पुस १२, काठमाडौं | अघिल्लो दुई वर्षको तुलनामा यस वर्ष सार्वजनिक सेवा प्रवाह छिटोछरितो एवं प्रभावकारी देखिनुको साथै भ्रष्टाचारको अवस्थामा कमी आएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १२, काठमाडौं | अघिल्लो दुई वर्षको तुलनामा यस वर्ष सार्वजनिक सेवा प्रवाह छिटोछरितो एवं प्रभावकारी देखिनुको साथै भ्रष्टाचारको अवस्थामा कमी आएको छ । 
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६.५ प्रतिशतले घट्यो भ्रष्टाचार, ‘मालपोत कार्यालय ‘सर्वाधिक घुस्याहा’

२०७३, १२ पुष मंगलवार ०२:४१

पुस १२, काठमाडौं | अघिल्लो दुई वर्षको तुलनामा यस वर्ष सार्वजनिक सेवा प्रवाह छिटोछरितो एवं प्रभावकारी देखिनुको साथै भ्रष्टाचारको अवस्थामा कमी आएको छ । 

ट्रान्सपरेन्सी इन्टरनेसनलले सोमबार सार्वजनिक गरेको ‘सार्वजनिक सेवा प्रवाह सर्वेक्षण २०७३’को प्रतिवेदनमा यो अवस्था देखाइएको हो ।  सर्वसाधारण सेवाग्राहीमा देखिएका सचेतताका कारण भ्रष्टाचारमा कमी आएको बताइएको छ । 

अध्ययनले नेपाल सरकारबाट सञ्चालित सार्वजनिक सेवा प्रवाहबारे ट्रान्सपरेन्सी इन्टरनेसनलले विभिन्न नौ जिल्लास्थित १२ वटा सरकारी कार्यालयमा अध्ययन गरेको थियो ।  बागलुङ, बाँके, भक्तपुर, दाङ, दार्चुला, दोलखा, रौतहट, रूपन्देही र सिराहा जिल्लाका दुई हजार दुई सय स्थानीय बासिन्दासँग गरिएको अध्ययनबाट प्राप्त तथ्याङ्कलाई प्रतिवदेनमार्फत सार्वजनिक गरिएको हो । 

विगत दुई वर्षअघि गरिएको सर्वेक्षणमा भ्रष्टाचार बढेर ६० प्रतिशत पुगेको थियो।  तर, पछिल्लो सर्वेक्षणमा त्यो प्रतिशत घटेर ५३.५ मा झरेको र सार्वजनिक सेवा प्रवाहमा क्रमिक सुधार भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।  जिल्ला तहमा सार्वजनिक सेवा छिटोछरितो र प्रभावकारी बनाउन सरकारी तथा गैरसरकारी निकायबाट गरिएको कार्यक्रमबाट जनताको चेतनास्तर बढेको पनि अध्ययनका क्रममा देखिएको छ। 

सञ्चार क्षेत्रको सक्रियता, साक्षरता दर वृद्धि र सार्वजनिक सेवा लिन सर्वसाधारणमा उत्सुकता जागृत भएपछि विगतको तुलनामा सार्वजनिक सेवा प्रवाह प्रभावकारी भएको र भ्रष्टाचारमा कमी आएको अध्ययनमा संलग्न विशाल भण्डारीले बताए। “अघिल्लो वर्षको तुलनामा असन्तुष्टि केही घटेको छ, सुधार देखिए पनि अझ थप सुधारको आवश्यकता देखिएको छ”, उनले भने।

अध्ययन गरिएकामध्ये मालपोत कार्यालय सबैभन्दा बढी घूस लेनदेन हुने कार्यालयको रूपमा देखिएको छ।  आफ्नो काम छिटोछरितो रूपमा सम्पन्न गर्न सेवाग्राहीले तोकिएभन्दा बढी रकम तिर्ने गरेका छन्।  सबभन्दा बढी सेवा लिने र भीड हुने कार्यालयहरूमा नै समस्या बढी देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

सबैभन्दा बढी सेवाग्राहीको भीड र सेवा लिने कार्यालय नेपाल विद्युत् प्राधिकरण देखिएको छ भने त्यसपछि नगरपालिका, अस्पताल र मालपोत कार्यालयमा बढी भीड हुने गरेको छ।  घूस लेनदेन, ढिलाइ, दलाल मध्यस्थकर्ताद्वारा दुव्र्यवहार, नातावाद आदिबाट प्रभावित कार्यालयका रूपमा मालपोत र अस्पताल रहेको छ भने सेवाग्राहीको काममा ढिलाइ हुने कार्यालय मालपोत र नगरपालिका रहेको प्रतिवेदनमा भनिएको छ। 

प्रतिवेदनका अनुसार ढिलासुस्ती र भ्रष्टाचार भए पनि पीडित सर्वसाधारणले उजुरी गर्नेतर्फ त्यति उत्सुकता देखाएका छैनन्।  उजुरी गर्ने निकायको जानकारी अभाव तथा उजुरी गरे पनि सुनुवाइ नहुने गरेका कारण उजुरी नगरेको सर्वेक्षणमा सहभागी सेवाग्राहीले बताएका छन्।  त्यसका लागि अझै धेरै सचेतना र आत्मविश्वास बढाउनुपर्ने आवश्यकता प्रतिवेदनमा औँल्याइएको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह