माघ २३, माठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसँग मुख्य सहयात्री नेपाली कांग्रेसको खटपट सुरु भएको छ ।

 नेकपा माओवादी केन्द्रका अध्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २३, माठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसँग मुख्य सहयात्री नेपाली कांग्रेसको खटपट सुरु भएको छ ।

 नेकपा माओवादी केन्द्रका अध्य"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस कारण चिसिँदैछ माओवादी–कांग्रेस सम्बन्ध

२३ माघ २०७३, आईतवार ०१:४५

माघ २३, माठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसँग मुख्य सहयात्री नेपाली कांग्रेसको खटपट सुरु भएको छ ।

 नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यशैलीलाई लिएर कांग्रेस नेताहरूले सार्वजनिक रूपमै आलोचना गर्न थालेका छन् । प्रधानमन्त्रीले निर्वाचनको मिति पनि घोषणा नगरेको र असन्तुष्ट पक्षको माग सम्बोधन गर्न प्रयास नगरेर सत्ता लम्ब्याउने खेलमा मात्र प्रधानमन्त्री लागेको कांग्रेस नेताहरूको आरोप छ । 

नेपाली कांग्रेसका नेताहरूले निर्वाचन मिति घोषणा गर्न नसक्ने भए राजीनामा दिन प्रधानमन्त्री दाहाललाई आग्रहसमेत गर्न थालेका छन् । 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गत साता कोरिया भ्रमणबाट स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीले चुनाव गर्न नै नचाहेको आरोप लगाएका थिए । 

सरकारले निर्वाचन मिति नतोकेकोप्रति उनको असन्तुष्टि छ । पौडेल पक्षीय नेताले सरकारबाट फिर्ता हुनुपर्ने मागसमेत गर्न थालेका छन् । उनीहरूले सभापति शेरबहादुर देउवालाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिनसमेत दबाब दिएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारले निर्वाचन आयोगलाई तयारी गर भन्नु बेकुब बनाउने काम मात्रै भएको बताए । ‘निर्वाचन आयोगलाई तयारी गर भन्नु बेकुब बनाउने कुरा मात्र हो,’ नेता कोइरालाले भने, ‘आयोग बाह्रै महिना निर्वाचनका लागि तयार छ तर मुख्य कुरा त निकायको गर्ने कि तहको भन्ने तोक्नुपर्ने हो त्यो तोकेको छैन ।’

नेता कोइरालाले सरकारको काम कारबाहीप्रति सन्तुष्ट हुन नसकिने समेत जनाए । ‘सरकारले जे गर्नुपथ्र्यो त्यो गरेन, सरकारको कामप्रति सन्तुष्ट हुने ठाउँ छैन,’ उनले भने । -राजधानी दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता