फागुन २०, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनाव बिथोल्ने घोषणा गरेको छ । 

अहिले घोषणा गरेको स्थानीय चुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २०, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनाव बिथोल्ने घोषणा गरेको छ । 

अहिले घोषणा गरेको स्थानीय चुन"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२० वर्षअगाडि नै प्रचण्ड नेतृत्वमा चुनाव ध्वस्त: विप्लब

२०७३, २० फाल्गुन शुक्रबार ०२:३५

फागुन २०, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनाव बिथोल्ने घोषणा गरेको छ । 

अहिले घोषणा गरेको स्थानीय चुनावलाई २० वर्षअगाडि नै प्रचण्डकै नेतृत्वमा ध्वस्त पारिएको भन्दै विप्लवले चुनावलाई आफ्नो पार्टीले मान्यता नदिने बताएका हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।

पार्टीको आठौँ महाधिवेशनले लिएका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपा महासचिव विप्लवले पुरानै चुनाव बोकेर आउने प्रचण्डलाई पुरानै तरिकाबाट जवाफ फर्काउने चेतावनी दिए । 

‘२०-२२ वर्षपछाडि त्यही चुनाव बोकेर प्रचण्डजी आएपछि हामीले त्यसलाई कसरी बुझ्ने ? पुरानै चुनाव बोकेर आउने प्रचण्डजीसँग त्यस्तै हुन्छ,’ विप्लवले भने, ‘यही चुनावलाई ०५४ सालमा फिर्ता गर्‍यौँ, ०५६ मा ध्वस्त बनायौँ, ०६१ मा पनि ध्वस्त बनायौँ ।’

उनले सरकारले ३१ वैशाखामा घोषणा गरेको चुनावलाई सिद्धिएको व्यवस्थालाई पुनर्जीवित गराउने कोरा कल्पना मात्र भएको टिप्पणी गरे । ‘सिद्धिएको व्यवस्थालाई अथवा मुर्दालाई आर्यघाटबाट ल्याएर राखेर हुन्छ ?’ विप्लवले थपे, ‘यो प्रतिस्पर्धा हो, उहाँहरूले आफ्नो तरिकाबाट त्यसको तयारी गर्नुहोला, हामी आफ्नो तरिकाले त्यसलाई ध्वस्त बनाउनेछौँ ।’ यद्यपि, उनले आफूहरू चुनावको विरोधी भने नभएको पनि प्रस्ट्याए । ‘हामी चुनावविरोधी होइनौँ, जनयुद्धका क्रममै पनि आधार इलाकाहरूमा जनप्रतिनिधिहरूको चुनाव गरेर दुई सत्ताको अभ्यास गरेका थियौँ,’ विप्लवको भनाइ थियो ।

जनयुद्धकालीन संरचना ठीक: विप्लवले आफ्नो पार्टी संघीयताको विरोधी नभएको पनि बताए । पुरानै सत्ताको चरित्रमा संघीयता मात्र थप गरेर त्यसले उत्पीडित जाति, क्षेत्र र लिंगका जनताको हितमा कुनै काम नहुने उनको दाबी छ । 

‘रक्सी पुरानै, तर बोतल मात्र नयाँ भनेजस्तो मात्र हो यो अहिले दलहरूले भनिरहेको संघीयता,’ विप्लवले भने, ‘सत्ता दलाल पुँजीपति चरित्रको हुने र त्यसमा संघीयता मात्र थप गरेर उत्पीडनको अन्त्य हुन्छ भन्ने सत्य होइन ।’ 

राज्यको संरचना माओवादीले जनयुद्धका क्रममा अवलम्बन गरेको स्वायत्त प्रदेश निर्माणअनुसारकै सही रहेको उनको भनाइ थियो ।

पार्टी नाम फेरियो,विप्लव बने महासचिव: आठौँ महाधिवशेनले नेकपा(माओवादी) बाट पार्टीको नाम फेरेको छ । उसले नेपाल कम्युनिस्ट पार्टी मात्र नाम राखेको छ । विप्लवलाई महासचिवमा चयन गर्दै ८१ सदस्यीय केन्द्र्रीय समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना