२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब पद्मकन्या क्याम्पसमा छात्राहरु छुरा लिएर निस्किए…

२०७३, २६ पुष मंगलवार ०२:४७

पुस २६, काठमाडौं | स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन प्रचार प्रसारको विषयलाई लिएर राजधानीको पद्मकन्या क्याम्पसमा विद्यार्थी संगठनबीच झडप भएको छ।

सोमबार भएको झडपमा दुवै पक्षले आफ्ना विद्यार्थी कुटिएको दाबी गरेका छन्। स्ववियु निर्वाचन प्रचार प्रसार र भित्तेलेखन विषयमा विवाद हुँदा झडप भएको हो। 

झडपमा नेविसंघले अनेरास्ववियु ‐क्रान्तिकारी) नेतृ सीता मिजारलगायतमाथि छुरा प्रहार गरेको आरोप लगाएको छ। उसले प्रहरी घटनामा रमिते बनेकोसमेत दाबी गरेको छ।

तर, अखिल क्रान्तिकारीले भने घटनामा नेविसंघ विद्यार्थीले आफ्ना संगठनका विद्यार्थीमाथि आक्रमण गरेर घाइते बनाएको दाबी गरेको छ।

अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले सोमबार विज्ञप्ति जारी गर्दै नेविसंघले आफ्ना विद्यार्थीमाथि सांघातिक आक्रमण गरेको दाबी गरेका छन्। नेविसंघ महामन्त्री साधना घिमिरे नेतृत्वमा आएको टोलीले अखिल क्रान्तिकारीका विद्यार्थी वसन्ता भण्डारी, गंगा दाहाल, दर्शना नेपालीलगायतमाथि आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ।

नेविसंघले भने अखिल क्रान्तिकारीका घाइते भनेर विज्ञप्तिमा भनिएकाले नै आफूहरूमाथि आक्रमण गरेको बताएको छ। घाइते नेविसंघ नेतृ सीता मिजारको बागबजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको नेविसंघ केन्द्रीय सदस्य शैलेन्द्र गौडेलले बताए। क्रान्तिकारीका धेरैजना मिलेर मिजारमाथि आक्रमण गरेको उनको आरोप छ। – राजधानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन