माघ २२, काठमाडौ । भारतको कर्नाटक विधानसभाले आयोजना गरेको महिला सांसद सम्मेलनमा सहभागी हुन अन्तिम तयारी गरिरहेका १५ नेपाली महिला सांसदको टोलीलाई उक्त अवसरमा तिब्ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २२, काठमाडौ । भारतको कर्नाटक विधानसभाले आयोजना गरेको महिला सांसद सम्मेलनमा सहभागी हुन अन्तिम तयारी गरिरहेका १५ नेपाली महिला सांसदको टोलीलाई उक्त अवसरमा तिब्ब"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दलाइ लामा आउने भएपछि नेपाली महिला सांसदको भ्रमण रद्द

२२ माघ २०७३, शनिबार ०१:४५

माघ २२, काठमाडौ । भारतको कर्नाटक विधानसभाले आयोजना गरेको महिला सांसद सम्मेलनमा सहभागी हुन अन्तिम तयारी गरिरहेका १५ नेपाली महिला सांसदको टोलीलाई उक्त अवसरमा तिब्बती शरणार्थी नेता दलाइ लामा पनि उपस्थित हुने जानकारी पाएपछि सभामुख ओनसरी घर्तीमगरले भ्रमण रोक्न निर्देशन गरेकी छन् ।  

कर्नाटक प्रान्तीय विधानसभाले सभामुख घर्तीमगरसहित सांसदहरूलाई उक्त कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गरेको थियो ।

सभामुख घर्तीमगरले आफू उपस्थित हुन नसक्ने भन्दै विभिन्न दलका १५ जना सांसदलाई उक्त कार्यक्रममा पठाउने तयारी गरेकी थिइन् ।

तर भारतस्थित नेपाली राजदूत र आयोजकसँग बुझ्दा उक्त कार्यक्रममा दलाइ लामा र उनका प्रतिनिधि उपस्थित हुने जानकारी पाएपछि सभामुख घर्तीमगरले सांसदहरूलाई पनि नपठाउने निर्णय गरेको संसद् सचिवालय स्रोतले बतायो ।

कर्नाटक विधानसभाद्वारा आमन्त्रण गरिएको उक्त कार्यक्रममा सांसदहरूको सहभागिताका लागि कांग्रेसका स्वर्गीय नेता सुशील कोइरालाका नाममा स्थापित ‘सुशील कोइराला फाउन्डेसन’ का सचिव अतुल कोइरालाले संसद् सचिवालय र सभामुख घर्तीमगरको निजी सचिवालयसँग संयोजन गरेका थिए । 

तर सम्मेलनमा दलाइ लामा उपस्थित हुनेबारे कोइरालाले केही पनि उल्लेख नगरेपछि सभामुख घर्तीमगरले कांग्रेस, एमाले, माओवादी केन्द्र र अन्य दलका प्रमुख सचेतकसँग छलफल गरी त्यहाँ पठाउने १५ जना सांसदको नाम तय गर्न लगाएकी थिइन् ।

जसअनुसार कांग्रेस र एमालेका तर्फबाट ४÷४ जना, माओवादी केन्द्रका ३ जना, राप्रपाबाट एकजना र अन्य साना दललाई पनि समेटेर १५ जना सांसदको नाम तय गरिएको थियो । सम्मेलनमा दलाइ लामा उपस्थित हुने जानकारी पाएपछि सम्मेलनमा पठाउन लागिएका कांग्रेसकी उषा गुरुङ, एमालेकी सुशीला नेपाल, माओवादी केन्द्रकी रूपा महर्जन, राप्रपाकी कान्ता भट्टराई, संघीय समाजवादी फोरमकी छायाँ पन्तलगायत सांसदलाई भ्रमण स्थगित भएको जानकारी संसद् सचिवालयले गराएको स्रोतले बतायो । फेब्रुअरी ८ तारिखदेखि उक्त सम्मेलन सुरु हुँदैछ ।

नेपाल एक चीन नीतिका पक्षमा रहेकाले दलाइ लामा उपस्थित हुने कार्यक्रममा सहभागिता जनाउँदा छिमेकी मुलुक चीनले आपत्ति जनाउन सक्ने भन्दै सम्मेलनमा सहभागिता नजनाउने निर्णय गरिएको संसद् सचिवालयका अधिकारीहरू बताउँछन् । ‘सम्मेलनमा सांसदहरू जाने तयारी भैसकेको थियो । तर विभिन्न स्रोतबाट बुझ्दा त्यो सम्मेलनबारे विवाद उत्पन्न हुनसक्ने सम्भावना रहेकाले सांसदहरूलाई भ्रमणमा नपठाउने निर्णय गरिएको हो’, सभामुख घर्तीमगरका प्रेस सल्लाहकार बबिन शर्माले अन्नपूर्णसँग भने । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता