माघ ९, दाङ । दाङ र सल्यानका तीनवटा खोलामा नौ करोड लगानीमा पुलहरु निर्माण हुन थालेका छन् । 

दामोदर सडकखण्ड अन्तर्गत थपगाउँ र एकली गाउँको बीचमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ९, दाङ । दाङ र सल्यानका तीनवटा खोलामा नौ करोड लगानीमा पुलहरु निर्माण हुन थालेका छन् । 

दामोदर सडकखण्ड अन्तर्गत थपगाउँ र एकली गाउँको बीचमा"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङ र सल्यानका तीनवटा खोलामा नौ करोडका पुल बन्ने

९ माघ २०७३, आईतवार ०३:४७

 माघ ९, दाङ । दाङ र सल्यानका तीनवटा खोलामा नौ करोड लगानीमा पुलहरु निर्माण हुन थालेका छन् । 

दामोदर सडकखण्ड अन्तर्गत थपगाउँ र एकली गाउँको बीचमा पर्ने चिरेघाटखोलामा चार करोड ८५ लाखको लागतमा ७५ मिटर लम्बाई र आठ मिटर चौडा पुलको निर्माण कार्य शुरु भएको छ । 

२०७४ मंसिर महिनाभित्र निर्माण कार्य सक्नेगरी गत असार २९ गते जिल्ला प्राविधिक कार्यालय दाङसँग सम्झौ ता गरेको देव तथा सायर र जुद्ध एण्ड पूर्ण निर्माण सेवाले १० दिन अघिदे खि काम शुरु गरेको हो । 

त्यसैगरी सोही निर्माण कम्पनीले रोल्पा जाने सडकको बगालेखोलामा पनि पुल निर्माण गर्न लागेको निर्माण सेवाका प्रोप्राइटर पूर्णबहादुर भण्डारीले जानकारी दिनुभयो ।

निर्माण सेवाले ५० मिटर लम्बाइ र आठ मिटर चौडाइ रहेको पुल निर्माणका लागि दुई करोड ४७ लाखमा प्राविधिक कार्यालयसँग सम्झौता गरेको छ । गत असार २९ गते सम्झौता गरेको निर्माण सेवाले २०७४ मंसिर मसान्तभित्र निर्माण कार्य पूरा गर्नुपर्नेछ । 

अहिलेसम्म ४० प्रतिशत काम पूरा भएको निर्माण व्यवसायी भण्डारीले बताउनुभयो । त्यसैगरी दाङ–सल्यान सडकको घट्टेकुलामा पनि पुल निर्माण गर्न लागिएको छ । दुई करो ड २७ लाखको लागतमा जुद्ध एण्ड पूर्ण निर्माण सेवाले २५ मिटर लम्बाइ र आठ मिटर चौडाइ रहेको पुल निर्माण गर्न लागेको हो । 

निर्माण सेवाले २०७४ जेठ महिनाभित्र पुलको निर्माण कार्य सक्ने गरी भदौ १२ गते डिभिजन सडक कार्यालय दाङसँग सम्झौता गरेको थियो । -नयाँ युगबोध राष्ट्रिय दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव