३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईबाट फर्किएकी रमिता सिधै अपराध महाशाखामा

१३ पुष २०७३, बुधबार ०२:०३

पुस १३, काठमाडौं | दुबईबाट फर्किएकी एकल महिला रमिता (नाम परिवर्तन) सोझै टेकुस्थित महानगरीय प्रहरी अपराध महाशाखा पुगिन् । उनको समस्या प्रहरीका निम्ति नयाँ त थिएन तर अनौठो भने थियो । 

वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेकी उनी रणबहादुर खडकासँग नजिकिइन् । उनीहरूबीच प्रेमको मात्रै पलाएन, शारीरिक सम्बन्ध हुँदै आर्थिक लेनदेन पनि हुन थाल्यो । नेपाल फर्केकी रमिता प्रहरीमा पुग्नुको कारण भने अनौठो थियो । 'विवाहित खड्काले अविवाहित हुँ' भनेर झुक्याएको, प्रेम र शारीरिक सम्बन्ध राखेको र पछि धोका दिएकोमा रमिताको आपत्ति थिएन । प्रहरीचौकी पुग्नुपर्ने बाध्यता सिर्जिएको थियो, आर्थिक कारोबारमा भएको धोका । खड्काले आफूबाट लिएको ७ हजार दिराम अर्थात करिब २ लाख रुपयाँ फिर्ता लिन उनी प्रहरीकहाँ पुगेकी थिइन् । 

प्रेम जालमा पार्ने र त्यही विश्वासका आधारमा गरिने आर्थिक कारोबारमा फसेपछि न्यायका निम्ति प्रहरी गुहार्ने रमिता मात्रै छैनन् । पछिल्ला महिनामा महाशाखामा आउने धैरेजसो महिला ठगीका घटनाको पृष्ठभूमिमा झुटो प्रेम लुकेको देखिन्छ ।

इन्स्पेक्टर गोविन्द पन्थीको अनुभवमा अविवाहित केटीका ठगीसम्बन्धी धेर उजुरीमा झुटो प्रेम र त्यसैको विश्वासमा गरिने आर्थिक कारोबार मुख्य देखिन्छ । पन्थीले भने, ‘केटी पीडित भएका आधाजसो ठगीका मुद्दामा नक्कली प्रेम जोडिएको हुन्छ ।’ काठमाडौंकी मुना सिलवालले कसैलाई दक्षिण कोरियामा आकर्षक जागिर मिलाइदिने, कसैलाई राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै १५ जनाबाट १ करोड १५ लाख रुपयाँ उठाइन्। त्यतिका रकम उनले आफ्ना प्रेमी ईश्वरीप्रसाद पोख्रेलले देखाइदिएको बाटो र विश्वासका आधारमा उठाएकी थिइन् । उक्त मुद्दालाई नजिकबाट नियालिरहेका महाशाखाका एक प्रहरीले भने, ‘उनीहरूबीच अफेयर थियो। मुनाको प्रेमलाई ईश्वरीले आफ्नो ठगी धन्दाका निम्ति उपयोग गरे।’ २५ दिनदेखि केन्द्रीय कारागारमा थुनामा रहेका पोख्रेलको मुद्दा अहिले काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ ।

- कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’