माघ ७, काठमाडौं । भारतबाट आउने जहाज काठमाडौंमा रोकिनु परे त्यहाँ रहने एयर मार्सललाई बासको व्यवस्था गरिदिन भारतले आग्रह गरेको खुलासा भएको छ ।

भारतल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ७, काठमाडौं । भारतबाट आउने जहाज काठमाडौंमा रोकिनु परे त्यहाँ रहने एयर मार्सललाई बासको व्यवस्था गरिदिन भारतले आग्रह गरेको खुलासा भएको छ ।

भारतल"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय विमान नेपाल आउने, एयर मार्सलका लागि भारतले बास माग्यो

७ माघ २०७३, शुक्रबार ०२:०९


माघ ७, काठमाडौं । भारतबाट आउने जहाज काठमाडौंमा रोकिनु परे त्यहाँ रहने एयर मार्सललाई बासको व्यवस्था गरिदिन भारतले आग्रह गरेको खुलासा भएको छ ।

भारतले हालै दुई देशका पर्यटन तथा नागरिक उड्ययनका उच्च अधिकारीहरुको बैठकमा यस्तो आग्रह गरेको हो । हवाई ट्राफिक तथा नयाँ रुटबारे पुस ५ गते नयाँ दिल्लीमा भएको बैठकमा भारतीय टोली नेता अरुण कुमारले काठमाडौंका लागी उड्ने जेट एयरवेजमा आउने ‘इन–फलाइट सेकुरीटी अफिसर’ (एयर मार्सल) लाई यदि रात्री विश्राम गर्नुपरे काठमाडौंका होटलमा बस्न कठिनाई हुने गरेको बताएको उक्त वार्तामा सहभागी एक अधिकारीले बताए ।

दुई मुलुकका अधिकारीले गरेको सैद्धान्तिक सम्झौतापत्रमा पनि उक्त विषयबारे उल्लेख गरिएको छ । ७ पृष्ठ लामो सम्झौतापत्रको ५ नम्बर बुँदामा  भारतबाट काठमाडौं आउने जेट एयरवेजको विमानले राति काठमाडौंमै बास बस्नुपर्ने अवस्था आइपर्दा जहाजमा खटिएका एयर मार्सल विमानस्थलबाट बाहिरिन नसक्ने अवस्था रहेको जनाइएको छ ।

यस विषयलाई लिएर बिहीबार संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई सोधेका थिए । बैठकमा सहसचिव आचार्यले आफ्नो नेतृत्वमा भारत गएको ८ सदस्यीय नेपाली टोली वार्ताको एजेन्डामै नरहेको विषयलाई भारतीय अधिकारीले ‘काउन्टर एजेन्डा’ का रुपमा राखेपछि चकित परेको अनुभव सुनाए । कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता