माघ २२, काठमाडौं । उपत्यकाको ट्राफिक अस्तव्यस्त छ । एउटै चोकमा सवारीसाधनहरू घन्टौँ कुर्नुपर्ने अवस्था छ। काठमाडौं र भक्तपुर जोड्ने मुख्य नाका कोटेश्वर सबैभन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २२, काठमाडौं । उपत्यकाको ट्राफिक अस्तव्यस्त छ । एउटै चोकमा सवारीसाधनहरू घन्टौँ कुर्नुपर्ने अवस्था छ। काठमाडौं र भक्तपुर जोड्ने मुख्य नाका कोटेश्वर सबैभन"/>

१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीमा जताततै जाम, उपत्यका नै ठप्प हुने खतरा

२२ माघ २०७३, शनिबार ०२:०४


माघ २२, काठमाडौं । उपत्यकाको ट्राफिक अस्तव्यस्त छ । एउटै चोकमा सवारीसाधनहरू घन्टौँ कुर्नुपर्ने अवस्था छ। काठमाडौं र भक्तपुर जोड्ने मुख्य नाका कोटेश्वर सबैभन्दा धेरै जाम हुने क्षेत्र हो । यो चोक भएर दैनिक कम्तीमा ५७ हजार सवारी गुड्छन् ।  

धेरै ट्राफिक जाम हुने क्षेत्र

कोटेश्वर :  काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ट्राफिक जाम कोटेश्वरमा हुने गरेको छ। सडक विभागको तथ्यांकअनुसार कोटेश्वर हुँदै मनोहरा पुलबाट मात्रै प्रत्येक दिन ५६ हजार ९८ सवारीसाधन आउजाउ गर्छन्। कोटेश्वर नाकामा मुलुककै दुई ठूला अरनिको र बिपी राजमार्ग जोडिएका छन् । अरनिको राजमार्गले विशेषगरी भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापलाई जोड्छ । बिपी राजमार्गले सिन्धुलीदेखि पूर्वी नेपालका जिल्ला जोड्छ ।

चाबहिल :  कोटेश्वरपछि धेरै जाम चाबहिलको पूर्वी सडकमा हुने गर्छ। यो सडकमा प्रतिदिन ४२ हजार दुई सय ५६ सवारी गुड्छन् । जोरपाटी, गोकर्ण, थलीलगायतका क्षेत्रमा बाक्लो बस्ती भएकाले यस सडकमा सवारीसाधनको चाप बढेको हो ।

सिनामंगल : यो क्षेत्रमा दैनिक ३८ हजार दुई सय ६१ सवारीसाधन गुड्ने गर्छन्। अन्तर्राष्ट्रिय विमानस्थल जोडिएकाले यस सडकमा अत्यधिक सवारीसाधन गुड्ने र ट्राफिक जाम हुने गरेको छ।

नारायणगोपाल चोक : चक्रपथको नारायणगोपाल चोकमा पनि धेरै जाम हुन्छ। विभागको तथ्यांकअनुसार यस चोकमा दैनिक ३४ हजार चार सय ७० सवारी साधन गुड्ने गर्छन्। बुढानिलकण्ठ, बाँसबारी, गोल्फुटार लगायतका क्षेत्रमा बस्ति बाक्लो भएकाले यस चोक भएर अत्याधिक सवारी साधन गुड्ने गर्छन् । जसले ट्राफिक जाम बढाएको छ ।

हनुमन्ते सडक : त्यसपछिको धेरै जाम हुने सडक भक्तपुस्थित हनुमन्ते सडक खण्ड हो । विभागको तथ्यांक अनुसार हनुमन्ते पुल भएर दैनिक ३३ हजार सात सय ४३ सवारी साधन गुड्ने गर्छन्। बालकोट आसपासका क्षेत्रमा घना बस्ति भएकाले यस सडकमा अत्याधिक ट्राफिक जाम हुने गरेको हो ।

बल्खु : काठमाडौंस्थित बल्खु सडकमा त्यसपछि धेरै ट्राफिक जाम हुने गर्छ । यस सडक खण्डमा दैनिक ३३ हजार पाँच सय १२ सवारी साधन गुड्ने गर्छन् । हेटौंडा सडक खण्ड र कीर्तिपुर यही सडक भएर जाने भएकाले यहाँ अत्याधिक ट्राफिक जाम हुने गरेको हो ।

बनस्थली : चक्रपथ सडक खण्डको बनस्थलीमा पनि अत्याधिक ट्राफिक जाम हुने गर्छ। यस सडक खण्डमा दैनिक ३३ हजार चार सय ६६ सवारी साधन गुड्ने गर्छ। चक्रपथ सडक खण्डको मनोहरा सडकमा पनि अत्याधिक ट्राफिक जाम हुन्छ । यस सडकमा दैनिक ३२ हजार सात सय ८८ सवारी साधन गुड्ने गर्छन् ।

सातदोबाटो :  चक्रपथ सडक खण्डै सातदोवाटो जक्सनमा पनि धेरै ट्राफिक जाह हुन्छ । यस सडकमा दैनिक २८ हजार ८ सय ७९ सवारी साधन गुड्ने गर्छन् ।

बालाजु : बालाजू वाइपास सडकमा पनि धेरै ट्राफिक जाम हुन्छ । यस सडकमा दैनिक २१ हजार चार सय २४ सवारी साधन गुड्ने गर्छन् । त्यस बाहेक सातदोवाटो दक्षिण चपागाउँ तर्फ जाने सडकमा पनि ट्राफिक जाम हुने गर्छन् । यस सडकमा दैनिक १६ सय ८३ सवारी साधन गुड्ने गर्छन्।

नागढुंगामा : मुलुकको मुख्य नाका नागढुंगामा पनि ट्राफिक जाम हुने गर्छ। यस सडकमा दैनिक २२ हजार ९६ सावरी साधन गुड्ने गर्छन्।

यहँf पनि हुन्छन् ट्राफिक जाम 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सडक विभागले तोके भन्दा बाहेकका क्षेत्रमा पनि अत्याधिक ट्राफिक जाम हुन्छन् । महाशाखाका अनुसार सवैभन्दा धेरै ट्राफिक जाम हुने क्षेत्र कलंकी चोक हो। त्यसपछि सवैभन्दा धेरै ट्राफिक जाम हुने जक्सन थापाथली चोक हो । ट्राफिक जाम हुने त्यसपछिको क्षेत्र सोह्र खुट्टे, नयाँ बानेश्र चोक, रत्नपार्क आसपासका क्षेत्र, त्रिपुरेश्वर चोक हुन्।

महाशाखाका अनुसार यस क्षेत्रमा बिशेष गरी पिक आवरमा अत्याधिक ट्राफिक जाम हुने गर्छ। उपत्यकामा पिक आवर बिशेष गरि बिहानको नौ देखि ११ बजेको समय र साँझको ४ देखि ६ बजेसम्मको समय हो । महाशाखाका प्रवक्ता एसपी लोकेन्द्र मल्लले पिक आवरमा यस क्षेत्रमा अत्याधिक ट्राफिक जाम हुने गरेका बताए। उनले भने,‘उपत्यका भित्र बिशेष गरी कलंकी,थापाथली, त्रिपुरेश्वर, नयाँ बानेश्वर, रत्नपार्क, सोह्र खुट्टे लगायतका क्षेत्रमा ट्राफिक जाम हुने गरेका छन् । पिक अवारमा यस क्षेत्रमा अत्याधिक ट्राफिक जाम हुने गरेका छन्। यस क्षेत्रमा दैनिक दुई घण्टा सम्म पनि ट्राफिक जाम हुन्छन् ।’-नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता