माघ ७, काठमाडौं । नेपालले आगामी २७ वर्षमा भारतसँगको विद्युत् व्यापारबाट बर्सेनि साढे १० खर्ब आम्दानी गर्नसक्ने एक अध्ययनले देखाएको छ ।

सन् २०४५ सम्ममा नेपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ७, काठमाडौं । नेपालले आगामी २७ वर्षमा भारतसँगको विद्युत् व्यापारबाट बर्सेनि साढे १० खर्ब आम्दानी गर्नसक्ने एक अध्ययनले देखाएको छ ।

सन् २०४५ सम्ममा नेपा"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतलाई बिधुत बेचेर वार्षिक साढे १० खर्ब आम्दानी

७ माघ २०७३, शुक्रबार ०३:१५

माघ ७, काठमाडौं । नेपालले आगामी २७ वर्षमा भारतसँगको विद्युत् व्यापारबाट बर्सेनि साढे १० खर्ब आम्दानी गर्नसक्ने एक अध्ययनले देखाएको छ ।

सन् २०४५ सम्ममा नेपालले भारतसँग द्रुत विद्युत् व्यापार गर्नसके १० खर्ब ६९ अर्ब रुपैयाँ बराबरको आम्दानी गर्नसक्ने प्रक्षेपण गरिएको छ ।

अमेरिकी सहयोग नियोग (यूएसएड) को आर्थिक सहयोगमा दक्षिण एसिया क्षेत्रीय ऊर्जा एकीकरण पहल (सारी/ईआई) कार्यक्रमअन्तर्गत इन्टिग्रेटेड रिसर्च एण्ड एक्सन फर डेलभमेन्ट (इराडे) ले तयार पारेको नेपाल र भारतबीचको विद्युत् व्यापारबाट हुने अर्थिक लाभसम्बन्धि विश्लेषणात्मक प्रतिवेदनमा यस्तो प्रक्षेपण गरिएको हो ।

नेपालले हाल भारतबाट दैनिक ३ सय ५२ मेगावाट आयात गरिरहेको छ भने आयातीत बिजुलीका लागि बर्सेनि २० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरिरहेको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्लेलगायत अमेरिकी र भारतीय राजदूतावासका  उच्च अधिकारीले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा रहेको जलविद्युत् उत्पादनको क्षमतालाई उपयोग गर्न सके मुलुकको जीडीपी १ सय ३१ खर्ब रुपैयाँ पुग्ने उल्लेख छ ।

हाल नेपालको जीडीपी २२ खर्ब ४८ अर्ब रुपैयाँ छ । इराडेका सभापति डा. किरित पारिखले विद्युत् निर्यातबाट नेपालले    सन् २०२५ सम्ममा ४४ अर्ब, २०३० सम्ममा ३ खर्ब १० अर्ब, २०३५ सम्ममा ५ खर्ब ६५ अर्ब र  २०४० सम्ममा ८ खर्ब ४० अर्ब रुपैयाँ आम्दानी गर्नसक्ने अध्ययनले देखाएको जानकारी दिए । -कारोबार दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता