७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार बिभागमै दलाल ! कारवाही नगर्ने सर्तमा ७ लाखसम्म अशुल्दै

१२ असार २०७४, सोमबार ०६:३८

असार १२, काठमाडौं | शून्य लागत (फ्रि भिसा, फ्रि टिकट) सम्बन्धी स्पष्ट विवरण नबुझाएको भन्दै वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीसँग २ देखि ७ लाख रुपैयासम्म असुलिरहेको व्यवसायीहरूले आरोप लगाएका छन् । 

विभागले दुई म्यानपावरका बिचौलिया प्रयोग गररे कारबाही प्रक्रिया नबढाउने सर्तमा महानिर्देशकका नाममा पैसा उठाइएको उनीहरूको दाबी छ । विभागको कारबाहीबाट बच्न दुई दर्जन म्यानपावर व्यवसायीले बिचौलियालाई २ लाख रुपैया बुझाइसकेको दाबी व्यवसायीको छ । ‘विभागले बिचौलिया प्रयोग गररे व्यवसायीबाट रकम उठाइरहेको छ,’ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले भने, ‘सम्पर्कमा आएका व्यवसायीलाई पैसा नबुझाउन भनेको छु, केहीले बुझाइसकेका छन्।’ विभागले गत फागुन ३० गते ७ सय म्यानपावरलाई विभिन्न शीर्षक तोकेर हिसाब किताब पेस गर्न निर्देशन दिएको थियो । प्रवद्र्धन खर्च, पूर्वस्वीकृति, कामदार पठाएको कम्पनी, हवाई टिकट (एयरलाइन्सको नामसहितको टिकट नम्बर), हवाई टिकटबापत रकम पठाएको रमिट्यान्स कम्पनीको नाम, कामदार पठाएबापत प्राप्त गरेको सेवा शुल्क, शून्य लागतमा पठाइएको कामदारको संख्यासहित कम्पनीको बैंक स्टेटमेन्ट विवरण बुझाउन भनिएको थियो । 

विवरण बुझाएका म्यानपावरलाई पनि विभागले छानबिनका क्रममा विवरण नखुलेको भन्दै अर्को पत्र पठाएको छ । रिभर ओभरसिज, एसओएस, प्रुडेन्टिएल, अन्जली, प्याराडाइजलगायत ८ म्यानपावरलाई पुनः विभिन्न प्रश्न राखी पत्र पठाइएको छ । अध्यक्ष ढकाल यो पत्र पनि कमाउने हिसाबले काटिएको बताउछन् । विभागका कर्मचारीले शून्य लागतको नीतिलाई कमाउने हतियार बनाएको ढकालले बताए । ‘अति नै भएपछि व्यवसायीहरूले विभागका महानिर्देशकसमक्ष आपत्ति प्रकट गरिसक्यौं । बिचौलियाको भूमिका निर्वाह गर्ने केही राजनीतिक दलका नेतालाई पनि भेटेर सचेत गराएका छौं,’ उनले भने । महानिर्देशकका नाममा पैसा उठाउने काम भइरहेको भन्दै ढकालले त्यसो नभए बिचौलियालाई कारबाही गर्न विभागलाई सुझाए । 

विभागका महानिर्देशक विश्वराज पाण्डे भने म्यानपावरसंग रकम असुल गर्ने कार्य नगरको बताउछन्। ‘हामीले कसैलाई परिचालन गरका छैनौं,’ उनले भने, ‘उठाएको प्रमाण भए कारबाही गर्छौं ।’ विवरण नबुझाउनेलाई ५० हजार जरिवानादेखि इजाजत रद्दसम्म कारबाही गरिने उनले बताए । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा