माघ १२, काठमाडौ । न्यायपरिषद्ले उच्च अदालतमा ८० न्यायाधीश नियुक्त गर्दा त्रुटि भएको स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सच्याउने आश्वासन दिएपछि सरकारी वकिलहरू इजलास बह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १२, काठमाडौ । न्यायपरिषद्ले उच्च अदालतमा ८० न्यायाधीश नियुक्त गर्दा त्रुटि भएको स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सच्याउने आश्वासन दिएपछि सरकारी वकिलहरू इजलास बह"/>
२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यायाधीश नियुक्तिमा त्रुटि स्वीकार

२०७३, १२ माघ बुधबार ०१:०९

माघ १२, काठमाडौ । न्यायपरिषद्ले उच्च अदालतमा ८० न्यायाधीश नियुक्त गर्दा त्रुटि भएको स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सच्याउने आश्वासन दिएपछि सरकारी वकिलहरू इजलास बहिष्कार आन्दोलन अन्त्य गर्न सहमत भएका छन् । 

तर यसै विषयलाई लिएर प्रधानन्यायाधीश र नेपाल बार एसोसिएसनबीचको तिक्तता भने अरू तीव्र बन्न पुगेको छ । सरकारी वकिलको आन्दोलनका विषयमा परिषद् अध्यक्ष प्रधानन्यायाधीश सुशीला कार्कीसहितका पदाधिकारी र सरकारी वकिलका तर्फबाट महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठसहित नायब महान्यायाधिवक्ताहरूको लामो छलफलपछि परिषद् आगामी दिनमा माग सम्बोधन गर्ने गरी त्रुटि सच्याउन तयार भएको थियो ।

यद्यपि आन्दोलन अन्त्य गर्ने विषयमा बुधबार बिहान पुनः एक चरण छलफल गरिने भएको छ । यस विषयमा बिहान प्रधानन्यायाधीश कार्की अध्यक्षताको परिषद् बैठक बस्ने भएको छ । बुधबार बिहानको प्रस्तावित परिषद् बैठकले आन्दोलन सम्बोधन गर्न निर्णय केही सच्याउने संकेत दिनेछ ।

महान्यायाधिवक्तालगायत सरकारी वकिलको इजलास बहिष्कारका कारण विवादित बन्न पुगेको न्यायपरिषद् र सर्वोच्च अदालतका लागि भने चुनौती घटेको छैन ।

प्रधानन्यायाधीश कार्कीले मंगलबार नेपाल बार र सर्वोच्च बारका प्रतिनिधिलाई भेट्न अस्वीकार गरेपछि उनीहरू असन्तुष्ट भई तीन दिनभित्र न्यायाधीश नियुक्तिबारे आफ्नो माग सम्बोधन गर्न म्याद तोकेका छन्। आन्दोलन रोकेर सरकारी वकिलले बुधबारदेखि मुलुकभरका सबै अदालतमा सरकारवादी मुद्दाको प्रतिरक्षामा बहस गर्नेछन् ।

प्रधानन्यायाधीश कार्कीले मंगलबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर आन्दोलन फिर्ता गराउन आग्रह गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठलाई डाकेर आन्दोलनबारे सोधेका थिए । ‘चारजना नायब महान्यायाधिवक्ताले प्रधानन्यायाधीशलाई भेट्नुभयो । हामीले कानुनमन्त्रीलाई भेट्यौं ।

कमजोरी सच्याएर आगामी दिनमा माग सम्बोधन गर्ने कुरा भएको छ', महान्यायाधिवक्ता कार्यालयको आधिकारिक ट्रेड युनियनका अध्यक्ष गजराज घिमिरेले अन्नपूर्णसँग भने, ‘कानुनमन्त्रीले गल्ती सच्याएर लैजाने प्रतिबद्धता जनाउनुभयो । घोषित रूपमा कार्यक्रम फिर्ता भएको छैन । बुधबार बिहान पनि एकपल्ट छलफल गर्ने कुरा भएको छ ।'

प्रधानन्यायाधीशसँग छलफलमा सहभागी एक नायब महान्यायाधिवक्ताले आन्दोलनका कार्यक्रम हाललाई फिर्ता गर्ने मौखिक सहमति भएको बताए । ‘उताबाट कमजोरी महसुस भयो । आगामी नियुक्तिमा सरकारी वकिललाई उचित मात्रामा स्थान दिने कुरा आयो ।

सधैं आन्दोलन गर्दा न्यायिक प्रक्रिया नै अवरुद्ध भई सेवाग्राही मर्कामा पर्ने कुरामा ध्यान दिँदै इजलास बहिष्कार फिर्ता लिने कुरा भएको छ', वार्तामा सहभागी उनले भने, ‘ट्रेड युनियनको आन्दोलनलाई हाम्रो समर्थन हो। लिखित नभए पनि ट्रेड युनियनले कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।'

महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका चारवटा ट्रेड युनियनले भने न्यायपरिषद्बाट मागबारे स्पष्ट हुने गरी विज्ञप्ति नआएका कारण आन्दोलन जारी रहेको बताएका छन्। उनीहरू बुधबार बिहानसम्म हेर्ने र त्यसपछि नयाँ ढंगले अघि बढ्ने भएका छन् ।

‘बिहानसम्म पर्ख र हेरको अवस्थामा छौं', घिमिरेले भने। महान्यायाधिवक्ता कार्यालयमा कार्यरत नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिव शान्ति लुइँटेलले मागमा परिषद्बाट सकारात्मक कुरा आएको बताउँदै बिहानसम्म पर्खने बताए । ‘घोषित रूपमा फिर्ता लिएको अवस्था होइन । तर कुरा सकारात्मक आएको छ । परिषद्को निर्णय कुरेर बसेको अवस्था हो', लुइँटेलले भने । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता