माघ २४, काठमाडौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करीमा संलग्न भएको आरोपमा विमानस्थलका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई"/> Sajhasabal माघ २४, काठमाडौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करीमा संलग्न भएको आरोपमा विमानस्थलका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो थियो सुन तस्करीमा एसएसपीको जालो

२४ माघ २०७३, सोमबार ०२:३५

माघ २४, काठमाडौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करीमा संलग्न भएको आरोपमा विमानस्थलका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पक्राउ गरेको छ ।

पुस २१ गते भन्सार कार्यालयका कर्मचारीसँगको संलग्नतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बाहिर लैजान सघाएको पुष्टि भएपछि सीआईबीले खत्रीलाई आइतबार प्रहरी मुख्यालयबाटै पक्राउ गरेको हो । 

ब्युरोले यसअघि पक्राउ गरेका विमानस्थल भन्सार कार्यालयका अधिकृतद्वय श्रीनारायण यादव र राजकुमार ढकालको बयानका आधारमा खत्रीलाई पक्राउ गरेको स्रोतले बताएको छ। यो खबर आजका अधिका्श पत्रिकामा छापिएको छ ।

भन्सार अधिकृत यादव र खत्रीबीच लामो समयदेखि दुबईबाट आउने सुन कसरी बाहिर लैजाने भन्नेबारे दिनहुँजसो कुराकानी हुने गरेको थियो। दुबईबाट सुन आउनेबारे खत्री र यादवलाई पहिल्यै जानकारी भएको स्रोतले बताएको छ ।

विमानस्थलमा आएको सुन बिनाअवरोध बाहिर ल्याउनेबारे उनीहरूबीच पटकपटक छलफल हुने गरेको अनुसन्धानले देखाएको छ । उनीहरूले आफ्नो मोबाइलबाट हत्पती कसैसँग कुरा नगर्ने भन्दै धेरैजसो ‘भाइबर' बाट कुरा गर्थे । तस्करले गराएको सेटिङअनुसार नै दुवैजनाले काम गर्दै आएका थिए ।

पुस २० गते बेलुका आएको सुन विमानस्थलमै रहेपछि खत्री र यादवले गोप्य ढंगले सुन भएको सुटकेसको निगरानी गरेको स्रोतले बताएको छ । यादवले भन्सार कार्यालयका अन्य कर्मचारीलाई सेटिङ गराएका थिए । ब्युरोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले सुन प्रकरणमा एसएसपी खत्रीलाई पक्राउ गरी थप अनुसन्धान थालिएको बताए । सिलवालले भने, ‘उनीहरूको थप कनेक्सनबारे अनुसन्धान भइरहेको छ । छिट्टै टुंगोमा पुग्छौं ।'

खत्री विमानस्थल गएदेखि नै प्रहरी मुख्यालयको निगरानीमा थिए । उनको शंकास्पद गतिविधि बढेपछि सीआईबीले निगरानी बढाएको थियो तर यथेष्ट प्रमाण भेटिसकेको थिएन । पुस २१ को सुन तस्करी प्रकरणमा खत्रीको संलग्नता देखिएपछि सीआईबीलाई उनीमाथि अनुसन्धान गर्न सहज भएको स्रोतले बताएको छ। त्यही घटनाले खत्री सुन तस्करीमा संलग्न हुँदै आएको पुष्टि गरेको छ । सुन तस्करको समूहले नै भन्सारका कर्मचारी र खत्रीबीच चिनजान र सेटिङ गराइदिएको स्रोतले बताएको छ ।

विमानस्थलबाट सुन बाहिरिएको दिन पुस २१ गते खत्री विमानस्थलमै थिए । एसएसपी खत्री विमानस्थलको दोस्रो बरियताका प्रहरी अधिकृत हुन् । विमानस्थल सुरक्षा प्रमुखमा डीआईजी गोविन्द निरौला छन्। खत्री सुन तस्करीमा संलग्न भएको भन्दै यसअघि नै पटकपटक उजुरीसमेत परेपछि मुख्यालयले उनीमाथि छानबिन गर्न सीआईबीलाई निर्देशन दिएको थियो । 

सीआईबीले त्यसबेला यथेष्ट प्रमाण नपाएपछि तत्कालका लागि अनुसन्धान रोकेको थियो । पुस २१ मा विमानस्थलबाट ३३ किलो सुन बाहिरिएको घटनामा छानबिन गर्दा खत्रीको संलग्नता देखिएपछि ब्युरोले उनीमाथि पुनः अनुसन्धान थालेको थियो ।

सुन तस्करलाई सहयोग गरेको आशंकामा माघ ३ गते खत्रीलाई प्रहरी मुख्यालयले विमानस्थलबाट फिर्ता बोलाएको थियो । प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बाहिरिनुलाई गम्भीर ‘सुरक्षा कमजोरी' (सेक्युरिटिज ल्याप्सेज) भएको भन्दै खत्रीलाई प्रहरी मुख्यालयमा फिर्ता बोलाएको थियो। प्रहरी मुख्यालय फिर्ता बोलाएपछि ब्युरोले खत्रीको संलग्नताबारे थप अनुसन्धान गरेको हो ।

ब्युरोले एक्स रे मेसिनले शंकास्पद वस्तु देखाए पनि त्यसलाई बेवास्ता गर्दै सेटिङमा सुन पास गराएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अधिकृतहरू यादव र राजकुमार ढकाललाई पक्राउ गरेपछि सुन तस्करी प्रकरणबारे थप रहस्य खुलेको थियो ।

एसएसपी खत्रीले भन्सार अधिकृत यादवसँग लामो समयसम्म शंकास्पद कुराकानी गरेको अनुसन्धानले देखाएपछि प्रहरी मुख्यालयले उनलाई फिर्ता बोलाएको थियो। खत्री र यादवबीचको सम्बन्ध सौहाद्र्रपूर्ण रहेको र दुवैजनाले विमानस्थलबाट सुन बाहिर लैजान तस्करलाई सघाएको स्रोतको दाबी छ । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो