वैशाख १०, काठमाडौं | प्रहरीलाई संघीय प्रणालीमा रूपान्तरणका लागि गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेको छ । मस्यौदामा संघीय प्रहरी (केन्द्रीय प्रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख १०, काठमाडौं | प्रहरीलाई संघीय प्रणालीमा रूपान्तरणका लागि गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेको छ । मस्यौदामा संघीय प्रहरी (केन्द्रीय प्रह"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघिय प्रणालीमा प्रहरीको रुपान्तरण मस्यौदा तयार (के छ मस्यौदामा ?)

१० बैशाख २०७४, आईतवार ०३:५१

वैशाख १०, काठमाडौं | प्रहरीलाई संघीय प्रणालीमा रूपान्तरणका लागि गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेको छ । मस्यौदामा संघीय प्रहरी (केन्द्रीय प्रहरी)को प्रमुखमा प्रहरी महानिरीक्षक (आइजिपी) र प्रदेश प्रहरीको प्रमुखमा अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी) राख्ने प्रस्ताव गरिएको छ । गृह मन्त्रालयको एक समितिले शुक्रबार मस्यौदा टुंगो लगाएको हो । आइतबार गृहसचिवलाई ऐनको मस्यौदा बुझाउने तयारी छ । गृहकी सहसचिव निर्मला अधिकारी भट्टराई संयोजकत्वको समितिले मस्यौदालाई अन्तिम रूप दिएको हो । 

यसअघिका विभिन्न कार्यदलले प्रहरीको केन्द्रमा महानिर्देशक तथा प्रदेशमा महानिरीक्षक राख्न सुझाब दिएका थिए । त्यसविपरीत उक्त समितिले केन्द्रमा महानिरीक्षक र प्रदेशमा अतिरिक्त महानिरीक्षक राख्न प्रस्ताव अघि बढाएको हो । जसप्रति प्रहरी अधिकारीहरू नै असन्तुष्ट छन् ।

प्रहरीलाई संघीय प्रणालीमा रूपान्तरणका लागि गृहमा दुई समिति बनेका छन् । सचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा निर्देशक समिति बनेको छ, जसमा प्रहरी महानिरीक्षक, महान्यायाधिवक्ता, कानुन सचिवलगायतका अधिकारी सदस्य छन् । त्यस्तै, सहसचिव निर्मला अधिकारीको संयोजकत्वमा अर्काे ऐनको मस्यौदा समिति बनेको थियो । सोही समितिले ऐनको मस्यौदा तयार बनाएको हो । मस्यौदा अन्तिम चरणमा पुगेको सहसचिव अधिकारीले बताइन् ।

३० वर्षे सेवाअवधिको प्रावधान हट्ने

संघीय संरचनामा गएलगत्तै नेपाल प्रहरीको ३० वर्षे सेवाहदको प्रावधान हट्ने भएको छ । मस्यौदामा आइजिपी, एआइजी र डिआइजीको उमेरहद ५८ वर्ष राखिएको छ । तर, पदावधि तोकिएको छैन ।

प्रहरीलाई संघीयतामा रूपान्तरण गरी ३० वर्षे सेवाहद हटाउँदा कसैको करिअरमा असर नपर्ने भएकाले सबैजसो प्रहरीहरू ३० वर्षे सेवाहद हटाउनुपर्ने पक्षमा छन् । यसअघि प्रहरीको वृत्तिविकास तथा अवकाशसम्बन्धी प्रावधान नियमावलीमा रहेकाले अबदेखि ऐनमै प्रावधानहरू प्रस्ट पार्न लागिएको गृहका एक अधिकारीले बताए । नियमावली सरकारले सहजै संशोधन गर्न सक्ने भएकाले यसमा चलखेल हुँदै आएको थियो ।

के छ मस्यौदामा ?

मस्यौदामा संघीय प्रहरी ऐन जारी भएलगत्तै सबै प्रहरी कर्मचारी केन्द्रीय पुल बनाएर त्यसमातहत राखिने उल्लेख छ । प्रहरीको स्थायी ठेगाना र इच्छाअनुसार निश्चित मापदण्ड बनाएर प्रदेश वा केन्द्रमा खटाइनेछ । ऐनको मस्यौदामा जघन्य तथा गम्भीर किसिमका अपराधको अनुसन्धानको जिम्मेवारी संघीय प्रहरीलाई दिइएको छ । सामान्य अपराध अनुसन्धानको अधिकार प्रदेश प्रहरीलाई छ ।

त्यस्तै, विशिष्ट प्रकृतिका कार्यालय केन्द्रमै राखिने प्रस्तावमा उल्लेख छ । केन्द्रीय अनुसन्धान ब्युरो, विधिविज्ञान प्रयोगशाला, लागुऔषध नियन्त्रण ब्युरो, इन्टरपोल शाखाजस्ता कार्यालय केन्द्रमै रहने छन् । आवश्यकताअनुसार यसका शाखा प्रदेशमा हुनेछन् । विशेष परिस्थितिमा कुनै प्रदेशलाई धेरै सुरक्षाकर्मी चाहिएमा अन्तरप्रदेश प्रहरी समन्वय समितिमार्फत निर्णय गराई केही समयका लागि खटाउन सकिनेसमेत मस्यौदामा उल्लेख छ । समितिले केही दिनयता प्रहरी अधिकारीहरूस“ग अन्तक्र्रिया गरी मस्यौदालाई अन्तिम रूप दिएको हो । मस्यौदामा गृहमन्त्री तथा सचिव सहमत भएपछि ऐन निर्माणको प्रक्रिया अघि बढ्छ । – यो खबर आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट