापति मनोनीत गर्न सभापति देउवालाई आग्रह गरेका छन् । तर, देउवाको उपसभापतिको पहिलो रोजाइ नेता विमलेन्द्र निधि हुन् । -नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ