माघ १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल चौतर्फी दबाब र असहयोगकै बाबजुद पनि यसै साता स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने अन्तिम तयारीमा जुटेका छन् ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल चौतर्फी दबाब र असहयोगकै बाबजुद पनि यसै साता स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने अन्तिम तयारीमा जुटेका छन् ।
१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोर्चा नमाने पनि चुनाव घोषणाको तयारी प्रधानमन्त्री

१७ माघ २०७३, सोमबार ०१:२५

माघ १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल चौतर्फी दबाब र असहयोगकै बाबजुद पनि यसै साता स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने अन्तिम तयारीमा जुटेका छन् ।

१५ माघभित्रै निर्वाचनसम्बन्धी संसद्मा विचाराधीन कानुन पारित गराएर निर्वाचन घोषणा गर्ने तयारीमा जुटेका प्रधानमन्त्री दाहाल आज (सोमबार) सम्म आवश्यक कानुन पारित गराउने र आजै सत्तारूढ नेपाली कांग्रेस र संयुक्त मधेसी मोर्चासँग वार्ता गरी सम्भव भए मंगलबार नभए केही दिनभित्रै निर्वाचन मिति घोषणा गर्ने तयारीमा छन्। 

स्थानीय विकास तथा संघीय मामिलामन्त्री हितराज पाण्डेले सरकारले देशलाई निर्वाचनमा लैजान आवश्यक सबै पहल अगाडि बढाइरहेको भन्दै यसै साता बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा हुने दाबी गरे ।

प्रधानमन्त्रीको सचिवालयले सोमबारसम्म निर्वाचनसम्बन्धी आवश्यक कानुन पारित भइसक्ने सम्भावना रहेको भन्दै सहमति जुटेको खण्डमा मंगलबार नै निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेको जनायो ।‘अहिले नै यो दिन मिति घोषणा हुन्छ त नभनौं, सोमबारसम्म आवश्यक निर्वाचन कानुन पारित भइसक्ने र निर्वाचनका लागि सहमति जुटेमा मंगलबार नै पनि निर्वाचन मिति घोषणा हुन सक्छ, नभए यसै साता निर्वाचन मिति घोषणा हुन्छ र देश निर्वाचनमा जानेछ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘प्रधानमन्त्री अहिले यसैमा सहमति जुटाउन अन्तिम प्रयास गरिरहनुभएको छ ।’

प्रमुख प्रतिपक्षी नेकपा एमालेले चाँडो निर्वाचन मिति घोषणा गर्न माग गरिरहेको छ। यस्तै, नेपाली कांग्रेस पनि निर्वाचन मिति घोषणाको पक्षमा उभिएको छ। तर, सरकारलाई समर्थन गरिरहेको मधेसी मोर्चाले भने संविधान संशोधन विधेयक पारित भएपछि मात्रै निर्वाचन मिति घोषणा गर्नुपर्ने अडान राख्दै आएको छ ।

स्थानीय विकासमन्त्री पाण्डे भने निर्वाचन गर्न मोर्चासहित सबै दल सहमत भएको र संविधान संशोधन विधेयक पनि प्रक्रियामा रहेकाले निर्वाचन मिति घोषणामा सबैको सहमति हुने बताउँछन्।

प्रधानमन्त्री दाहालले मोर्चालाई पनि निर्वाचन मिति घोषणा गर्न सहमति जुटाएर मिति तोक्ने तयारी गरेका छन्। दाहालले निर्वाचन मिति घोषणाका विषयमा सोमबार मोर्चाका नेताहरूलाई बालुवाटारमा बोलाएका छन्। मोर्चासँगको वार्ताअघि नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल हुने बताइएको छ। त्यसपछि पुनः त्रिपक्षीय छलफल गरेर निर्वाचनको मिति टुंगो लगाउने सोचमा प्रधानमन्त्री रहेका छन् ।

निर्वाचन मितिकै विषयमा आइतबार प्रधानमन्त्री दाहाल र प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवबीच भेटवार्ता भएको छ। भेटमा प्रधानमन्त्रीले सरकार निर्वाचन मिति घोषणाको अन्तिम तयारीमा रहेको जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले प्रमुख आयुक्त यादवलाई वैशाख अन्तिमसम्म निर्वाचन गर्ने गरी मिति घोषणाको तयारी भइरहेको जानकारी दिँदै निर्वाचनका लागि सरकारले निभाउनुपर्ने भूमिकाका विषयमा सुझाव मागेका थिए ।

भेटमा प्रमुख आयुक्त यादवले प्रधानमन्त्री दाहाललाई निर्वाचनसम्बन्धी कानुन प्राप्त गर्नासाथ आयोगले आफ्नो काम अगाडि बढाउने अवगत गराएका थिए। प्रधानमन्त्री दाहालले पनि निर्वाचन कानुन पारित गराउन आफूले सक्दो पहल गरिरहेको भन्दै आजभोलि नै आवश्यक सबै कानुन पारित हुने बताएका थिए ।

यसअघि नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रबीच १५ माघभित्र स्थानीय चुनावको मिति घोषणा गर्ने समझदारी भएको थियो। मोर्चाले मिति घोषणा गर्न असहयोग गर्दै आन्दोलन गर्ने चेतावनी दिएपछि १५ माघ अगाडि चुनावको मिति घोषणा गर्नबाट सरकार पछि हटेको थियो । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल