असार १७, दाङ । अपहरणमा परेको तीन दिनमै तुल्सीपुर उपमहानगरपालिका–५ का व्यवसायी राजकुमार श्रेष्ठको हत्या भएको खुलासा भएको छ । 

गत २६ जेठको राति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १७, दाङ । अपहरणमा परेको तीन दिनमै तुल्सीपुर उपमहानगरपालिका–५ का व्यवसायी राजकुमार श्रेष्ठको हत्या भएको खुलासा भएको छ । 

गत २६ जेठको राति"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाबुले १७ बर्षीय छोरी प्रयोग गरी व्यापारी श्रेष्ठको अपहरण गरेको खुलाशा, तेस्रो दिनमै हत्या

१७ असार २०७४, शनिबार ०३:१६


असार १७, दाङ । अपहरणमा परेको तीन दिनमै तुल्सीपुर उपमहानगरपालिका–५ का व्यवसायी राजकुमार श्रेष्ठको हत्या भएको खुलासा भएको छ । 

गत २६ जेठको राति अपहरणमा परेका उनको हत्यामा संलग्नमध्ये केही अभियुक्त पक्राउ परेसँगै यस्तो तथ्य खुलेको हो । हत्याका अभियुक्तले दिएको सूचनाका आधारमा २१ दिनपछि शुक्रबार मात्र श्रेष्ठको शव सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पे रेन्जको जंगलमा फेला परेको थियो । प्रहरीले अभियुक्त पक्राउ परेको केही दिनअघिसम्म पनि श्रेष्ठको खोजीकार्य जारी रहेको बताउँदै आएको थियो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसमेत दाङमै खटेर घटनाको अनुसन्धान गरिरहेको थियो । प्रहरीले अपहरणकारीको स्केच सार्वजनिक गर्दै अपहरित व्यवसायी र अपहरणकारीबारे सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो । शुक्रबार हेलिकोप्टरमार्फत श्रेष्ठको शव सल्यानबाट दाङ ल्याइएको थियो ।

१७ वर्षीया छोरीलाई प्रयोग गरी अपहरण

व्यवसायी श्रेष्ठलाई अपहरण गर्न तुल्सीपुर–६ बस्ने ४० वर्षीय टीकाराम घर्तीले आफ्नै १७ वर्षीया छोरी पूजा घर्तीलाई प्रयोग गरेको खुल्न आएको छ । पूजाले नै श्रेष्ठलाई फोन गरी सल्यानसम्म लगेको खुल्न आएको छ । तुल्सीपुरबाट दुवैजना श्रेष्ठकै बा.११च १०७१ नम्बरको कारमा सल्यानको कपुरकोट गाउँपालिका–५ मेलखोलासम्म पुगेका थिए । त्यसपछि अपहरणमा संलग्न व्यक्तिहरूले कार तोडफोड गरी श्रेष्ठलाई पैदल हिँडाएको प्रहरीले जनाएको छ ।

अपहरणपछि श्रेष्ठलाई लगातार तीन दिन हिँडाएर सल्यान पुर्याइएको थियो । ‘लगातार हिँडाएपछि मोटो शरीर र डाइबिटिजका बिरामी श्रेष्ठ ढले, उनलाई खानासमेत दिइएन,’ दाङ जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंहले भने, ‘अपहरणकारीले श्रेष्ठको उपचार गराउन सक्ने अवस्था देखेनन्, बोकेर लैजान पनि नसक्ने र ढिला हुँदा सूचना लिक हुने डरले हत्या गरिएको खुल्न आएको छ ।’ श्रेष्ठको कार पुग्नुअगावै भारतीय नम्बर प्लेटको कारमा रहेका रणबहादुर घर्ती सो स्थानमा पुगेको र अपहरणकारीले भारतीय नागरिकलाई छाडेर घर्तीलाई अपहरण गरेको प्रहरीले जनाएको छ । घर्ती फरार रहनुले उनीप्रति आशंका गर्न सक्ने ठाउँ रहेको प्रहरीले बताएको छ ।

कसले गर्यो अपहरण ?

अपहरण र हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा जंकोट–१ घर भई घोराही–४ बस्ने मनबहादुर पुन, तुल्सीपुर–६ बस्ने रुगत थापामगर, तुल्सीपुर–१२ का अविरल महतरा र घोराही–१४ नयाँ बजारकी जमा पुन छन् । यसैगरी, सल्यान झिम्पे–४ का मानबहादुर भण्डारी, तुल्सीपुर–६ की पूजा घर्तीमगर र उनका बाबु टीकाराम घर्ती भने फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका र फरार रहेकामध्ये केही जेल बसेको र आपराधिक पृष्ठभूमि भएको प्रहरी प्रमुख सिंहले बताए ।

पैसाकै लागि हत्या 

व्यवसायी श्रेष्ठको हत्या पैसाकै लागि भएको निष्कर्ष प्रहरीले निकालेको छ । तुल्सीपुरका प्रतिष्ठित व्यवसायीका रूपमा परिचित श्रेष्ठबाट मोटो रकम असुल्ने उद्देश्यले अपहरण गरिएको हुन सक्ने प्रहरी प्रमुख सिंहले बताए । हत्या गरिएपछि पनि अपहरणकारीले श्रेष्ठको परिवारसँग फोन गरेर तीन करोड रुपैयाँ फिरौती माग गरेका थिए । गत असोजमा तुल्सीपुर बसपार्कबाट श्रेष्ठको ३० लाख रुपैयाँ भारु लुटिएको थियो । श्रेष्ठले ठूलो आर्थिक कारोबार गर्दै आएकाले पैसाकै लागि उनको अपहरण गरिएको प्रहरीले बताएको छ । नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’