असार १२, काठमाडौं । वैदेशिक रोजगारीमा कतार जाने नेपाली युवाको संख्या एक महिनायता ह्वात्तै घटेको छ । 

तीन साता अगाडि खाडीका साउदी, कुवेत, बराइन, ओ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १२, काठमाडौं । वैदेशिक रोजगारीमा कतार जाने नेपाली युवाको संख्या एक महिनायता ह्वात्तै घटेको छ । 

तीन साता अगाडि खाडीका साउदी, कुवेत, बराइन, ओ"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ह्वात्तै किन घटे कतार जाने नेपाली कामदार ?

१२ असार २०७४, सोमबार ०२:५६


असार १२, काठमाडौं । वैदेशिक रोजगारीमा कतार जाने नेपाली युवाको संख्या एक महिनायता ह्वात्तै घटेको छ । 

तीन साता अगाडि खाडीका साउदी, कुवेत, बराइन, ओमन, दुबईलगायत दर्जनभन्दा बढी मुलुकले कतारमा लगाएको नाकाबन्दीका कारण त्यहाँ जाने कामदारको संख्यामा गिरावट आएको हो।

रोजगारीका लागि कतार जाने तयारी अवस्थामा बसेको युवा पनि पर्ख र हेरको अवस्थामा छन्। पछिल्लो समय नेपालीका युवाका लागि कतार पहिलो गन्तव्य बनेको थियो। केही महिनासम्म मासिक १२ हजारको संख्यामा युवा रोजगारीकै लागि कतार पलायन भइरहेका थिए। कतारमाथि अन्य खाडी मुलुकले लगाएको नाकाबन्दीसँगै त्यहाँ जानेको संख्यामा गिरावट आएको हो।

वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका अनुसार जेठ ९ गतेदेखि असार ९ गतेसम्म कतारका लागि आठ हजार दुई सय ३७ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। यो संख्या अहिलो महिनाको तुलनामा चार हजारभन्दा बढीले कम हो। यो सामान्य अवस्थाभन्दा ४० प्रतिशत कम हो।

कार्यालयका अनुसार जुन ५ भन्दाअघि सरदर दैनिक चार सय कामदारले अन्तिम श्रम स्वीकृति लिन्थे। रमजानका कारण पनि केही घटेको हुन सक्ने कार्यालयका प्रमुख तेजेराज पाण्डेको अनुमान छ।

अरब देशमा रमजानको महिना पूरै जस्तो काम ठप्प हुन्छ। कार्यालयका अनुसार पछिल्लो एक महिनामा कतारबाट नयाँ माग आउन सकेको छैन। सबै पुरानो मागमा युवा अहिले कतार गइरहेका छन्। मलेसिया, दुबई र साउदी अरबमा आएको आर्थिक संकट तथा आन्तरिक समस्याका कारण नेपाली रोजगारीको अवसर गुमाउन पुगेको थिए।

कतारले सन् २०२२ मा सञ्चालन हुने विश्वकप फुटबलको तयारीसँगै निमार्णमा तीव्रता दिँदा रोजगारीको अवसरका बढेको थियो। नेपालबाट अहिलेसम्म १२ लाखभन्दा बढी युवाले कतार जान अन्तिम श्रम स्वीकृत लिइसकेका छन्। पाँच लाखभन्दा बढी युवा अहिले कतारमा काम गरिरहेका छन्। चालू आर्थिक वर्षको १० महिनामै एक लाख २० हजार जति युवा कतार पुगिसेका छन्।

कतारको रोजगारीमा कस्तो समस्या आउने हो भनेर कसैले पनि अनुमान गर्न सक्ने अवस्था छैन। अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको नौ महिनामा वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्स वृद्धिदर घटेका बेला कतारको समस्याले तत्काल रेमिटेन्समा असर नगरे पनि दीर्घकालीन रूपमा भने असर गर्ने अर्थविद् बताउँछन्। कतारले भने आफ्नो देशमा आप्रावासी कामदारलाई कुनै समस्या नआउने बताइरहेको छ।

कतारमा खाडी मुलुकले संयुक्त रूपमा लगाएको नाकाबन्दीसँगै मुस्लिमको रमजान पर्वले समेत कामदारको संख्यामा गिरावट आएको छ। त्यसमा पनि स्थानीय तहको निर्वाचन, म्यानपावर व्यसायीको चुनाव र खेती किसानीको समयले पनि कतार तथा समग्र रोजगारीका जानेको संख्याका गिरावट आएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले बताए। -अन्नपूर्ण  पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ?