फागुन ७, काठमाडौं । गत मंसिरमा दुई राप्रपाबीच एकता हुँदा तत्कालीन कमल थापा नेतृत्वको राप्रपा नेपालको गाईलाई चुनाव चिह्न मान्ने सहमति भएको थियो । 

तर, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ७, काठमाडौं । गत मंसिरमा दुई राप्रपाबीच एकता हुँदा तत्कालीन कमल थापा नेतृत्वको राप्रपा नेपालको गाईलाई चुनाव चिह्न मान्ने सहमति भएको थियो । 

तर, "/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हलोले गर्छ भलो भनेपछि राप्रपामा संकट

७ फाल्गुन २०७३, शनिबार ०२:०२

फागुन ७, काठमाडौं । गत मंसिरमा दुई राप्रपाबीच एकता हुँदा तत्कालीन कमल थापा नेतृत्वको राप्रपा नेपालको गाईलाई चुनाव चिह्न मान्ने सहमति भएको थियो । 

तर, पार्टी स्थापनादेखि नै हलोलाई चुनाव चिह्न मानेका राप्रपा नेताहरूको फरक मत देखिएको छ । शुक्रबार महाधिवेशन उद्घाटन कार्यक्रममै नेताहरूले हलोलाई चुनाव चिह्न बनाउनुपर्ने माग गरे। राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र पूर्वअध्यक्ष पशुपतिशमशेर राणाले हलो चुनाव चिह्नलाई गुमाउन नहुने बताए। ‘पहिलेदेखि नै हलोले गर्छ, देशको भलो भन्ने विषय निकै चर्चामा थियो र चुनाव चिह्न हलोलाई नै मानेका थियौँ,’ लोहनीले भने, ‘हामी हलोलाई चुनाव चिह्नबाट गुमाउन तयार छैनौँ ।’

अर्का नेता राणाले पनि यसअघि हलो चिह्नबाटै राप्रपाले १८ प्रतिशत मत ल्याएको भन्दै यो चिह्नलाई गुमाउनै नहुने बताए । ‘०५१ मा हाम्रो पार्टीले १८ प्रतिशत मत ल्याउँदा पनि हलो नै चुनाव चिह्न थियो,’ राणाले भने, ‘यो महाधिवेशनबाट पनि हलो चुनाव चिह्न कायम हुनुपर्छ ।’ तर, कमल थापा पक्ष गाईलाई चुनाव चिह्न बनाउनुपर्ने पक्षमा छ। सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा रहेको राप्रपामा गाई नै चुनाव चिह्न हुँदा झन् प्रभावकारी हुन्छ भन्ने मत पनि बलियो छ ।  -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन