माघ २१, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेर हदबन्दी तोकेर स्ववियु चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । 

ठूला विद्यार्थी संगठनका न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २१, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेर हदबन्दी तोकेर स्ववियु चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । 

ठूला विद्यार्थी संगठनका न"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यार्थी नेता स्ववियु उम्मेदवार बन्न अयोग्य

२०७३, २१ माघ शुक्रबार ०२:०२

माघ २१, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेर हदबन्दी तोकेर स्ववियु चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । 

ठूला विद्यार्थी संगठनका नेताहरु चुनावका लागि तयार पनि भइसकेका छन्, तर ती नेताहरु भने स्ववियुमा उम्मेदवार बन्न योग्य छैनन् । प्रायः सबै संगठनका पदाधिकारीले २८ वर्षे उमेर हदबन्दी पार गरिसकेका छन् । 

प्रमुख विद्यार्थी संगठनको नेतृत्वमा रहेका पदाधिकारीहरु ३० देखि ४० वर्ष उमेर समूहका छन्। केही विद्यार्थी नेताले भने ४० वर्ष उमेर पनि काटिसकेका छन् । नेविसंघका अधिकांश नेता ३५ देखि ४२ वर्षभित्रका छन् । अध्यक्ष नैनसिंह महरले आफू ४२ वर्ष पुगेको बताए । अनेरास्ववियुका पदाधिकारी अधिकांश ३० देखि ३५ वर्षभित्रका छन् । विद्यार्थी नेताहरु आफैंले बताएको उमेरअनुसार पदाधिकारीमा २६ वर्षदेखि सबैभन्दा बढी ३५ वर्ष उमेरका छन् ।

त्रिवि सभाले कायम गरेको उमेर हदबन्दीअनुसार स्ववियु चुनावमा उम्मेदवार हुन तीन संगठनका पदाधिकारीभित्रका चार नेता मात्र योग्य छन् । नेविसंघका १५ पदाधिकारीमध्ये एकजना मात्र २८ नकटेका छन् । 

अनेरास्ववियुमा अध्यक्षदेखि विभिन्न आयोग अध्यक्षसम्म्का १७ नेतामध्ये एक र अनेरास्ववियु क्रान्तिकारीमा महासचिवसम्मको २७ सदस्यीय कार्यालय टिममा एकजना मात्र २८ वर्षभन्दा कम उमेरका छन् । नेविसंघका कोषाध्यक्ष शिव रिमाल २८ वर्षमुनिका छन् । उनले आफू २७ वर्ष पुगेको दाबी गरे । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह