माघ २१, काठमाडौँ । पुरानो बसपार्कमा २९ तले ‘काठमाडौँ भ्यू टावर’ को निर्माण सुरु भएको छ । 

करिब ५ वर्ष अघिदेखि चर्चामा रहेको बहुउद्देश्यीय भवन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २१, काठमाडौँ । पुरानो बसपार्कमा २९ तले ‘काठमाडौँ भ्यू टावर’ को निर्माण सुरु भएको छ । 

करिब ५ वर्ष अघिदेखि चर्चामा रहेको बहुउद्देश्यीय भवन"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३ वर्षभित्र बन्ने भयो ‘काठमाडौं भ्यू टावर’

२०७३, २१ माघ शुक्रबार ०२:१८


माघ २१, काठमाडौँ । पुरानो बसपार्कमा २९ तले ‘काठमाडौँ भ्यू टावर’ को निर्माण सुरु भएको छ । 

करिब ५ वर्ष अघिदेखि चर्चामा रहेको बहुउद्देश्यीय भवनको निर्माण कार्य ‘जलेश्वर स्वच्छन्द विको विल्डर्स’ कम्पनीले अघि बढाएको हो । निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) प्रणाली अनुसार काठमाडौं महानगरपालिकाले ४ वर्षअघि नै उक्त कम्पीनसँग सम्झौता गरेको थियो । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कम्पनीविरुद्ध उजुरी परेपछि निर्माण प्रक्रियामा ढिलाइ भएको थियो । गत वर्ष उपराष्ट्रपति नन्दबहादुर पुनले टावरको शिलान्यास गरेपछि यसको निर्माण कार्य अघि बढेको हो । यसबीचमा बसपार्कलाई खुलामञ्चमा सार्ने काम भएको छ । भूकम्पका कारण निर्माणमा केही अवरोध आए पनि अब द्रुतगतिमा काम हुने कम्पनीले जनाएको छ । 

महानगरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले तीन वर्षभित्र भ्यू टावर निर्माण सम्पन्न हुने बताए । ‘टावरबाट सम्पूर्ण उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ,’ उनले भने, ‘यो अत्याधुनिक भवन हो, पहिलो चरणमा १२ तल्लामात्र निर्माण गर्ने सम्झौता भएको छ, त्यसपछि विस्तारै अरू तल्ला निर्माणको अनुमति दिइन्छ ।’ कम्पनीले सम्पूर्ण अध्ययन गरेर निर्माण कार्य अघि बढाएको भन्दै उनले यो व्यावसायिक भवनमात्र नभएर मुलुककै इज्जत बढाउने दाबी गरे । ‘परम्परागत कला र शैलीमा भवन निर्माण गरिन्छ,’ उनले भने, ‘भूकम्पले सुन्धरास्थित धरहरा ढलेपछि टावरको खाँचो छ ।’ उनका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार टावर निर्माण हुनेछ ।

भ्यु टावरको भूमिगत दुई तलामा पार्किङ, त्यसमाथि बस, टेम्पोलगायतका सवारी साधन, मोटरसाइकललगायतका स्टेसन बनाइने छ । निर्माण भइसकेपछि पहिलेजस्तै यहाँबाट यातायातका साधन उपत्यका विभिन्न स्थानका लागि छुट्ने उनले बताए । ‘निर्माण सम्पन्न भएपछि अन्य मुलुकका महानगरमा जस्तै भ्यू टावरले पनि छुट्टै पहिचान दिनेछ, न्युरोड लगायतको ट्राफिकजाम पनि कम हुन्छ,’ उनले भने । न्युरोडसम्म घुम्न र किनमेल गर्न जानेहरूले भ्यु टावरमै गाडी पार्किङको सुविधा पाउने उनले बताए । राजधानीमा पर्यटकीय आकर्षणसमेत बढ्ने विश्वास महानगरको छ ।

टावरलाई व्यापारिक केन्द्रका रूपमा विकसित गरिने बताइएको छ । टावरमा चारवटा मनोरञ्जन हल, बैंक, अस्पताल, फिल्म हल, रेस्टुरेन्ट, पुस्तकालयसमेत बनाइनेछ । टावरका सबै तला चौबीसै घन्टा खुला रहनेछन् । जलेश्वर स्वच्छन्द बिकोई विल्डर्स कम्पनीले तीस वर्षसम्म उक्त टावर सञ्चालन गर्नेछ । सम्झौताअनुसार कम्पनीले तीस वर्षपछि महानगरलाई टावर हस्तान्तरण गर्नेछ । टावर निर्माण गर्न करिब २ अर्ब रुपैयाँ लाग्ने अनुमान कम्पनीको छ । जमिनको प्रत्येक वर्ष ७० लाख रुपैयाँ भाडा तिर्नेछ भने त्यो पनि वर्षैपिच्छे दस प्रतिशतका दरले बढ्ने सम्झौता भएको छ ।

टावर निर्माणपश्चात् प्रत्येक वर्ष १ करोड ६५ लाख रुपैयाँ महानगरलाई राजस्व बुझाउने र त्यो वर्षैपिच्छे तीन प्रतिशतका दरले बढ्नेछ । कम्पनीका प्रबन्ध निर्देशक मनोजकुमार भेटवालले निर्माणका लागि अधिकांश उपकरण ल्याइसकेको बताए । तीन वर्षभित्र जसरी पनि निर्माण सम्पन्न गर्ने उनले बताए । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह