पुस ७, काठमाडौं । संविधान संशोधन विधेयक दर्तापछि जेलिँदै गएको राजनीतिक गतिरोध तीन दिनभित्र टुंग्याउने प्रतिबद्धताविपरीत प्रमुख तीन दलले संवादविनै समय गुजारेका छन् ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ७, काठमाडौं । संविधान संशोधन विधेयक दर्तापछि जेलिँदै गएको राजनीतिक गतिरोध तीन दिनभित्र टुंग्याउने प्रतिबद्धताविपरीत प्रमुख तीन दलले संवादविनै समय गुजारेका छन् ।<"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन दलले संवादविनै किन समय गुजार्दैछन ?

७ पुष २०७३, बिहीबार ०१:०८

पुस ७, काठमाडौं । संविधान संशोधन विधेयक दर्तापछि जेलिँदै गएको राजनीतिक गतिरोध तीन दिनभित्र टुंग्याउने प्रतिबद्धताविपरीत प्रमुख तीन दलले संवादविनै समय गुजारेका छन् ।

सभामुख ओनसरी घर्तीको पहलमा अवरुद्ध संसद् खुलाउने उद्देश्यले सोमबार आयोजित शीर्ष बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूले तीन दिनभित्र निकास खोज्ने प्रतिबद्धता जनाएका थिए । 

तर, सभामुखले दिएको समयभित्र संवादै नगरी तीन दलले समय गुजारेका हुन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता सहभागी थिए ।

एमालेसहित आठ विपक्षी दलले गत १६ मंसिरयता छैटौँपटक संसद् बैठक अवरुद्ध गरेका छन् । राष्ट्रियता विभाजन गर्नेगरी सरकारले विधेयक ल्याएको दाबी गर्दै उनीहरूले गत सोमबारको बैठक पनि अवरोध गरेका थिए ।

बैठकमा सभामुख घर्तीले विधेयकलगायतका कार्यसूचीमा सहमतिमा छिटो सहमतिमा पुगेर अवरुद्ध संसद् खुलाउन सहयोग गर्न गम्भीर ध्यानाकर्षण गराएकी थिइन्। उनले सहमति हुन नसके कार्यसूची अघि बढाउने प्रक्रियाबारे तीन दिनभित्र टुंगोमा पुग्नेगरी निकास खोज्नुपर्ने विकल्प प्रस्तुत गरेकी थिइन् ।

जवाफमा तीनै पार्टीका नेताहरूले संवाद जारी राख्दै निकास दिने प्रतिबद्धता जनाएका थिए । ‘सभामुखज्यूले पहिला पनि शीर्ष नेताहरूसँग अवरुद्ध संसद् खुलाउने विषयमा केन्द्रित रहेर छलफल गर्नुभएको थियो, पछिल्लोपटक निकासका लागि गम्भीर ध्यानाकर्षण गराउनुभएको थियो,’ सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले भने, ‘उहाँ यसबीचमा औपचारिक–अनौपचारिक छलफल भएको होला भन्ने बुझाइमै हुनुहुन्छ, बिहीबार पनि संसद् खुलेन भने प्रक्रियामा सहमति गराउने प्रयास जारी राख्नुहुनेछ ।’

सभामुखको पहलमा आयोजित पछिल्लो बैठक शीर्ष नेताहरूबीचको आरोप–प्रत्यारोपमै टुंगिएको थियो। सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधन विधेयकबाट पछि नहट्ने अडानसहित विरोधका नाममा एमालेसहित विपक्षी दलहरूले लोकतान्त्रिक र संसदीय प्रक्रिया अबरुद्ध गर्न नमिल्ने अडान राख्दै आएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही