माघ १५, काठमाडौं । साँझपख सार्वजनिक सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेकाले सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।  कार्यालयबाट घर फर्कने समयमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १५, काठमाडौं । साँझपख सार्वजनिक सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेकाले सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।  कार्यालयबाट घर फर्कने समयमा"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यात्रु कोच्दै सहचालक भन्छन्– दायाँ फर्क, बायाँ फर्क, पर पर सर !

२०७३, १५ माघ शनिबार ०२:३३


माघ १५, काठमाडौं । साँझपख सार्वजनिक सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेकाले सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।  कार्यालयबाट घर फर्कने समयमा सर्वसाधारणलाई बस, माइक्रोबस, ट्याम्पो लगायतबाट यात्रा गर्न निकै कष्टकर हुने गरेको छ । 

घण्टौँ कुरेर पनि बस चढ्न निकै कठिने हुने यात्रुको गुनासो छ । काठमाडौँ मल अगाडि नयाँठिमी जानका लागि माइक्रोबस पखर्नुभएकी श्यामसुन्दरी श्रेष्ठले भनिन्, “राम्रोसँग उभिन त पाइँदैन, बस्न पाउनु त परैको कुरा । ” बढी भीडभाड भएको अवस्थामा महिलालाई झन् अप्ठेरो हुने बताउँदै श्रेष्ठले भनिन्, “यात्रुको बढी चाप हुन्छ ।  कराउनु पनि बेकार जस्तो लाग्छ ।  कतिपटक त गालामा थप्पडसमेत हानिसकेँ तर के गर्नु ? मान्छेको व्यवहारमा परिवर्तन आउँदैन । ”

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिउँसो साढे ४ बजेदेखि बेलुकी ७ बजेसम्म यात्रुको अत्यधिक चाप हुने जनाएको छ ।  राजधानीका सुन्धारा, शहीदगेट, रत्नपार्क, पुरानो बसपार्कको बाहिरबाट विभिन्न भागमा जाने सार्वजनिक सवारी साधानमा बढी समस्या हुने गरेको छ । 

सहचालकले यात्रुलाई दायाँ फर्क, बायाँ फर्क, पर सर भन्दै जबरजस्ती धकेल्ने गरेको गुनासो गर्ने धेरै यात्रु भेटिए ।  भक्तपुर जानका लागि बस चढेकी सुर्जमाया प्रजापतिले भनिन्, “दुई जना बस्ने सिटमा तीन जना राख्छन् ।  यसले गर्दा साँझको समयमा बालबालिका, अपाङ्गता भएका, दृष्टिविहीन र महिलालगायत सबै यात्रुलाई बसमा यात्रा गर्न निकै सकस हुने गरेको छ । ”

यस्तै लगनखेल जान बस स्टपमा कुरिरहेकीका सनिस कार्कीले भनिन्, “साँझपख घण्टौँ कुर्दा पनि बस पाइँदैन ।  पाइहाले पनि बसमा खुट्टा टेक्ने ठाउँसमेत हुँदैन, बसमा भेडाबाख्रा कोचेजस्तै कोच्छन् ।  त्यस्तै गाडी चढ्नुबाहेक अरू विकल्प पनि छैन । ”

रत्नपार्कछेउ दिनभर बाँसुरी बजाएर जीविका चलाउने दृष्टिविहीन हरि नगरकोटीले बेलुकीपख ललितपुर डेरा पुग्नै कठिन भएको बताए ।  उनले गुनासो गरे, “बसले सेतो छडी बोकेको देख्दा रोक्नै मान्दैनन्, के हामी दृष्टिविहीनले सार्वजनिक यातायात चढ्नै नपाउने ?” उनले ट्राफिक प्रहरी नगुहारेसम्म बस चढ्नै नपाइने दुखेसो पोखिन् ।  अपाङ्गता भएका यात्रुका लागि आरक्षित सिटमा अरू नै बसिदिँदा झन् समस्या आएको नगरकोटीको भनाइ छ । 

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका महासचिव सरोज सिटौलाले साँझमा सबैलाई घर फर्कन हतार हुने भएकाले सार्वजनिक यातायातमा बढी भीड हुने स्वीकार गर्नुभयो ।  उहाँले भन्नुभयो, “दिनभर बस खालीजस्तै गुड्छन् ।  बेलुकी भने यात्रुको चाप अत्यधिक हुन्छ, साँझपख सर्वसाधारणले दुःख पाएको महसुस गरेका छौँ । ”

सिटौलाले भन्नुभयो, “उपत्यकाको जनसङ्ख्या बढेको बढ्यै छ तर त्यसको अनुपातमा स्तरीय सेवा दिन सकेका छैनौँ, सवारीसाधन व्यवस्थापन गर्न ठोस नीति चाहिएको छ । ”

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले सार्वजनिक यातायातले व्यस्त समयमा निजी विद्यालयका विद्यार्थी ओसार्दा समस्या आएको बताउँदै केही समय कुरेर बस चढ्ने गरे अलिक सहज हुने धारणा व्यक्त गर्नुभयो ।  उहाँले भन्नुभयो, “कुनै यात्रुलाई पाँच मिनेट बस कुर्ने फुर्सद छैन ।  कोहीलाई भने समय पर्खिएर भए पनि सिटमै बसेर यात्रा गर्नुपर्छ । ”

खचाखच भरिएको सवारीसाधनमा नचढ्न सर्वसाधारणसँग अनुरोध गर्नुहुँदै उहाँले भन्नुभयो, “राजधानीमा ट्राफिक व्यवस्थापन गर्न एक हजार २५० प्रहरी खटाइने भएको छ ।  केही समस्या परेमा अथवा महिला हिंसा भएको खण्डमा १०३ मा फोन गर्नुहोस् । ” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह