माघ ९, काठमाडौं । नेपालका विमानस्थलमा अवतरण गर्ने अन्य राष्ट्रका वायुसेवाले वायुयानभित्र हातहतियारसहितका सुरक्षाकर्मी (एयरमार्सल) राख्ने बाटो खुलेको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ९, काठमाडौं । नेपालका विमानस्थलमा अवतरण गर्ने अन्य राष्ट्रका वायुसेवाले वायुयानभित्र हातहतियारसहितका सुरक्षाकर्मी (एयरमार्सल) राख्ने बाटो खुलेको छ । 
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एयरमार्सल राख्न चाहने अन्तर्राष्ट्रिय वायुसेवालाई बाटो खुला

२०७३, ९ माघ आईतवार ०२:३०

माघ ९, काठमाडौं । नेपालका विमानस्थलमा अवतरण गर्ने अन्य राष्ट्रका वायुसेवाले वायुयानभित्र हातहतियारसहितका सुरक्षाकर्मी (एयरमार्सल) राख्ने बाटो खुलेको छ । 

नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ ले इनफ्लाइट सेक्युरिटी अफिसर राख्न पाउने बाटो खोलेको हो । नियमावलीअनुसार गृह मन्त्रालयबाट स्वीकृति लिएर सुरक्षाकर्मी राख्न पाइन्छ । नियमावली कार्यान्वयनमा आइसकेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूले भने विमानस्थल व्यवस्थापनलाई जानकारी गराएर कुनै पनि विमानले एयरमार्सल राखेको जानकारी नभएको बताएका छन् । ‘अहिले त्रिभुवन विमानस्थलमा रातमा रोकिने जेट एयरवेज नै हो,’ एक अधिकारीले भने, ‘तर, त्यहाँ चालक दलका सदस्यबाहेक अन्य व्यक्ति बाहिरिने गरेको पाइएको छैन ।’ नेपाल सरकारले अहिलेसम्म कुनै पनि वायुसेवालाई एयरमार्सल राख्न अनुमति नदिएको ती अधिकारीको दाबी छ ।

भारतीय वायुसेवा कम्पनीहरूले नेपालबाट भारत उडान गर्ने यात्रुलाई अतिरिक्त चेकजाँचपछि मात्र वायुयानमा छिर्न दिन्छन् । विमानस्थल सुरक्षाको जाँच प्रक्रिया पूरा गरी जहाज चढ्नेवेला यात्रुको शरीर तथा ह्यान्डब्याग खानतलासी भने हुँदै आएको विमानस्थल स्रोतको भनाइ छ । २४ डिसेम्बर १९९९ मा काठमाडौंबाट इन्डियन एयरलाइन्सको जहाज अपहरणमा परेपछि विमानस्थलमा सेकेन्डरी सुरक्षा जाँच प्रारम्भ भएको विमानस्थल अधिकारीहरू बताउँछन् ।

कसरी खुल्यो एयरमार्सलको रहस्य ?

भारतसँग पुस पहिलो साता नयाँदिल्लीमा भएको वार्तामा नेपालले एयरस्पेस, इन्ट्रीप्वाइन्ट, एयररुटलगायत एजेन्डा लगेर गएको थियो। बैठक सुरु हुनासाथ भारतीय पक्षले जेट एयरवेजका एयरमार्सलको विषयमा छलफल हुने भए मात्र अन्य एजेन्डामा छलफल गर्न सकिने अडान लिएको थियो। नेपाली पक्षले भने नागरिक उड्डयन सुरक्षा नियमावली, २०७३ अनुसार प्रक्रिया पूरा गरी आउन आग्रह गरेपछि मात्र बैठक अन्य एजेन्डामा प्रवेश गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले संसद्को विकास समितिलाई जानकारी गराएका थिए ।

भारतीय जहाजमा एयरमार्सल रहेको खुलासा

जेट एयरवेजलगायत कतिपय कम्पनीले इन्फ्लाइट सेक्युरिटी अफिसर राख्दै आएका थिए । तर, त्यो सार्वजनिक भएको थिएन। पुस पहिलो साता दिल्लीमा सम्पन्न नेपाल–भारतका अधिकारीहरूको नागरिक उड्डयनसम्बन्धी वार्तामा भारतले जेट एयरवेजमा आउने इनफ्लाइट सेक्युरिटी अफिसरलाई रातको समयमा होटेलमा बस्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए। त्यसवेलादेखि नै भारतीय जहाजमा एयरमार्सल आउने गरेको पुष्टि भएको थियो। पर्यटन मन्त्रालयको उच्च स्रोतका अनुसार अहिले पनि जेट एयरवेजको कतिपय उडानमा इन्फ्लाइट सेक्युरिटी अफिसर आउँछन्। उनीहरूले आफ्ना हतियार विमानस्थलस्थित सुरक्षा निकायमा बुझाएर अध्यागमन प्रक्रिया पूरा गरी होटेलमा गएर बस्ने गरेका छन्।

नेपालले पनि राख्न पाउँछ एयरमार्सल

पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार आफ्नो जहाज र यात्रुको सुरक्षाप्रति जोखिम महसुस गरेको अवस्थामा नेपालले पनि इन्फ्लाइट सेक्युरिटी अफिसर राख्न पाउँछ । ‘यसका लागि सम्बन्धित मुलुकको नागरिक उड्डयनसम्बन्धी ऐन–कानुन भने पालना गर्नुपर्छ,’ विकास समितिले बिहीबार गरेको बैठकमा आचार्यले भने, ‘यसलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले पनि स्वीकृति दिएको छ।’ उनका अनुसार एयरमार्सल विमानभित्रै रहनुपर्छ। उनीहरू सादा पोसाकमा हुन्छन् ।-नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह