माघ ८, काठमाडौं । उच्च अदालतमा न्यायाधीश नियुक्तिको विरोध गर्दै महानायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिल र चार वटै ट्रेड युनियनले सर्वोच्च अदालतलगायत मुलुकभरका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ८, काठमाडौं । उच्च अदालतमा न्यायाधीश नियुक्तिको विरोध गर्दै महानायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिल र चार वटै ट्रेड युनियनले सर्वोच्च अदालतलगायत मुलुकभरका "/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महान्यायाधीवक्ता र सरकारी वकिलद्वारा अदालत बहिष्कार

२०७३, ८ माघ शनिबार ०२:३५

माघ ८, काठमाडौं । उच्च अदालतमा न्यायाधीश नियुक्तिको विरोध गर्दै महानायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिल र चार वटै ट्रेड युनियनले सर्वोच्च अदालतलगायत मुलुकभरका अदालत र न्यायपालिकामा बहसपैरवीलगायत कार्य बहिष्कार गर्ने निर्णय गरेका छन् । 

सरकारी वकिल तथा ट्रेड युनियनले उच्च अदालतको न्यायाधीश नियुक्तिमा  भेदभाव र पक्षपात गरिएको उल्लेख गर्दै निर्णय नसच्याएसम्म आइतबारदेखि अदालतलाई असहयोग गर्ने औपचारिक घोषणा गरेका हुन् ।

असहयोग आन्दोलन गर्ने विषयमा निर्णय लिन महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, नायव महान्यायाधिवक्ता, सहन्यायाधिवक्तासहित चारवटा कर्मचारी संगठनबीच शुक्रबार लामो छलफल भएको थियो । यद्यपि आन्दोलनको निर्णयमा महान्यायाधिवक्ता श्रेष्ठको हस्ताक्षर भने छैन । बैठकले न्यायपरिषद् र अदालतविरुद्ध परेका रिटउपर सरकारी वकिलद्वारा प्रतिरक्षा नहुने निर्णयसमेत गरेको छ ।

असहयोग आन्दोलन घोषणासहितको विज्ञप्तिमा महान्यायाधिवक्ता कार्यालयअन्तर्गत निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन, विभागीय कार्यसमितिका अध्यक्ष गजराज घिमिरे, नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष रमेश भट्टराई, नेपाल निजामती कर्मचारी युनियन (संघ) का अध्यक्ष भरतकुमार मैनाली र नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती विभागीय कार्यसमितिका अध्यक्ष टेकनाथ अधिकारीको हस्ताक्षर छ। बैठकमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिव शान्तिप्रसाद लुइँटेलसमेत सहभागी थिए ।

‘माघ ९ गते आइतबारदेखि सर्वोच्च अदालतलगायत देशभरका सबै तहका अदालत र न्यायाधिकरणमा सरकारी वकिलका तर्फबाट हुने बहसपैरवी बहिष्कार गर्ने, न्यायपरिषद् र अदालतविरुद्ध परेका रिटउपर यस कार्यालय वा मातहतबाट प्रतिरक्षा नगरिनेलगायत विरोध र संघर्षका कार्यक्रम तथा पूर्ववत् अडान यथावत् रहेको जानकारी गराउँछौं', विज्ञप्तिमा भनिएको छ, ‘सरकारी वकिलहरूको सम्मानजनक उपस्थिति, हिस्सेदारी एवं प्रतिनिधित्व सुनिश्चित गर्न थालिएको यो आन्दोलनमा सम्बन्धित सबैको उत्साहपूर्ण सहभागिताका लागि अनुरोध गर्दछौं ।' -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह