२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावको मुखमा को–को गुन्डा पक्राउ परे?

२०७४, २१ बैशाख बिहीबार ०१:३९

वैशाख २१, काठमाडौं | केही दिनयता प्रहरीले विशेष अप्रेसन नै चलाई गुन्डाहरूलाई पक्राउ गर्न थालेको छ। बुधबार मात्र चक्रपथ क्षेत्रमा गुन्डागर्दीमा सक्रिय तेजेन्द्र गुरुङ पक्राउ परेका छन्। उनी गुन्डा नाइके चक्रे मिलनका भाइ हुन्। महानगरीय प्रहरी परिसरले उनलाई पक्राउ गरेको हो। त्यस्तै, अपराध महाशाखाले ललितपुरबाट निरु लामा र नीरज महर्जन ‘छुचुन्द्रो’लाई पक्राउ गरेको छ। महाराजगन्जका राकेश महर्जन पनि बुधबार पक्राउ परेका छन्। 

मंगलबार प्रहरीले ललितपुरकै राजु बोगटी र पनित गुरुङलाई पक्राउ गरिसकेको छ। महाशाखाले मंगलबार नै भक्तपुरमा गुन्डागर्दीमा संलग्न रामेश्वर गौतम र श्याम मोक्तानलाई पनि पक्राउ गरेको छ। उनीहरू अपहरण मुद्दामा पक्राउ परी छुटेका व्यक्ति हुन्। पक्राउ परेका सबैलाई प्रहरीले केही सार्वजनिक अपराध मुद्दामा कारबाही थालेको छ। उनीहरूलाई चुनावसम्म थुनामै राखिने प्रहरीले जनाएको छ।

पछिल्लो एक महिनायता राजधानीमा सक्रिय गुन्डागर्दीमा संलग्न समूहविरुद्ध प्रहरीले अप्रेसन चलाइरहेको छ। तर, पक्राउ परेकाहरू २–४ दिनमै छुट्ने गरेका छन्।

गत साता पक्राउ परेका सामाखुसी क्षेत्रका गुन्डा नाइके साजन महर्जन मंगलबार २ हजार रुपैयाँ धरौटीमा छुटेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरी केही सार्वजनिक अपराध मुद्दा दायर गरेकोमा उनी न्यूनतम धरौटीमै छुटेका हुन्।

गुन्डागर्दीकै आरोपमा गत साता पक्राउ परेका कान्छा दीपेन्द्र प्याकुरेल पनि बुधबार पाँच हजार रुपैया“ धरौटीमा छुटेका छन्। कालिमाटी क्षेत्रमा गुन्डागर्दीको आरोपमा पक्राउ परेका वसन्त भुसाल पनि पाँच हजार धरौटीमै छुटेका छन्। कांग्रेसनिकट सञ्जीव लामा ‘स्याल’ भने प्रहरी हिरासतमै छन्।

सार्वजनिक अपराध मुद्दामा उनीहरूलाई प्रहरीले २४ दिनसम्म थुनेर अनुसन्धान गर्न सक्छ। तर, राजनीतिक दबाब र चलखेलका आधारमा पक्राउ परेका सबैजसो गुन्डा एक सातामै छुट्ने गरेका छन्। गुन्डाहरूको ठूला नेताहरूस“ग निकटता रहेकाले सजिलै छुट्ने गरेका छन्। – नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो