फागुन २१, काठमाडौं । युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या भएको झन्डै साढे दुई महिनापछि प्रहरीले अनुसन्धान सकेको छ । अहिलेसम्म सातजना पक्राउ परिसकेका छन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २१, काठमाडौं । युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या भएको झन्डै साढे दुई महिनापछि प्रहरीले अनुसन्धान सकेको छ । अहिलेसम्म सातजना पक्राउ परिसकेका छन् "/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिवारी हत्या प्रकरणः युवा संघले जोडेको मित्रता दुस्मनी हुँदै हत्यासम्म

२०७३, २१ फाल्गुन शनिबार ०१:४८

फागुन २१, काठमाडौं । युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या भएको झन्डै साढे दुई महिनापछि प्रहरीले अनुसन्धान सकेको छ । अहिलेसम्म सातजना पक्राउ परिसकेका छन् । तर, मुख्य योजनाकार र सुटरसहित पाँचजना अझै फरार छन् । तिवारीको ४ पुस दिउँसै गोली हानी हत्या गरिएको थियो ।

मनोज पुन हत्याको मुख्य योजनाकार भएको प्रहरीको भनाइ छ । हत्याको केही समयपछि नै मनोजले केही स्थानीयलाई फोन गरेर हत्याको जिम्मेवारी लिएको बताइएको छ । मनोजले प्रतिशोधका कारण दुर्गा तिवारीको हत्या गरेको रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुकले बताए । तर, कुन कुराको प्रतिशोध भन्ने उनले खुलाएनन् ।

गत आइतबार प्रहरीले जारी गरेको विज्ञप्तिमा रुपन्देहीमा मनोजको आंतक अझै पनि कायम रहेको उल्लेख छ । तर, कस्तो आतंक भन्नेबारे प्रहरीले थप स्पष्ट पारेको छैन । ‘त्यसबारे पछि कुरा गरौला,’ प्रहरी उपरीक्षक धानुकले भने । मनोजको सञ्जालबारे पनि प्रहरीले थप स्पष्ट पारेको छैन । 

अनुसन्धान सफलतापूर्वक सम्पन्न गरेको भन्दै सहयोग गर्ने सबैमा जिल्ला प्रहरी कार्यालयले धन्यवादसमेत दिएको छ । तर, प्रहरीले अझै धेरै प्रश्नको उत्तर दिएको छैन ।

यसरी भएको थियो हत्या

गत ४ पुस दिउँसो साढे तीन बजे रुपन्देहीको देवदह–७ का ४० वर्षीय दुर्गाप्रसाद तिवारी लु.२५प ८४४१ नम्बरको मोटरसाइकलमा कोलिया मार्ग हुँदै देवदह नगरपालिका कार्यालयतर्फ गइरहेका थिए । उनका पछाडि खुसी न्यौपाने थिए । उनलाई रातो रंगको पल्सरमा रहेका दुईजनाले पछ्याइरहेका थिए ।

देवदह–८ कोलिया मार्ग सडकमा पुगेपछि अचानक गोली चल्यो । मोटरसाइकल चलाइरहेका तिवारीलाई गोली लागेको थियो । उनी भुइँमा ढले । तिवारी गम्भीर घाइते थिए । तर, न्यौपानेलाई भने गोली लागेको थिएन । तिवारीलाई उपचारका लागि तत्काल देवदह मेडिकल कलेज लगियो । तर, उनको उपचारकै क्रममा मृत्यु भयो ।

तत्कालै अनुसन्धान सुरु गरेको प्रहरीले तिलोत्तमा–१४ स्थित रोहणीपुलमा रातो रंगको बा.५१प ८०७३ नम्बरको मोटरसाइकल बरामद गर्‍यो । सोही दिन देवदहस्थित विभिन्न व्यक्तिको मोबाइलमा फोन आयो । फोन गर्नेको नम्बर भने आउँदैनथ्यो । फोन गर्ने व्यक्तिले आफू मनोज पुन भएको र आफूले नै दुर्गा तिवारीको हत्या गरेको दाबी गरेका थिए  ।

हुन्डीमार्फत अझै रकम असुल्दै मनोजको गिरोह

दुर्गा तिवारीको हत्यापछि घटनाको जिम्मा लिएका मनोज पुनले विभिन्न व्यक्तिबाट रकम असुल्दै आएको निष्कर्षमा प्रहरी पुगेको छ । तिवारीको हत्या हुनुअगावै रकम असुलीमा संलग्न मनोजको गिरोहले तिवारी हत्यापछि पनि सो काम नछाडेको बताइएको छ । हत्यापछि विभिन्न व्यक्तिलाई फोन गरी मोटो रकम माग गरेको र नदिए तिवारीकै हालत बनाउने धम्की दिएको प्रहरीको निष्कर्ष छ ।

आफ्ना संगठनका अधिकांश सदस्य पक्राउ परिसकेपछि मनोजले रकम असुलीको शैली परिवर्तन गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।  उनले एक व्यापारीमार्फत अर्को व्यापारीसम्म रकम पुर्‍याउन लगाई व्यापारीकै हातबाट हुन्डीमार्फत असुली गर्ने तरिका अपनाएको प्रहरीले जनाएको छ ।

मनोजको समूहका अधिकांश सदस्य पक्राउ परिसके पनि त्रास कायम रहेको प्रहरीको निष्कर्ष छ । जिल्ला प्रहरी कार्यालयले केही दिनअघि गरेको पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मनोजले प्रविधिको फाइदा उठाई धम्क्याउन सक्ने अवस्था विद्यमान रहेकोमा सोबाट त्रसित बनी रकम नदिन हुन अनुरोध गर्दछौँ ।’

दुर्गा–मनोज यसकारण दुस्मनी

एमालेमा डन र अपराधलाई संरक्षण गर्न हुन्न भन्ने पक्षमा युवा संघका सिद्धिचरण भट्टराई, नीलकण्ठ पौडेल र दुर्गा तिवारीलगायत थिए । उनीहरूकै सक्रियतामा ०६९ सालमा मनोज पुनलाई कारबाही गरी निष्कासन गरिएको थियो । त्यसपछि उनले दुर्गासँग दुस्मनी साँधेका थिए ।

डन बन्ने र पैसा कमाएर मन्त्री बन्नेसम्मको सपना बोकेका पुनले तिवारीलाई तगारो ठानेका थिए । दुस्मनीको अर्को कारण मनोज पुनका साथीहरूलाई नै प्रयोग गरी उनको तस्करी धन्दालाई युवाहरूको प्रतिरोधबाट नियन्त्रण गर्न दुर्गा तिवारी सक्रिय थिए । तिवारी ०७० सालपछि क्रमशः युवा संघ जिल्ला सदस्य हुँदै जिल्ला अध्यक्ष बने । केबिआई इँटा उद्योग खोलेर सफल व्यवसायीसमेत बने ।

उनले युवालाई समेट्दै रचनात्मक काममा समेत अगाडि बढाएको कुरा मनोज पुनलाई चित्त बुझेको थिएन । यसैकारण देवदह क्षेत्रमा तिवारीको लोकप्रियता आपराधिक मनोवृत्तिमा रहनेलाई तगारो नै थियो । तिवारीको सफायापछि अरू उद्यमीलाई धम्क्याएर पैसा असुल्न सफल भइने र आफ्नो राज चलाउन पाइने उद्देश्यले हत्या गरिएको जानकारहरू बताउँछन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना