२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रातो नम्बरको अफबाह फैलाउने दुई जना पक्राउ, यस्तो छ रातो नम्बर फैलाउने काइदा

२०७३, २१ पुष बिहीबार ०१:४०

पुस २१, काठमाडौँ | सामाजिक सञ्जालमा रातो नम्बरको आतङ्क फैलाउने गायिका प्रशन्ना पाण्डे र गायक दीपक बराइलीलाईलाई प्रहरीले पक्राउ गरेको छ । मोबाइल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै विशेषगरी फेसबुक र ट्वीटरमा प्रचार गर्ने उनीहरुलाई पक्राउ गरेको हो । 

बराइलीले रातो नम्बर आफैले बनाएर अफबाह फैलाएको सिआइबीले बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । यसैबीच डिआइजी नवराज सिलवालले यस्तो भ्रममा नपर्न सबैमा अनुरोध गरेका छन्। गुगल प्ले स्टोरमा गएर यस्तो जसले पनि बनाउन सक्छ, सिलवालले भने,‘फन्ट कलर एप डाउनलोड गरेर जुनसुकै नम्बरमा पनि यस्तो देखाउन मिल्छ।’

त्यस्तै झापा घर भएकी पप गायिका प्राश्ना पाण्डेले सोमबार आफ्नो फेसबुक एकाउण्टमा एक रातो नम्वरबाट कल आएको र सबैलाई सतर्क रहन भन्दै स्टाटस अपडेट गरेकी थिइन् । त्यसपछी केहि मिडियामा उनको बिषयमा समाचार समेत अपडेट भएका थिए । 

उनले उक्त स्टाटसमा आफ्नो मोबाइलको रातो नम्वरबाट कल आएको स्क्रीन सट पनि राखेकी थिइन् (अहिले डिलेट गरिसकिएको छन्)। केही दिन यता रातो नम्वरबाट फोन आएमा खतरा हुने हल्ला चलिरहेका बेला गायिकाले नै यसप्रकारको स्टाटस शेयर गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनीमाथि अनुसन्धान थालेको थियो।

प्राधिकरणका अनुसार अहिलेसम्म रातो नम्बरबाट फोन आएको र त्यसबाट दुर्घटना भएको कुनै किसिमको जानकारी प्राप्त छैन। प्रयोगकर्तामा त्रास फैलाउने उद्देश्यसहित सामाजिक सञ्जालमा फैलाइएका विषय भ्रम मात्र रहेको र यसलाई विश्वास नगर्न सुझाव छ। 

एन्डोइट मोबाइलहरुमा फन्ट कलर नामको एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्नुपर्छ । त्यसपछि धेरै कलरहरु आउँछन् । आफूलाई मन परेको कलर छान्नुपर्छ । रातो छान्नका लागि कलर फन्ट फर फ्लीप फन्ट ह्यास वन डायल गरेपछि त्यो इन्स्टल हुन्छ।

अब मोबाइल सेटमा गएर डिस्प्लेमा गएर फन्ट छान्नुपर्छ। यसरी अरुले कल गर्दा अब रातो नम्बर डिस्प्ले हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प