२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल प्रहरीको सक्रियतामा दसगजा मिचेर भारतलाई भन्सार बनाउन रोक

२०७४, ७ बैशाख बिहीबार ०२:५६

वैशाख ७, विराटनगर | नेपाल-भारत सिमानाको दसगजा क्षेत्र मिचेर निर्माण गर्न थालिएको भारतीय भन्सार कार्यालयको भवन निर्माणमा रोक लगाइएको छ। सशस्त्र र नेपाल प्रहरीले भन्सार निर्माणको काम अघि बढ्न नदिएका हुन् । एकतले पक्की भवन निर्माण भए पनि कर्कट पाताको छानो लगाउने लगायतका काममा रोक लगाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

विराटनगर २१ स्थित विराटनगर भन्सार कार्यालयको पर्खालसँगै जोडेर दुई महिनादेखि भारतीय पक्षले जोगवनी भन्सार कार्यालयको भवन निर्माण थालेको थियो। भन्सार कार्यालयको काम कारबाही त्यही भवनबाट सञ्चालन गर्ने योजना अनुरूप नियमविपरीत भवन निर्माण भइरहेको थियो। दसगजा क्षेत्रभित्र भारतले एकपक्षीय रूपमा भन्सार कार्यालय बनाएपछि नेपाली पक्षले आपत्ति जनाउँदै आएको थियो ।

भारतले तीन कोठे पक्की भवन निर्माण गरेर कर्कट पाता लगाउने तयारीसमेत गरेको थियो। सशस्त्र र नेपाल प्रहरीले दसगजा क्षेत्र मिचेर भवन निर्माण नगर्न पटकपटक आग्रह गरे पनि भारतीय पक्षले अटेर गर्दै आएको थियो। ‘एक तले भवन निर्माण सम्पन्न गरेर कर्कटपाता लगाउने तयारी गरिए पनि त्यसपछिको काममा रोक लगाइएको हो', एक प्रहरीले भने, ‘अहिले भवन निर्माणका सबै काम रोकिएको छ ।'

नेपाली सुरक्षाकर्मीको अवरोध र विरोधका बाबजुद भवन निर्माण सकेर रातको समयमा कर्कटपाता लगाउने तयारी भारतीय भन्सारका अधिकारीले गरेका थिए। रातको समयमा कर्कटपाता लगाउने तयारी गरेको जानकारी पाएसँगै सशस्त्र प्रहरी बल बेस क्याम्प बुधनगरका प्रमुख प्रहरी निरीक्षक विदुर भट्टराई नेत्रृत्वको टोली पुगेर कर्कटपाता लगाउन दिएन। ‘कर्कटपाता लगाउने तयारी भइरहेको थियो', एक सशस्त्र प्रहरीले भने, ‘तत्कालै टोली पुगेर काममा रोक लगाएको हो ।'

काममा रोक लगाउन पुगेको सशस्त्र प्रहरीको टोली र भारतीय भन्सारका अधिकारीबीच कर्कटपाता लगाउने र लगाउन नदिने विषयलाई लिएर केहीबेर घम्साघम्सी र भनाभन समेत भएको थियो। दोहोरो झडप र तनावको स्थिति उत्पन्न भएपछि दसगजा क्षेत्रनजिक ठूलो संख्यामा नेपाली सुरक्षाकर्मीसमेत परिचालन गरिएको थियो। कर्कटपाता लगाउनेलगायतका काममा रोक लगाए पनि भारतीय पक्षले भवन भने भत्काएको छैन। भवनमा लगाउन भनेर ल्याइएको कर्कटपातासमेत त्यहाँबाट उठाइएको छैन।

सशस्त्र प्रहरीले कूटनीतिक मर्यादाविपरीत निर्माण गरिएको भवन तत्काल हटाउन भारतीय पक्षलाई चेतावनीसमेत दिएको थियो। प्रहरी निरीक्षक भट्टराईले भने, ‘भारतले कूटनीतिक मर्यादाविपरीत दसगजा क्षेत्र मिचेर भन्सार कार्यालयको भवन निर्माण गरिरहेको थियो। नियम मिचेर भवन बनाइएका कारण भारतीय अधिकारीसँगै समन्वय गरेर काममा रोक लगाइएको हो।' – अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह