माघ ११, काठमाडौं । लामो समयदेखि अव्यवस्था, बहिष्कार र एजेन्डाविहीनताबाट ग्रस्त संसद्मा सोमबार सांसदहरूले राष्ट्रिय सुरक्षा, बढ्दो सुन तस्करी, राष्ट्रियतामा आँच पुग्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ११, काठमाडौं । लामो समयदेखि अव्यवस्था, बहिष्कार र एजेन्डाविहीनताबाट ग्रस्त संसद्मा सोमबार सांसदहरूले राष्ट्रिय सुरक्षा, बढ्दो सुन तस्करी, राष्ट्रियतामा आँच पुग्न"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसदहरूले मागे प्रधानमन्त्रीसँग स्पष्टीकरण

११ माघ २०७३, मंगलवार ०१:५३

माघ ११, काठमाडौं । लामो समयदेखि अव्यवस्था, बहिष्कार र एजेन्डाविहीनताबाट ग्रस्त संसद्मा सोमबार सांसदहरूले राष्ट्रिय सुरक्षा, बढ्दो सुन तस्करी, राष्ट्रियतामा आँच पुग्ने अभिव्यक्ति र गतिविधिसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्षभित्र निर्वाचन हुन नसकेको अवस्थामा संघीय गणतान्त्रिक लोकतन्त्र धरापमा पर्छ भन्दै दिएको अभिव्यक्तिबारे सप्रमाण बहस र स्पष्टीकरण माग गरेका छन् । 

व्यवस्थापिका संसद्को विशेष समयमा एकपछि अर्का सांसदले प्रधानमन्त्रीले देशमाथि गम्भीर खतरा आइपरेको अभिव्यक्ति बाहिर दिनुको सट्टा मुलुकलाई कहाँ र कस्तो खतरा आइलाग्यो भन्ने विषय संसद्मै प्रस्तुत गर्न आग्रह गरे। देशमाथि संकट छिमेकी मित्रराष्ट्रहरूका तर्फबाट हो वा नेपाली सेनाले सत्ता लिने अवस्था आइलागेको हो ? भनेर सांसदहरूले प्रश्न तेस्र्याउँदा संसद्मा उत्तेजना र गम्भीरता दुवै वातावरण देखियो।

नेपाः पार्टीका सांसद लक्ष्मण राजवंशीले प्रधानमन्त्रीले राष्ट्रका सम्बन्धमा सार्वजनिक कार्यक्रममा गम्भीर अभिव्यक्ति दिने तर संसद्मा केही नभन्ने कार्यलाई रोक्दै मुलुकमा ०१७ सालभन्दा गम्भीर घटना के हुँदैछ भन्नेबारे उनको ध्यानाकर्षण गराउन सभामुखसँग माग गरे। उनले भने, ‘संसद् जारी रहेको अवस्थामा राष्ट्रिय संकटको सामनामा राष्ट्र र जनतालाई एक गराउन पनि प्रधानमन्त्रीले संसद्मा कुरा राख्नुपर्छ।'

उनले नेपालमा भारत, चीन वा कहाँबाट खतरा भएको हो, त्यो स्पष्ट पार्न माग गरे। ‘०१७ सालमा झैं ०६२÷०६३ को उपलब्धि गुम्दैछ भन्नेजस्ता अमूक कुरा गर्नु हुँदैन। सेनाले कु गर्दैछ भन्न खोजेको हो कि ? त्यसो हो भने देश ठूलै भयावह स्थितिमा छ भन्ने कुरालाई किन गोप्य राख्ने ? ' राजवंशीले प्रश्न गरे। यस्ता साझा विषयमा दलहरू, सांसदहरू र मुलुकका बौद्धिक जगत्बीच परामर्श हुनुपर्नेमा राजवंशीले जोड दिए।

एमाले सांसद एवं व्यवस्थापिका संसद्अन्तर्गत अर्थ समितिका सभापति प्रकाश ज्वालाले सुन तस्करहरू नेपाल प्रहरीको आईजीपी बनाउने खेलमा लागेको भन्दै कडा आपत्ति जनाए। उनले भने, ‘सुन तस्करहरू आईजीपी बनाउने खेलमा कसरी लागेका छन् ? ' प्रहरीको आईजीपी बनाउन सुन तस्करहरू सक्रिय रहेको समाचार प्रकाशित भएकोतर्फ उनले सभामुखको ध्यानाकर्षण गराए।

ज्वालाले अहिले मुलुक सुन तस्करीको चर्चित विषयले रन्किएको भन्दै तीन वर्षमा ३ सय ८५ किलो सुन अवैध रूपमा भित्रिएको बताए। ‘तीन वर्षमा यति धेरै सुन कसरी भित्रियो ? एयरपोर्टबाट बाकसमा सुन भित्रिँदा पनि किन सरकारी निकाय मौन छ ? यो लज्जाजनक हो', उनले भने।

आफू अर्थ समितिको सभापति रहेका कारण पनि सुन तस्करी र भन्सार छलेको विषयमा धेरै सूचना आएको बताए। उनले भने, ‘सुन तस्करहरूले राज्यलाई करोडौं रुपैयाँ कर छलेका छन्। उनीहरूलाई करको दायरामा ल्याइनुपर्छ। दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्छ।'

चार्ल्स सोभराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ती नै छिर्न सक्छ भनी दिएको अभिव्यक्ति प्रमाणित हुँदै गएको उनले बताए। ‘सुनको हात्ती भित्रिरहेको अवस्थामा हतियार पनि भित्रिएमा के हुन्छ ? ' उनले प्रश्न गरे।

अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अत्यन्तै नाजुक रहेको उल्लेख गर्दै उनले त्यहाँको सुरक्षा र जाँच कडा बनाउन माग गरे। ‘एयरपोर्टभित्र सरकारी निकायबीच समन्वय छैन, समन्वय हुनुपर्छ', उनले भने।

भारतले आफ्ना विमानभित्र एयर मार्सल राखेको बल्ल खुलासा भएको उल्लेख गर्दै ज्वालाले भने, ‘विदेशीले एयर मार्सल राख्ने विषय अत्यन्तै संवेदनशील हो।'

नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापामगरले भारतीय विमानमा एयर मार्सल राख्ने, विदेशीको दबाबमा सुरक्षा नियमावली परिवर्तन गर्ने, मुलुकलाई समग्रमै भारतीय विस्तारवादसँग समर्पण गराउँदै आफ्नो सत्ता टिकाउने नीति तत्काल त्याग्न सरकारलाई आग्रह गरिन्। -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता