माघ १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार ६ महिनाको अवधिमा प्रमुख राष्ट्रिय मुद्दामा सहमति जुटाउन असफल बनेको छ । 

संविध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार ६ महिनाको अवधिमा प्रमुख राष्ट्रिय मुद्दामा सहमति जुटाउन असफल बनेको छ । 

संविध"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाहाल सरकारको छ महिना: न सहमति, न सहकार्य

१९ माघ २०७३, बुधबार ०२:१०


माघ १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार ६ महिनाको अवधिमा प्रमुख राष्ट्रिय मुद्दामा सहमति जुटाउन असफल बनेको छ । 

संविधान कार्यान्वयनलाई तीव्रता दिनेदेखि संविधान संशोधन, स्थानीय निर्वाचन मिति घोषणा, अख्तियार प्रमुखविरुद्धको महाअभियोग प्रस्तावलगायत विषयमा सरकार सत्तारूढ र विपक्षी दलहरूसँग सहमति एवं सहकार्यका साथ अघि बढ्न पूर्णतः असफल बनेको हो ।

कुन–कुन बुँदामा संविधान संशोधन गर्ने भन्नेमा सरकारले प्रमुख प्रतिपक्षसँग मात्रै नभएर सरकारमै सहभागी भएको दलदेखि समर्थन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई समेत बुझाउन सकिरहेको छैन । मोर्चाले संसद्मा दर्ता भएको विधेयक परिमार्जनसहित पारित हुनुपर्ने अडान राखिरहेको छ ।

संसदमा दर्ता भएको अहिलेकै विधेयकमा मोर्चा र प्रमुख प्रतिपक्षी एमालेसँग सहमति जुटाउने प्रयासमा छ । मोर्चासँगको सहमति जुट्न नसकेकै कारण सरकारले निर्वाचन मिति घोषणासमेत गर्न सकेको छैन । अख्तियार प्रमुख (अयोग्य घोषित भएका) लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगमा समेत सरकारले सहमति जुटाउन सकेको थिएन ।

सत्ता साझेदार प्रमुख दल कांग्रेसलाई नै प्रधानमन्त्रीले महाअभियोगको पक्षमा ल्याउन नसक्दा अदालतको निर्णयबाट अयोग्य घोषित भई कार्की हटेका हुन् । सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि कार्की पदमुक्त भएका थिए । 

पछिल्लोपटक दलहरूबीच सहमति र सहकार्यको राजनीति टाढिँदै जाँदा स्थानीय निर्वाचन तथा संविधान कार्यान्वयनसमेत अनिश्चिततातर्फ धकेलिँदै गएको छ ।  -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता