माघ २९, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले यतिवेला बहुआयामिक सुरक्षा चुनौती थपिँदै गएको बताएका छन् । उनले राष्ट्रिय सुरक्षा सुदृढ पार्न कूटनीतिक संयन्त्रला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २९, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले यतिवेला बहुआयामिक सुरक्षा चुनौती थपिँदै गएको बताएका छन् । उनले राष्ट्रिय सुरक्षा सुदृढ पार्न कूटनीतिक संयन्त्रला"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय नाकाबन्दी नेपाली सेनाको यसरि हटाएको रहेछ

२०७३, २९ माघ शनिबार ०३:०४

माघ २९, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले यतिवेला बहुआयामिक सुरक्षा चुनौती थपिँदै गएको बताएका छन् । उनले राष्ट्रिय सुरक्षा सुदृढ पार्न कूटनीतिक संयन्त्रलाई पनि प्रभावकारी बनाउनुपर्ने बताए । 

‘पछिल्ला दिनमा परम्परागतभन्दा फरक सुरक्षा चुनौती थपिँदै गएको छ, यसले सामाजिक सद्भावमा समेत चुनौती थपेको छ,’ सेनाको कमान्ड एन्ड स्टाफ कलेजद्वारा शुक्रबार शिवपुरीमा आयोजित ‘रक्षा तथा कूटनीतिबाट राष्ट्रिय सुरक्षा सुदृढीकरण’ विषयक सेमिनारमा प्रधानसेनापति क्षत्रीले भने, ‘सरकारअन्तर्गतका निकायबीच एकीकृत अवधारणाका आधारमा विद्यमान सुरक्षा चुनौती सामना गर्नुपर्छ र उचित कूटनीतिक प्रयास पनि बढाउनुपर्छ ।’

नेपालसहित विकासशील मुलुकका लागि कूटनीति र रक्षा नीति एक–अर्काका परिपूरक भएको प्रधानसेनापति क्षत्रीको भनाइ छ । ‘विकासशील देशहरूका लागि सामान्य सुरक्षा व्यवस्थापन नै पछिल्लो समयमा चुनौती हुन थालेको छ,’ उनले भने, ‘सरोकारवाला निकायको समन्वयमा एकीकृत हिसाबले मात्रै चुनौतीको सामना गर्न सकिन्छ ।’

सेमिनारमा ६ महिनाअघि अवकाश पाएका उपरथी एवं युद्धकार्य तथा व्यवस्था महानिर्देशनालयका पूर्वप्रमुख हिमालय थापाले भारतीय नाकाबन्दी हटाउन सेनाले उल्लेख भूमिका निर्वाह गरेको बताए । प्रधानसेनापति क्षत्रीको दूतका रूपमा उनी र अर्का सैनिक अधिकृत अनुपजंग थापाले दिल्ली गएर भारतीय सेनाप्रमुख दलवीर सिंहसँग वार्ता गरेको पनि उनले बताए ।

‘अनुपजंग थापा र मैले प्रधानसेनापतिका दूतका रूपमा दिल्ली गएर आर्मी चिफ दलवीर सिंहलाई नेपालको परिस्थितिको जानकारी गराएका थियौँ, त्यसपछि भारतबाट नाकाबन्दी खुलेको हो,’ पूर्वउपरथी थापाले भने, ‘नेपालले सैन्य कूटनीतिमार्फत वेलावेलामा उपलब्धि हासिल गरेको छ ।’

पूर्वरथी पवनबहादुर पाँडेले भारतीय सैन्य प्रमुख सिंह गोर्खा राइफल्सका कमान्डेन्ड रहेका कारण नेपाली सेनाले उनीसँग नाकाबन्दीबारे कुराकानी गर्न सफल भएको बताए । ‘यदि सेनाप्रमुख मराठा रेजिमेन्ट वा अन्तको पृष्ठभूमिका थिए भने सेनाले कुराकानी गर्न सक्ने र उसले अग्रसरता देखाउन सक्ने अवस्था थिएन,’ पाँडेले भने । -नयाँ पत्रिका दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो