माघ २२, काठमाडौँ । निर्वाचन मिति घोषणाविनै सरकारले निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले निर्वाचन हुनेमा आशंका गरेको छ । मधेसी द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २२, काठमाडौँ । निर्वाचन मिति घोषणाविनै सरकारले निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले निर्वाचन हुनेमा आशंका गरेको छ । मधेसी द"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको नियतले गम्भीर आशंका: एमाले

२२ माघ २०७३, शनिबार ०२:३६

माघ २२, काठमाडौँ । निर्वाचन मिति घोषणाविनै सरकारले निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले निर्वाचन हुनेमा आशंका गरेको छ । मधेसी दलहरूलाई मनाउने नाममा मिति घोषणामा आलटाल भइरहेको आशंका एमालेको छ । 

‘प्रधानमन्त्रीले मोर्चालाई मनाउन सरकार बनेको दिनदेखि नै कोसिस गरिराख्नुभा’को छ, तर उनीहरू प्रदेशको निर्वाचन नगरी स्थानीय तहको निर्वाचन गर्न नसकिने बताइराखेका छन्, अब उहाँले कहिलेसम्म कोसिस मात्रै गरिराख्ने

हो ?’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘प्रधानमन्त्रीको यस्तो कार्यशैलीले वैशाख–जेठमा निर्वाचन हुन्छ कि हुन्न भन्ने झन् गम्भीर आशंका र अन्योल उत्पन्न गराएको छ ।’

प्रधानमन्त्रीले एक–दुई दिनभित्रै मिति घोषणा नगरे निर्वाचन हुन नसक्ने नेम्वाङले बताए । ‘निर्वाचन आयोगले जुनसुकै वेला चुनाव गराउन तयार रहेको बताइरहेको छ, प्रधानमन्त्री भने तयारी गर्दै गर्नु भनेर पत्र पठाउनुहुन्छ,’ उनले भने, ‘अर्कातिर स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन परिमार्जन गर्ने भन्दै समिति बनाउनुहुन्छ, मधेसी मोर्चालाई अझै मनाउने कुरा गर्नुहुन्छ । अब मनाउने चरण पार भइसक्यो, त्यसैले एक–दुई दिनमा घोषणा नभए चुनाव सम्भव छैन ।’

निर्वाचन मिति तत्काल घोषणा नभए सरकारले निर्वाचन नचाहेको भन्दै एमाले जनताबीच जाने नेम्वाङले बताए । उनले भने, ‘अब त धेरै ढिलो भइसक्यो, तुरुन्त मिति घोषणा गर्नुपर्छ ।’ -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता