माघ १४, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चीनबाट एमए-६० विमान काठमाडौं आइपुगेको छ । 

बिहीबार साँझ ५ बजे विमान त्रिभुवन अन्तर्राष्ट्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १४, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चीनबाट एमए-६० विमान काठमाडौं आइपुगेको छ । 

बिहीबार साँझ ५ बजे विमान त्रिभुवन अन्तर्राष्ट्"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घाटा हुँदाहुँदै निगमले फेरि चीनबाट नयाँ विमान किन ल्यायो ?

१४ माघ २०७३, शुक्रबार ०२:१७

माघ १४, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चीनबाट एमए-६० विमान काठमाडौं आइपुगेको छ । 

बिहीबार साँझ ५ बजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । निगमले ५६ सिट क्षमताको विमान आन्तरिक उडानका लागि ल्याएको हो । 

निगमले यसअघि नै चीनबाट दुईवटा विमान ल्याइसकेको छ। चीनमा निर्मित एमए-६० र वाई १२ ई विमानले व्यावसायिक उडान भरिरहेका छन्। तर, निगमले दुवै विमानको उडानमा घाटा सहँदै आएको छ। आन्तरिक उडानमा घाटा सहेरै भए पनि निगमले चीनबाट तेस्रो विमान भित्र्याएको हो ।

निगमले विमान ल्याउन एक साताअघि नै अपरेसन विभागका निर्देशक क्याप्टेन आरके शेरचन र इन्जिनियर पोषक ज्ञवालीको संयोजकत्वमा पाँच सदस्यीय टोली चीन पठाएको थियो। अर्को १८ सिट क्षमताको वाई १२ विमान शनिबारसम्म नेपाल आइपुग्ने निगमका सहायक प्रवक्ता शैलेश कंसाकारले बताए । 

निगमले बाँकी दुईवटा वाई १२ विमान ६ महिनाभित्र ल्याउने भएको छ ।

एमए-६० विमानको कलसाइन नम्बर नाइन एनएकेआर पाएको छ । विमानले छिट्टै आन्तरिक उडान सुरु गर्ने निगमले जनाएको छ। दुई विमान भित्रिएपछि निगमसँग आन्तरिक तथा वाह्य उडानका लागि एउटा बोइङ, दुईवटा एयरबस, दुईवटा एमए-६०, दुईवटा वाई १२ ई र एउटा ट्विनअटर जहाज हुनेछ । एउटा बोइङ र ट्विनअटर विमान ग्राउन्डेड छन् ।

चिनियाँ विमानले घाटा

चिनियाँ विमानकै कारण निगमले आन्तरिक उडानमा घाटा बेहोर्दै आएको छ । निगमलाई गत आर्थिक वर्षमा आन्तरिक उडानबाट ३२ करोड ९० लाख रुपैयाँ घाटा भएको थियो । निगमले अन्तराष्ट्रिय उडानबाट नाफा कमाएर आन्तरिक उडान सेवा सञ्चालन गरिरहेको छ। चिनियाँ जहाज उड्नेभन्दा बढी ग्राउन्डेड हुने भएकाले घाटा बढेको हो ।

निगमका अनुसार चिनियाँ विमान वाई १२ ले गत आवमा जम्मा एक सय दुईवटा उडान गरेर ६ सय २२ यात्रुलाई सेवा दिएको छ । यो वायुसेवाले चालू आवको पहिलो चार महिनामा जम्मा ८५ उडान गरेर दुई सय ९५ जना यात्रु बोको छ । एमए ६० ले गत वर्ष नौ सय ६ वटा उडान गरेर २० हजार नौ सय यात्रुलाई सेवा दिएको थियो। यो वर्षको चार महिनामा तीनसय सात उडानबाट पाँच हजार नौ सय यात्रुलाई सेवा दिएको उल्लेख छ । -अन्नपूर्ण पोष्ट दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता