फागुन १८, काठमाडौं । ‘मैले जानेको काम नै यही हो। मलाई ठग्न रमाइलो लाग्छ। ठग्न सक्दा आनन्द आउँछ ‘ निर्मलजंग शाहीले यसो भनेपछि महानगरीय अपराध महाशाखाका प्रहरी छक्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १८, काठमाडौं । ‘मैले जानेको काम नै यही हो। मलाई ठग्न रमाइलो लाग्छ। ठग्न सक्दा आनन्द आउँछ ‘ निर्मलजंग शाहीले यसो भनेपछि महानगरीय अपराध महाशाखाका प्रहरी छक्क"/>
१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० वर्ष कैदपछि फेरि अपराध: भन्छन् -‘जानेको काम यही हो, ठग्न रमाइलो रआनन्द आउँछ’

१८ फाल्गुन २०७३, बुधबार ०२:४१

फागुन १८, काठमाडौं । ‘मैले जानेको काम नै यही हो। मलाई ठग्न रमाइलो लाग्छ। ठग्न सक्दा आनन्द आउँछ ‘ निर्मलजंग शाहीले यसो भनेपछि महानगरीय अपराध महाशाखाका प्रहरी छक्क परे। अपराधीले सुरुमा अपराध स्वीकार गर्दैनन्। तर सुर्खेतका ४२ वर्षिय शाहीले गर्वसाथ अपराध स्वीकार गरे।

‘यस्ता अपराधी कम नै भेटिन्छन् जो अपराध गर्नुमा गर्व गर्छन्’, अपराध महाशाखाका प्रमुख दिनेश अमात्यले भने। यसअघि दुईपटक गरी साढे नौ वर्ष जेल बसेका शाही गत असारको अन्तिममा छुटेका थिए।

उनी यसअघि पनि दुई पटक ठगी मुद्धामै दुई वर्ष ६ महिना र सात वर्षगरी साढे नौ वर्ष जेल परेका थिए। प्रहरीले शाहीलाई ‘मास्टरमाइन्ड ठग’ उल्लेख गरेको छ। पछिल्लो पटक दर्जनौं ट्याक्सी चालकले आफु ठगिएको उजुरी गरेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। ‘यसअघि पनि हामीले नै समातेका कारण उसको तस्विर हामीसँग थियो। हामीले पिडितलाई शाहीको तस्विर देखाउँदा पिडक उही भएको निष्कर्शमा पुग्यौं’ अमात्यले भने। सात वर्ष जेल बसेर गत असारमा छुटे लगत्तै शाहीले ठगीलाई पुन निरन्तरता दिएको प्रहरीले जनाएको छ ।

यसरी गरे ठगी

शाहीले राजधानीका ट्याक्सी चालकलाई विश्वासमा लिन्थे। चालकसामु आफुलाई निकै विश्वासिलो स्थापित गर्थे। उनको हात र गलामा सुनको जस्ता देखिने गहना ठूलो परिमाणमा हुन्थ्यो। उनले ट्याक्सी चालकलाई विश्वासमा लिन सबै उपाय अपनाउँथे। त्यसपछि आफ्नो सामान विदेशबाट आएको र विमानस्थलमा लिन जानुपर्ने बताउँथे।

आफुसँग भन्सार तिर्न नेपाली पैसा नभएको भन्दै ट्याक्सी चालकसँग पैसा माग्थे। ‘सुरुमा ट्याक्सी लिएर घर जाने रहेछ। ट्याक्सी चालकलाई बाटोमा राखेर आफु एउटा गल्लीमा छिर्ने र एकछिनपछि श्रीमती घरमा नरहेको बहाना बनाएर फर्कने रहेछ।

त्यसपछि ट्याक्सी चालकसँगैं पैसा माग्ने र विमानस्थलतर्फ गएर बेपत्ता हुने रहेछ’, अमात्यले भने। अमात्यले यसरी एउटा ट्याक्सीबाट २० देखी ४० हजार रुपैयाँसम्म पैसा लिएको प्रहरीले जनाएको छ। शाहीले डान्सबार, दोहोरीमा जाने र युवतीहरुसँग रमाउने आफ्नो रहर नै भएको र त्यसका लागि ठगी गरेको बताएका छन् ।

होटलमा बसेर ठगी गर्दै आएका शाहीले ३० हजार रुपैयाँले आफुलाई तीन दिनमात्र पुग्ने गरेको पनि बताएका छन् । ‘मलाई एउटा ट्याक्सी चालकबाट ठगेको पैसाले दुईदेखि तीन दिनसम्म पुग्छ। मेरो सबै पैसा युवतीहरुसँग बस्दा र डान्सबार जाँदा सकिन्छ’ शाहीको भनाई उदृत गर्दै प्रहरी नायब उपरिक्षक सन्जय थापाले भने ।

प्रहरीसँग शाहीले आफु अविवाहित रहेको र आफ्नो कोही नभएको बताएका छन्। केही वर्ष भारतमा राइस मिलमा काम गरेको र त्यसपछि नेपालमा आएर कुरियरमा काम गरेको उनको भनाई छ। ‘ कुरियरमा काम गर्न थालेपछि डान्सबार र दोहोरीमा जाने आदत बन्यो। त्यसपछि खर्च धान्न ठगी सुरु गरें’, प्रहरीसामु शाहीले भनेका छन् ।

ठगीका प्रकृति एउटै

२०६३ सालमा राजधानीका विभिन्न होटलका मालिकले प्रहरीसामु उजुरी गरे। उनीहरुले आफुहरु ठगिएको भन्दै पीडकलाई पक्राउ गर्न अनुरोध गरे। पीडक एउटै थिए- निर्मलजंग शाही। उनी होटल साहुजीलाई विश्वासमा लिन्थे। होटलमा नक्कली गरगहना लगाएर जान्थे, एडभान्समा चाहिनेभन्दा धेरै पैसा दिन्थे।

साहुजीले अब विश्वास गर्छ भन्ने लागेपछि उनी विमानस्थलमा आफ्नो सामान आएको र भन्सार तिर्न पैसा नभएको बहाना बनाएर होटल साहुजीसँग पैसा माग्थे। २०÷३० हजार रुपैयाँ पैसा मागेर उनी बेपत्ता हुन्थे। धेरै होटल साहुजीको उजुरीपछि पक्राउ परेका शाही त्यस ठगी मुद्दामा दुई वर्ष ६ महिना जेल बसेर २०६६ साल असारमा बाहिर निस्किएका थिए। तर उनले फेरि ठगी गरे।

यसपछि उनले युवतीलाई प्रयोग गरी गहना पसलमा ठगी धन्दा थाले। युवतीसँग प्रेमको नाटक गर्ने र सुन किनिदिने भन्दै गहना पसलमा लैजान्थे। त्यस अघि सुटकेसमा पैसा छ भन्दै युवतीलाई बोक्न लगाउँथे।

गहना पसलमा उनले पहिला युवतीलाई गहना छान्न लगाउँथे। युवतीले छानिसकेपछि आफुले छानेर लगाउँथे। सुटकेस युवतीलाई नै समाउन लगाउँथे। तर, एक्कासी शाही फोन आएको नाटक गरेर बाहिर निस्कने र भाग्ने गर्थे। गहना पसलको फन्दामा युवती पर्थिन्, सुटकेश कागजले भरिएको हुन्थ्यो। राजधानीका थुप्रै गहना पसलमा गरी करिब ४५ तोला सुन उनले ठगि गरेका थिए। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल