माघ १८, काठमाडौं । संविधान संशोधन थाती राख्दै निर्वाचन मिति घोषणा गर्ने प्रयासमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेसी नेताहरूले आफूसँगको सहमति पालना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १८, काठमाडौं । संविधान संशोधन थाती राख्दै निर्वाचन मिति घोषणा गर्ने प्रयासमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेसी नेताहरूले आफूसँगको सहमति पालना "/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीसँग ‘डिभोर्स’ चेतावनी

१८ माघ २०७३, मंगलवार ०१:५४


माघ १८, काठमाडौं । संविधान संशोधन थाती राख्दै निर्वाचन मिति घोषणा गर्ने प्रयासमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेसी नेताहरूले आफूसँगको सहमति पालना नगरेको आरोप लगाउँदै आन्दोलनमा जाने चेतावनी दिएका छन् । 

परिमार्जनसहित संविधान संशोधन नगरी चुनाव घोषणा गरे मधेसकेन्द्रित दलहरू सशक्त आन्दोलनमा ओर्लने उनीहरूले सोमबार सत्ता गठबन्धनसँगको बैठकमा बताएका हुन्। कांग्रेस र माओवादी केन्द्रको ‘आन्तरिक गठबन्धन' बाट एमाले नहटेसम्म वर्तमान गतिरोधले निकास नपाउने भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका थिए। उनीहरूले परिमार्जनसहित संविधान संशोधन पास नभई चुनाव हुनै नदिने बताएका छन्।

सत्तारूढ कांग्रेस–माओवादी केन्द्रसँगको बैठकमा सोमबार मधेसी नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आक्रामक हुँदै भने, ‘यो सरकार तपाईंहरूको हो कि प्रमुख प्रतिपक्षी एमालेको ? ' दाहाललाई प्रधानमन्त्री पदमा मतदान गरेको ६ महिनामा तीनबुँदे सहमति उल्लंघनमात्र नभएर एमालेको रणनीतिअनुसार मधेसीलाई पाखा लगाइएको दाबी उनीहरूले गरेका थिए।

फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सत्तामा ल्याएर संविधान संशोधनका पक्षमा ४ सय १ मत पुर्‍याउन दाहाललाई कसैले नरोकेको मधेसी नेताहरूले बताए। यस्तै अवस्था रहे यो गठबन्धन धेरै नटिक्ने र यसको कुनै औचित्य नरहने चेतावनीसमेत उनीहरूले दिए।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान ९ बजेदेखि तीन घन्टा चलेको वार्तामा मधेसी नेताको आक्रामक र आक्रोशपूर्ण अभिव्यक्तिपछि दाहालको बचाउ गर्दै सरकारको प्रमुख घटक कांग्रेसका सभापति शेरबहादुर देउवाले भने, ‘तपाईंहरूको अडान स्थानीय निर्वाचन हुनै नदिने हो त ? ' उनले मोर्चाको मागअनुसार संशोधन पक्षमा कांग्रेस प्रतिबद्ध रहेको जिकिर गरेका थिए।

जबाफमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संघीयताको आवरणमा संघीयताविरोधी स्थानीय निर्वाचन हुनुभन्दा नहुनु उत्तम रहेको बताएका थिए। उनले भने, ‘दाहालजीको आन्तरिक गठबन्धनबाट एमाले नहटेसम्म समस्याले निकास पाउँदैन।' बैठकमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यस्तै हो भने सत्तास्वार्थी दाहालजीसँगको आगामी सम्बन्ध डिभोर्समा परिणत हुन्छ।'

प्रधानमन्त्रीले सुरुमै संविधान संशोधनमा दुईतिहाइ कसरी पुर्‍याउने, निर्वाचन घोषणा गरेर संविधान संशोधन गर्ने, स्थानीय क्षेत्र निर्धारण समितिको प्रतिवेदन परिमार्जन सम्बन्धमा मोर्चाको धारणा माग गरेका थिए। उनले भने, ‘यो सरकार मधेसीको पनि भएकाले तपाईंहरूको धारणाबाट विमुख हुन सक्दैनौं। एकअर्कालाई शंकाउपशंका गर्न छोडौं।'

प्रधानमन्त्रीले संविधान संशोधन प्रक्रिया अघि बढाउने र चुनावको तयारी थाल्ने प्रस्ताव राख्नासाथ मधेसी मोर्चाका नेताहरू आक्रोशित भएका थिए। तमलोपा अध्यक्ष ठाकुरले संविधान संशोधन विधेयक परिमार्जनसहित पास नभएसम्म चुनावमा नजाने र प्रक्रिया अघि बढ्नै नदिने बताए। उनले संशोधनको सहमतिका लागि एमालेसँग संवाद गर्न दाहाललाई सुझाए। ठाकुरले संविधान संशोधन नभए आन्दोलनमा जाने चेतावनी दिँदै त्यस्तो बेला मधेसमा सुरक्षा निकायबाहेक अरू कुनै कार्यालय चल्न नदिने चुनौती दिए । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता