७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुटुक्क बन्दीपुर किन गए प्रचण्ड ?

१४ असार २०७४, बुधबार ०१:१५


असार १४, काठमाडौं । देशमा दोश्रो चरणको स्थानीय तह निर्वाचनको माहोल तातेका बेला पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आराम गर्न आएका छन् । 

अत्यन्तै गोप्य राखिएको र एक नेताको शब्दमा ‘नितान्त पारिवारिक’ भनिएको भ्रमणमा प्रचण्ड पत्नी सीता तथा पुत्र प्रकाश पनि सहभागी छन् ।

पहिलो दिन बन्दीपुर माउण्टेन रिसोर्टमा रात बिताएका प्रचण्डले मंगलबार रिसोर्ट नजिकैको वन क्षेत्रमा समय बिताएका छन् । पार्टीक सीमित नेता बाहेकलाई जानकारी नदिइएको भ्रमणका क्रममा उनले पारिवारिक सदस्य र सचिवालयका सदस्यसँग बढी समय बिताउँदै छन् ।

भ्रमणबारे नेता तथा कार्यकर्तालाई जानकारी दिए भिड बढ्ने भएकाले पनि भ्रमण गोप्य राखिएको एक नेताले जानकारी दिए । प्रचण्डले सोमबारको रात बन्दीपुर माउण्टेनमा बिताए पनि मंगलबार अन्यत्रै बस्ने योजना बनाएका छन् । यद्यपी ठाउँ बारे केही सार्वजनिक भएको छैन । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी