२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार बिभागमै दलाल ! कारवाही नगर्ने सर्तमा ७ लाखसम्म अशुल्दै

२०७४, १२ असार सोमबार ०६:३८

असार १२, काठमाडौं | शून्य लागत (फ्रि भिसा, फ्रि टिकट) सम्बन्धी स्पष्ट विवरण नबुझाएको भन्दै वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीसँग २ देखि ७ लाख रुपैयासम्म असुलिरहेको व्यवसायीहरूले आरोप लगाएका छन् । 

विभागले दुई म्यानपावरका बिचौलिया प्रयोग गररे कारबाही प्रक्रिया नबढाउने सर्तमा महानिर्देशकका नाममा पैसा उठाइएको उनीहरूको दाबी छ । विभागको कारबाहीबाट बच्न दुई दर्जन म्यानपावर व्यवसायीले बिचौलियालाई २ लाख रुपैया बुझाइसकेको दाबी व्यवसायीको छ । ‘विभागले बिचौलिया प्रयोग गररे व्यवसायीबाट रकम उठाइरहेको छ,’ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले भने, ‘सम्पर्कमा आएका व्यवसायीलाई पैसा नबुझाउन भनेको छु, केहीले बुझाइसकेका छन्।’ विभागले गत फागुन ३० गते ७ सय म्यानपावरलाई विभिन्न शीर्षक तोकेर हिसाब किताब पेस गर्न निर्देशन दिएको थियो । प्रवद्र्धन खर्च, पूर्वस्वीकृति, कामदार पठाएको कम्पनी, हवाई टिकट (एयरलाइन्सको नामसहितको टिकट नम्बर), हवाई टिकटबापत रकम पठाएको रमिट्यान्स कम्पनीको नाम, कामदार पठाएबापत प्राप्त गरेको सेवा शुल्क, शून्य लागतमा पठाइएको कामदारको संख्यासहित कम्पनीको बैंक स्टेटमेन्ट विवरण बुझाउन भनिएको थियो । 

विवरण बुझाएका म्यानपावरलाई पनि विभागले छानबिनका क्रममा विवरण नखुलेको भन्दै अर्को पत्र पठाएको छ । रिभर ओभरसिज, एसओएस, प्रुडेन्टिएल, अन्जली, प्याराडाइजलगायत ८ म्यानपावरलाई पुनः विभिन्न प्रश्न राखी पत्र पठाइएको छ । अध्यक्ष ढकाल यो पत्र पनि कमाउने हिसाबले काटिएको बताउछन् । विभागका कर्मचारीले शून्य लागतको नीतिलाई कमाउने हतियार बनाएको ढकालले बताए । ‘अति नै भएपछि व्यवसायीहरूले विभागका महानिर्देशकसमक्ष आपत्ति प्रकट गरिसक्यौं । बिचौलियाको भूमिका निर्वाह गर्ने केही राजनीतिक दलका नेतालाई पनि भेटेर सचेत गराएका छौं,’ उनले भने । महानिर्देशकका नाममा पैसा उठाउने काम भइरहेको भन्दै ढकालले त्यसो नभए बिचौलियालाई कारबाही गर्न विभागलाई सुझाए । 

विभागका महानिर्देशक विश्वराज पाण्डे भने म्यानपावरसंग रकम असुल गर्ने कार्य नगरको बताउछन्। ‘हामीले कसैलाई परिचालन गरका छैनौं,’ उनले भने, ‘उठाएको प्रमाण भए कारबाही गर्छौं ।’ विवरण नबुझाउनेलाई ५० हजार जरिवानादेखि इजाजत रद्दसम्म कारबाही गरिने उनले बताए । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह