२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी जवानले नै गरे बलात्कारपछि हत्या

२१ फाल्गुन २०७३, शनिबार ०१:५२

फागुन २१, काठमाडौं । जाजरकोटको भेरीमालिका नगरपालिका-४, बोहराकी २४ वर्षीया राधिका सुनारको २२ माघमा बलात्कारपछि प्रहरी जवानले हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान कमल सुनारले ती महिलालाई प्रेमजालमा पारेर घरबाट एक किलोमिटर टाढा पासागाढ खोलामा लगी बलात्कारपश्चात् हत्या गरेको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । 

हत्यामा संलग्नलाई सर्वस्वसहित आजीवन कारावासको सजाय मागदाबी गर्दै प्रहरीले शुक्रबार जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ ।

मृतकका पति दलबहादुर सुनार नेपाली सेनामा कार्यरत छन् । श्रीमान् घरमा नभएको मौका छोपी अवैध यौन सम्बन्ध राख्दै आएका कमललाई विवाह गर्न राधिकाले दबाब दिएपछि हत्याको योजना बनाएको प्रहरीले जनाएको छ । 

‘अवैध सम्बन्ध भएको श्रीमानले  थाहा पाएपछि उनले राधिकालाई जोसँग सम्बन्ध छ, उसैसँग पोइल जा भनेर बारम्बार कुटपिट गर्ने गरेका थिए। प्रहरी जवान कमललाई विवाह गर्न दबाब दिएपछि बिहे गर्नुभन्दा मारिदिए उन्मुक्ति पाइएला भनी हत्या गरेको पाइयो,’ प्रहरी नायब उपरीक्षक भावेश रिमालले भने, ‘यो सबै मोबाइलको कलडिटेलबाट खुलेको हो।’ जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटमा कार्यरत प्रहरी जवान सुनारले बयानका क्रममा अपराध स्विकारेका छन् ।

प्रहरीका अनुसार राधिकाको पेटमा छुरा प्रहार गरी हत्या गरिएको हो। महिलाको पेटमा छुरा रोपिएको र हातका औंला काटिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक रिमालले बताए । -अन्नपूर्ण पोस्ट् दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो