फागुन ७, काठमाडौं । गत मंसिरमा दुई राप्रपाबीच एकता हुँदा तत्कालीन कमल थापा नेतृत्वको राप्रपा नेपालको गाईलाई चुनाव चिह्न मान्ने सहमति भएको थियो । 

तर, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ७, काठमाडौं । गत मंसिरमा दुई राप्रपाबीच एकता हुँदा तत्कालीन कमल थापा नेतृत्वको राप्रपा नेपालको गाईलाई चुनाव चिह्न मान्ने सहमति भएको थियो । 

तर, "/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हलोले गर्छ भलो भनेपछि राप्रपामा संकट

२०७३, ७ फाल्गुन शनिबार ०२:०२

फागुन ७, काठमाडौं । गत मंसिरमा दुई राप्रपाबीच एकता हुँदा तत्कालीन कमल थापा नेतृत्वको राप्रपा नेपालको गाईलाई चुनाव चिह्न मान्ने सहमति भएको थियो । 

तर, पार्टी स्थापनादेखि नै हलोलाई चुनाव चिह्न मानेका राप्रपा नेताहरूको फरक मत देखिएको छ । शुक्रबार महाधिवेशन उद्घाटन कार्यक्रममै नेताहरूले हलोलाई चुनाव चिह्न बनाउनुपर्ने माग गरे। राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र पूर्वअध्यक्ष पशुपतिशमशेर राणाले हलो चुनाव चिह्नलाई गुमाउन नहुने बताए। ‘पहिलेदेखि नै हलोले गर्छ, देशको भलो भन्ने विषय निकै चर्चामा थियो र चुनाव चिह्न हलोलाई नै मानेका थियौँ,’ लोहनीले भने, ‘हामी हलोलाई चुनाव चिह्नबाट गुमाउन तयार छैनौँ ।’

अर्का नेता राणाले पनि यसअघि हलो चिह्नबाटै राप्रपाले १८ प्रतिशत मत ल्याएको भन्दै यो चिह्नलाई गुमाउनै नहुने बताए । ‘०५१ मा हाम्रो पार्टीले १८ प्रतिशत मत ल्याउँदा पनि हलो नै चुनाव चिह्न थियो,’ राणाले भने, ‘यो महाधिवेशनबाट पनि हलो चुनाव चिह्न कायम हुनुपर्छ ।’ तर, कमल थापा पक्ष गाईलाई चुनाव चिह्न बनाउनुपर्ने पक्षमा छ। सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा रहेको राप्रपामा गाई नै चुनाव चिह्न हुँदा झन् प्रभावकारी हुन्छ भन्ने मत पनि बलियो छ ।  -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना