माघ १७, काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले एकपछि अर्को भ्रष्टाचारीहरुमाथि निसाना सोझ्याउन थालेको छ । 

भ्रष्टाचारीहरुमाथि निरन्तर प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १७, काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले एकपछि अर्को भ्रष्टाचारीहरुमाथि निसाना सोझ्याउन थालेको छ । 

भ्रष्टाचारीहरुमाथि निरन्तर प्र"/>

१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवको ‘मर्निङ वाक’ आतंक !

१७ माघ २०७३, सोमबार ०७:१५


माघ १७, काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले एकपछि अर्को भ्रष्टाचारीहरुमाथि निसाना सोझ्याउन थालेको छ । 

भ्रष्टाचारीहरुमाथि निरन्तर प्रहार गर्दै आएको यसले गत पुस ७ मा सर्वोच्च अदालतको पेसी कक्षभित्रै लोकमानसिंह कार्कीमाथि कालोमोसो दलेको थियो । त्यसको झण्डै एकपहिना पछि माघ ६ मा विप्लवको निसानामा फेरि नेपाल ट्रष्टका विवादास्पद सचिव अर्जुनकुमार कार्की परे । एकपछि अर्को भ्रष्टाचारी करार गर्दै विभिन्न व्यक्तिहरुलाई कारबाही थालेको विप्लव माओवादीले लोकमानसिंह कार्कीमाथि कालोमोसो दलेर एक महिना सजाय भुक्तान गरेका विद्यार्थी नेतालाई त विप्लव स्वयंले उपस्थित भएर सम्मान नै गरे ।

विप्लवले लोकमानलाई कालोमोसो दलेका दुई विद्यार्थी नेताको बहादुरीताको प्रशंसा गर्दै अब भ्रष्टाचारीहरु क्रमशः पार्टीको निसानामा पर्दै जाने अभिव्यक्ति दिए । एकातिर विप्लवको पार्टीले एकपछि अर्को निसाना सोझ्याउँदै जानु, अर्कातिर विप्लव स्वयंले पनि भ्रष्टाचारी नछाड्ने अभिव्यक्ति दिनु भ्रष्टाचार गरेर देशलाई लुट्दै आएका केही कर्मचारीहरुमा भने विप्लवको पछिल्लो गतिविधि टाउको दुखाइको विषयम मात्रै बनेको छैन, केहीको निदहराम नै भएको खबर छ ।

त्रास कतिसम्म बढेको छ भने विप्लको सम्भावित कारबाहीमा पर्न सक्ने विभिन्न तहका कर्मचारीहरु पछिल्ले समय सतर्कता अपनाउन थालेका छन् । अझै रोचक त के छ भने विप्लवको निसानामा पर्ने डरले पछिल्लो समय केही भ्रष्ट कर्मचारीहरुले आफ्नो दैनिकी नै कटौती गरेका छन् । उनीहरुले ‘मर्निङवाक’ लगायतका दैनिकी त्यागेका हुन् ।

भ्रष्टहरुलाई कारबाही गर्न गौंडा ढुकेर बस्न थालेका विप्लव पार्टीका कार्यकर्ताले पार्टी नेतृत्व तथा सहकर्मीहरुसँग भ्रष्ट कर्मचारीहरुले मर्निङवाक गर्न छाडेपछि यस्तो दुखेसो गर्न थालेका छन् । ‘भ्रष्टाचारीलाई कारबाही गर्ने तयारी हाम्रो पार्टीले गरेको थाहा पाएपछि कर्मचारीहरुले नित्य कर्म नै छाडेका छन्,’ विप्लवका एक कार्यकर्ताले भने, ‘यसले हामीलाई केही असहज भएको छ ।’ -साँघु साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल