७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोक्सा आरोपमा ६३ वर्षीय वृद्धको घाँटी रेटेर बीभत्स हत्या

१३ असार २०७४, मंगलवार ०२:१७


असार १३, काठमाडौँ । ‘बोक्सा’ आरोपमा पटक–पटक अपमानित हुँदै आएका मोरङका एक वृद्धको आइतबार राति बीभत्स हत्या भएको छ । 

रंगेली नगरपालिका–९ स्थित घर नजिकैको बजार गएर फर्कंदै गर्दा ६३ वर्षीय पहाडचन राजवंशीको घाँटी रेटेर हत्या भएको हो । बीच सडकमै रगताम्य अवस्थामा शव फेला परेको थियो । हत्या कसले गरेको भन्ने खुलेको छैन । घटनास्थलमा कुनै हतियार वा शंकास्पद वस्तु फेला परेको छैन । 

प्रहरीले हत्यामा संलग्न कसैलाई सोमबार साँझसम्म नियन्त्रणमा लिन सकेको छैन । केही गाउँलेले पहिले बोक्सा आरोप लगाएपछि प्रहरी कारबाहीमा परेका समूहको संलग्नता हुन सक्ने आशंका गरेका छन् । इलाका प्रहरी रंगेलीका निरीक्षक सञ्जीवबाबु खड्काका अनुसार बजारबाट फर्कने क्रममा घरभन्दा करिब दुई सय मिटर पश्चिम सडकमा उनको शव फेला परेको थियो । धारिलो हतियारले अनुहारको आधा भाग र घाँटी आधासम्म काटिएको प्रहरीले जनायो । 

७ बजेतिर भएको घटनाको खबर पाएपछि पुगेको प्रहरी टोलीले राति नै शव रंगेली अस्पताल पु¥याएको थियो । पोस्टमार्टम रिपोर्टमा घाँटी र अनुहारमा धारिलो हतियार प्रहार भएपछि रक्तस्रावका कारण मृत्यु भएको उल्लेख छ । घटनास्थलमा उनले बजारबाट ल्याएको पाउरोटी, बिस्कुट र भुजालगायत सामग्री फेला परेको थियो । घरबाट हिँडेको करिब दुई घण्टापछि उनको ‘दुर्घटना भएको’ खबर पाएर छोरा लक्ष्मी घटनास्थल पुगेका थिए । 

‘म पुग्दा रगताम्य भएर लडिरहनुभएको थियो,’ उनले भने, ‘घाँटी र अनुहार धारिलो हतियारले काटिएको थियो, बोलाउँदा चलमल गर्नुभएन, प्राण गइसकेको रहेछ ।’ पहिलेको घटना सबै साम्य भइसकेको उल्लेख गर्दै उनले पछिल्लो समय कसैसँग झगडा र विवाद नभए पनि यस्तो घटना हुँदा आश्चर्य लागेको बताए ।

घटनापछि मृतककी श्रीमती पटक–पटक मुर्च्छित हुने गरेकी छन् । मृतकका सम्धी महावीर राजवंशीलगायत आफन्तले सूक्ष्म अनुसन्धान गरी हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् । प्रहरी टोलीले सोमबार परिवार, छिमेकी र आफन्तसित सोधपुछ गरेको छ । 

‘घटना रहस्यमय छ,’ खड्काले भने, ‘धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।’ सोमबार बिहान प्रहरी पुग्दा घरमा परिवारका केही सदस्य मात्र थिए । आसपास क्षेत्रमा करिब ५० घरको बस्ती भए पनि सान्त्वना दिन कोही आएनन् । प्रारम्भिक अनुसन्धानमा पुरानो रिसइबीका कारण हत्या भएको हुन सक्ने खड्काले बताए । छरछिमेकबाट कोही सहानुभूति दिन नआउनु शंकास्पद रहेको उनले जनाए । 

के भएको थियो पहिले ?

स्थानीयका अनुसार २०६९ सालसम्म तत्कालीन दर्बेसा गाविस–८ वनकोलमा कोही बिरामी परे वा मृत्यु भए पहाडचनले ‘तन्त्रमन्त्र’ गरेको गाउँलेले आरोप लगाउने गरेका थिए । लामो समय थलिएर गाउँकै एक वृद्ध र युवकको मृत्यु भएपछि त्यसमा पहाडचनकै ‘तन्त्रमन्त्र’ लाई कारण मान्दै उनलाई दुव्र्यवहार गरेका थिए ।

पटक–पटक बोक्साको आरोप खेप्दै आएका उनलाई त्यसैताका गाउँलेको समूहले मानव मलमूत्र खुवाउने प्रयास गर्दै कुटपिट गरेको एक स्थानीयले बताए । त्यो घटनापछि पहाडचन र उनकी श्रीमती अंशु केही समय बिस्थापित भएका थिए ।

प्रहरीले पीडित परिवारको उजुरीका आधारमा कुटपिटमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि उनीहरू फर्केका थिए । पछि नियन्त्रणमा रहेका व्यक्तिलाई जनही दुई हजार रुपैयाँ धरौटीमा छाडिएको थियो । 

आरोपितहरू पटक–पटक प्रहरी तारेखमा धाउनुपर्ने भएपछि असहज स्थिति आएको भन्दै गाउँलेको भेलाले आइन्दा कसैले दुव्र्यवहार र आरोप–प्रत्यारोप नगर्ने सहमति गरेको मृतकका दाजु महावीर राजवंशीले बताए । पीडितको घरभन्दा केही पर्तिर उनका भाइ रामप्रसाद बस्दै आएका थिए । दाजुलाई दुव्र्यवहार हुँदा उनैले धेरै पटक गाउँलेलाई सम्झाई–बुझाई गरेका थिए । 

-‘बोक्सा’ आरोपमा यसअघि पटक–पटक अपमानित

- सान्त्वना दिनसमेत आएनन् छरछिमेकी

- प्रहरी भन्छ– ‘घटना शंकास्पद’ -कत्निपुर दैनिक 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने