माघ २९, काठामाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच जेठ १ देखि २० भित्र स्थानीय चुनाव गर्ने गरी मिति घोषणा गर्ने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २९, काठामाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच जेठ १ देखि २० भित्र स्थानीय चुनाव गर्ने गरी मिति घोषणा गर्ने "/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सँगै खाना खाएपछि प्रचण्ड र ओलीबीच कुरा मिल्यो

२०७३, २९ माघ शनिबार ०३:११


माघ २९, काठामाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच जेठ १ देखि २० भित्र स्थानीय चुनाव गर्ने गरी मिति घोषणा गर्ने अनौपचारिक समझदारी भएको छ । 

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको ललितपुर हरिसिद्धिस्थित निवासमा यस्तो समझदारी बनेको हो । आफ्नै समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सत्ता बहिर्गमनपछि एकअर्कासँग कमै भेट्ने गरेका दाहाल र ओली शुक्रबार बिहानको खाना सँगै बसेर खान तयार भएका थिए । आजको कान्तिपुरमा खबर छ ।

नेता श्रेष्ठका अनुसार सवा घण्टा चलेको उक्त भेटमा जेठमा स्थानीय चुनाव गर्ने गरी सरकारले काम थाल्ने, दाहाल सरकारकै नेतृत्वमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, प्रिबजेट तथा बजेट ल्याउनेमा एमाले अवरोधक नबन्ने विषयमा छलफल भएको थियो । ‘धेरै सकारात्मक कोणबाट छलफल भयो । फागुन पहिलो साताभित्रै चुनावको मिति घोषणा हुने वातावरण बन्यो,’ शुक्रबार साँझ दिल्ली उड्नुअघि श्रेष्ठले भने ।

भेटमा सहभागी एमाले उपाध्यक्ष भीम रावलले अबचाहिँ प्रधानमन्त्रीको चुनाव मिति घोषणाबारे आश्वासनमाथि विश्वास गर्न सकिने वातावरण बनेको बताए । ‘निर्वाचन र संविधान कार्यान्वयनकै सन्दर्भमा प्रधानमन्त्रीसँग कुराकानी भयो, वैशाखमा नै चुनाव गर्ने गरी मिति तय गर्नुपर्छ भन्नेमा हाम्रो जोड रह्यो,’ रावलले भने, ‘प्रधानमन्त्रीले पनि मिति तय गर्न सरकार अग्रसर रहेको बताउनुभएको छ । अहिलेसम्म उहाँले भन्दै आएको कुरा हेर्दा त विश्वास गर्न सकिने अवस्था थिएन । 

तर आज प्रधानमन्त्रीको कुरा सुन्दा चुनावको मिति तय गर्नुहोला कि भन्ने प्रभाव परेको छ ।’ एमालेले वैशाखमा सुरु गर्ने गरी चुनावको मिति घोषणा गर्न सकिने सम्भावना औंल्याउँदै त्यसैअनुसार तत्कालै मिति घोषणा गर्न माग गरेको रावलले जानकारी दिए । त्यसका लागि मधेसवादी दलहरूसँग पनि सहमति प्रयास गर्न अध्यक्ष ओलीले आग्रह गरेको उनले बताए ।

ओली र रावलको कुरा सुनिसकेपछि प्रधानमन्त्री दाहालले जेठ १५ भित्र आफ्नो सरकारकै तर्फबाट नीति कार्यक्रम तथा बजेट ल्याउने र जेठ २० भित्रमा स्थानीय चुनाव गरिसक्ने गरी घोषणा गर्न अब आफू अग्रसर हुने बताएका थिए । ‘तपाईंहरूले मलाई चुनाव नचाहेको हो कि भन्ने जसो गरेर चित्रित गर्नुभयो, अहिले संविधान कार्यान्वयनबारेमा मलाई जति चिन्ता अरू कसलाई होला र ’ ओलीलाई दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंको भरपर्दो साथ चाहिन्छ, म चुनाव घोषणा गर्न तयार छु ।’

ओलीले चुनाव मिति घोषणा गरेपछि राजनीति आफैं सङलिँदै जाने धारणा राख्दै त्यसका लागि खुट्टा दह्रो गरी टेके आफू दाहाललाई सघाउन तयार रहेको समेत आश्वासन दिएका थिए । ओलीले दाहाललाई सहमतिप्रति अविश्वासी भन्दै एक्लै भेट्न अस्वीकार गर्दै आएका थिए । शुक्रबार पनि उनी उपाध्यक्ष रावल लिएर हरिसिद्धि पुगेका थिए । ओलीको सत्ता बहिर्गमनपछि दुवै नेताहरूबीच पहिलोपल्ट खुलेर कुराकानी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो