२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलाबाट पुरुष बन्न गृहमा निवेदन !

२०७३, १० पुष आईतवार ०१:३५

पुस १०, काठमाडौ । काभ्रेस्थित जिल्ला प्रशासन कार्यालयबाट गृह मन्त्रालयको नागरिकता फाँटमा एउटा पत्र आइपुग्यो । 

त्यो पत्रले शाखाका कर्मचारीहरूलाई चार वर्षअघिको घटना मात्रै सम्झाएन, फेरि उस्तै प्रकृतिको अर्को कागजी प्रक्रिया सुरु गर्नुपर्ने अवस्थासमेत निम्त्यायो। काभ्रेका दनुवार थरका ती नागरिकको निवेदनमा आफू पुरुष भएको जनाउँदै नागरिकतामा लिंग महिला लेखिएको व्यहोरा सच्याइपाऊँ भनिएको थियो । 

नागरिकता लिँदा आफू महिला भएको तर कालान्तरमा पुरुष हर्मोन बढेको र पुरुषकै स्वभाव वृद्धि भएकाले आफू पुरुष नै भएको निक्र्योलमा पुगेको उनको निवेदनमा उल्लेख छ। धुलिखेलस्थित अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणले पनि पुरुष नै भएको मेडिकल सिफारिसका साथमा उनले जिप्रकामा नागरिकतामा लिंग परिवर्तन गरिपाउँm भन्ने निवेदन दिएकी थिइन्। मौजुदा कानुनमा लिंग परिवर्तनको कुनै व्यवस्था नभएकाले जिप्रकाले उक्त निवेदन गृह मन्त्रालय पठाइदिएको थियो।

वि.सं. २०६८ माघमा कलाकार सन्तोष पन्तका छोरा प्रतीक लिंग परिवर्तन गरेर छोरी बनेका थिए। थाइल्यान्डको एक क्लिनिकमा लिंग परिवर्तन गरेपछि उनले आफ्नो नाम केटलिन त बनाए नै गृह मन्त्रालयको नागरिकता फाँटमा लिंग परिवर्तनका निम्ति निवदेनसमेत दिए। फाँटले त्यतिबेला आवश्यक मेडिकल प्रमाणका आधारमा गृह सचिवकहाँ सिफारिस गर्‍यो। लिंग परिवर्तनको निर्णयका निम्ति गृह मन्त्रालयले त्यतिबेला मन्त्रिपरिषदको स्वीकृति लिएको थियो।

नागरिकता फाँटले दनुवारको निवेदनउपर आवश्यक रायका निम्ति स्वास्थ्य मन्त्रालयमा पत्राचार गर्‍यो। स्वास्थ्यले दनुवारको फाइल आवश्यक परामर्शका निम्ति नेपाल मेडिकल काउन्सिलमा पठायो। काउन्सिलले आवश्यक प्रक्रियाका निम्ति वीर अस्पताल सञ्चालन गरिरहेको राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानमा पठायो। वीर अस्पतालमा गरिएको बायोलोजिकल परीक्षणले उनी पुरुष नै भएको ठहरसहितको पत्र नागरिकता फाँटमा पठायो।

त्यसपछि फाँटले थप आवश्यक स्वीकृति र प्रक्रियाका लागि गृह सचिव लोकदर्शन रेग्मीकहाँ सिफारिस गर्‍यो। नागरिकता फाँटका प्रमुख सागरमणि पाठकका अनुसार विदेश भ्रमणमा रहेका सचिव रेग्मी फर्किनेबित्तिकै यो फाइल अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइनेछ। मन्त्रिपरिषद्ले स्वीकृति दिए दनुवारको नागरिकतामा भएको महिलाको परिचय हटाएर पुरुष बनाइनेछ।

ट्रान्सजेन्डर अर्थात् लिंग परिवर्तनको अभ्यास विश्वमा नयाँ भने होइन। थाइल्यान्ड लिंग परिवर्तनका निम्ति विश्वकै आकर्षक गन्तव्यका रूपमा रहेको छ।

फाँटका एक कर्मचारीका अनुसार दनुवारबाहेक अर्का एकजना पुरुष पनि लिंग परिवर्तनबारे बुझ्न आएका छन् । ती कर्मचारीका अनुसार कानुनी प्रक्रिया सहज हुने भए आफूले लिंग परिवर्तन गर्न आँटेको उनको भनाइ छ।

पुरुष वा महिलाको नामबाट नागरिकता लिएका तर तिनले तेस्रो लिंगी वा बहुलिंगी भएको प्रमाण पेस गरेपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै नागरिकता परिवर्तन गर्न सकिने कानुनी व्यवस्था छ। तर लिंग नै परिवर्तन गर्नुपर्नेको हकमा भने मन्त्रिपरिषद बैठकबाटै स्वीकृति लिनुपर्छ। लिंग परिवर्तनको विषयमा विद्यमान कानुनी मौनताले सामाजिक संरचनामा नै असर पार्न सक्नेमा सचेत हुनुपर्ने नागरिकता फाँट प्रमुख पाठक बताउँछन्।

उनका अनुसार केही प्रतिनिधि घटनाकै आधारमा छोरीबाट छोरा बन्ने लहर बढ्यो भने के गर्ने भन्ने प्रश्न उठ्न सक्छ। ‘निकट भविष्यमा गरिने नागरिकतासम्बन्धी नियमावलीको संशोधनमा यो कुरालाई प्रस्टसँग उल्लेख गर्नुपर्छ,’ पाठकले भने, ‘कानुनमै स्पष्ट व्यवस्था भए व्यक्तिको हकमा प्रत्येक पटक मन्त्रिपरिषदमै फाइल पठाउनुपर्ने अवस्था अन्त्य हुनेछ।’ -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी