३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब पद्मकन्या क्याम्पसमा छात्राहरु छुरा लिएर निस्किए…

२६ पुष २०७३, मंगलवार ०२:४७

पुस २६, काठमाडौं | स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन प्रचार प्रसारको विषयलाई लिएर राजधानीको पद्मकन्या क्याम्पसमा विद्यार्थी संगठनबीच झडप भएको छ।

सोमबार भएको झडपमा दुवै पक्षले आफ्ना विद्यार्थी कुटिएको दाबी गरेका छन्। स्ववियु निर्वाचन प्रचार प्रसार र भित्तेलेखन विषयमा विवाद हुँदा झडप भएको हो। 

झडपमा नेविसंघले अनेरास्ववियु ‐क्रान्तिकारी) नेतृ सीता मिजारलगायतमाथि छुरा प्रहार गरेको आरोप लगाएको छ। उसले प्रहरी घटनामा रमिते बनेकोसमेत दाबी गरेको छ।

तर, अखिल क्रान्तिकारीले भने घटनामा नेविसंघ विद्यार्थीले आफ्ना संगठनका विद्यार्थीमाथि आक्रमण गरेर घाइते बनाएको दाबी गरेको छ।

अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले सोमबार विज्ञप्ति जारी गर्दै नेविसंघले आफ्ना विद्यार्थीमाथि सांघातिक आक्रमण गरेको दाबी गरेका छन्। नेविसंघ महामन्त्री साधना घिमिरे नेतृत्वमा आएको टोलीले अखिल क्रान्तिकारीका विद्यार्थी वसन्ता भण्डारी, गंगा दाहाल, दर्शना नेपालीलगायतमाथि आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ।

नेविसंघले भने अखिल क्रान्तिकारीका घाइते भनेर विज्ञप्तिमा भनिएकाले नै आफूहरूमाथि आक्रमण गरेको बताएको छ। घाइते नेविसंघ नेतृ सीता मिजारको बागबजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको नेविसंघ केन्द्रीय सदस्य शैलेन्द्र गौडेलले बताए। क्रान्तिकारीका धेरैजना मिलेर मिजारमाथि आक्रमण गरेको उनको आरोप छ। – राजधानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’