२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रातो नम्बरको अफबाह फैलाउने दुई जना पक्राउ, यस्तो छ रातो नम्बर फैलाउने काइदा

२१ पुष २०७३, बिहीबार ०१:४०

पुस २१, काठमाडौँ | सामाजिक सञ्जालमा रातो नम्बरको आतङ्क फैलाउने गायिका प्रशन्ना पाण्डे र गायक दीपक बराइलीलाईलाई प्रहरीले पक्राउ गरेको छ । मोबाइल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै विशेषगरी फेसबुक र ट्वीटरमा प्रचार गर्ने उनीहरुलाई पक्राउ गरेको हो । 

बराइलीले रातो नम्बर आफैले बनाएर अफबाह फैलाएको सिआइबीले बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । यसैबीच डिआइजी नवराज सिलवालले यस्तो भ्रममा नपर्न सबैमा अनुरोध गरेका छन्। गुगल प्ले स्टोरमा गएर यस्तो जसले पनि बनाउन सक्छ, सिलवालले भने,‘फन्ट कलर एप डाउनलोड गरेर जुनसुकै नम्बरमा पनि यस्तो देखाउन मिल्छ।’

त्यस्तै झापा घर भएकी पप गायिका प्राश्ना पाण्डेले सोमबार आफ्नो फेसबुक एकाउण्टमा एक रातो नम्वरबाट कल आएको र सबैलाई सतर्क रहन भन्दै स्टाटस अपडेट गरेकी थिइन् । त्यसपछी केहि मिडियामा उनको बिषयमा समाचार समेत अपडेट भएका थिए । 

उनले उक्त स्टाटसमा आफ्नो मोबाइलको रातो नम्वरबाट कल आएको स्क्रीन सट पनि राखेकी थिइन् (अहिले डिलेट गरिसकिएको छन्)। केही दिन यता रातो नम्वरबाट फोन आएमा खतरा हुने हल्ला चलिरहेका बेला गायिकाले नै यसप्रकारको स्टाटस शेयर गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनीमाथि अनुसन्धान थालेको थियो।

प्राधिकरणका अनुसार अहिलेसम्म रातो नम्बरबाट फोन आएको र त्यसबाट दुर्घटना भएको कुनै किसिमको जानकारी प्राप्त छैन। प्रयोगकर्तामा त्रास फैलाउने उद्देश्यसहित सामाजिक सञ्जालमा फैलाइएका विषय भ्रम मात्र रहेको र यसलाई विश्वास नगर्न सुझाव छ। 

एन्डोइट मोबाइलहरुमा फन्ट कलर नामको एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्नुपर्छ । त्यसपछि धेरै कलरहरु आउँछन् । आफूलाई मन परेको कलर छान्नुपर्छ । रातो छान्नका लागि कलर फन्ट फर फ्लीप फन्ट ह्यास वन डायल गरेपछि त्यो इन्स्टल हुन्छ।

अब मोबाइल सेटमा गएर डिस्प्लेमा गएर फन्ट छान्नुपर्छ। यसरी अरुले कल गर्दा अब रातो नम्बर डिस्प्ले हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली