२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतको मूल्य कति हुन्छ ? पढ्नुहोस् यी उदाहरण

२०७४, १८ असार आईतवार ०१:२९

असार १७, काठमाडौँ ।  चुनावमा मतको मूल्य कति ? जब उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा बढ्दा थाहा हुन्छ । अझै, जितहारमा थोरै मत निर्णायक बनिदिन्छ त्यसबेला त मत झन् अमूल्य बन्छ । हो, स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा केही यस्ता उम्मेदवार छन्, जसले ‘अमूल्य’ मत पाए । 

शनिबार राति झन्डै एक सय तीस स्थानको मतपरिणाम सार्वजनिक भइसक्दा निकै झिनो मत अन्तरमा जितको खुसी चुम्ने र हारको पीडा भोग्नेको सूची लामो देखिएको छ । एक सयभन्दा कम मतको अन्तरमा धेरै स्थानमा जितहार भएको छ ।

हालसम्म सबैभन्दा कम ३ मतको अन्तरमा ओखलढुंगाको चिशंखुगढीमा जितहार भएको छ । माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार निशान्त शर्माले एमालेका भीमबहादुर थापालाइ झिनो अन्तरमा हराए । शर्माको १९०६ मत आउँदा थापामगरले १९०३ मतमा चित्त बुझाउनुपर्‍यो । 

भोजपुरका रामप्रसाद राईको गाउँपालिकामा ८ मतको अन्तरमा हारजित भयो । एमालेका विजय राईले झिनो मत अन्तरमा माओवादी केन्द्रका थामबहादुर राईलाई हराएका हुन् । एमालेका राईले २३५६ मत ल्याए भने माओवादीका राईले २३४८ मत प्राप्त गरे । प्यूठानको माण्डवीमा १२ मतको अन्तरमा एमालेका श्रीधर रोकाले माओवादी केन्द्रका रोशन अधिकारीलाई हराए । रोकाले १७५३ मत ल्याउँदा अधिकारीको १७४१ मात्र आयो । यही गाउँपालिकाको उपाध्यक्षमा ६६ मतको अन्तरमा माओवादी केन्द्रकी मुगा पुनले एमालेकी सम्झना घर्तीलाई हराइन् ।

ताप्लेजुङको आठराई त्रिवेणीको अध्यक्षमा १३ मत अन्तरमा कांग्रेसले एमालेलाई हराएको छ । कांग्रेसका विश्वनाथ सिटौलाले २२२६ मत ल्याउँदा एमालेका लक्ष्मीबहादुर याक्सोले २२१३ मत मात्र पाए । यही गाउँपालिकाको उपाध्यक्षमा ९७ मतको अन्तरमा एमालेकी मञ्जु पौड्याल भट्टराईले जतिन् ।

ताप्लेजुङकै मिक्वा खोलाको अध्यक्षमा १५ मतको मात्रै अन्तर छ । एमालेका रामकुमार साँवाले कांग्रेसका भक्तबहादुर कार्कीलाई पछि पारे । प्यूठानको ऐरावतीमा १६ मतको फरक पर्‍यो । कम्युनिस्ट किल्ला मानिँदै आएको प्यूठानमा कांग्रेसका नवीनविक्रम शाहले १६ मतले एमालेका टीकाबहादुर गुरुङलाई पछि पारे । शाहले २४९० मत ल्याउँदा गुरुङले २४७४ मात्र पाए । 

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्षमा एमालेका ङिमदोर्जी शेर्पा २२ मत अन्तरमा विजयी भए । उनले कांग्रेस र माओवादी गठबन्धनका उम्मेदवार छुङवो शेर्पालाई हराएका हुन् । उदयपुरको ताप्ली गाउँपालिकाको अध्यक्षमा २३ मतले हारजित भएको छ । एमाले उद्धवसिंह थापाले १२६९ मत ल्याएर कांग्रेसका डिगबहादुरज्यू ठकुरीलाई हराए ।

खोटाङको साकेलाको अध्यक्षमा ३५ मत अन्तरमा जितहार भयो । माओवादी केन्द्रका अर्जुनकुमार खडकाले १०२० मत ल्याउँदा कांग्रेसका इच्छुराम रानाले ९८५ मतमा चित्त बुझाउनुपर्‍यो । खोटाङको ऐंसेलुखर्कको उपाध्यक्षमा पनि ३३ मत अन्तरमा हारजित भएको छ । एमालेकी उपाध्यक्ष उम्मेदवार पुष्पा भुजेलले १८९९ मत ल्याइन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शान्तिदेवी राईले १८५६ मत पाइन् । गुल्मीको रेसुङ्गाको उपाध्यक्षमा पनि ३४ मतको अन्तरमा हारजित भएको छ । एमालेकी सीता भण्डारीले कांग्रेसकी अमृतादेवी कुँवरलाई हराइन् ।

 थोरै मत अन्तरमा धेरै स्थानमा हारजित हुने जिल्लामा भोजपुर अग्रपंक्तिमा छ । त्यहाँ एमालेबाहेक अन्य दलहरू कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरमको गठबन्धन गरेर चुनाव लडेका थिए । भोजपुर नगरपालिकामा कांग्रेसले ३६ मतको अन्तरमा एमालेलाई हरायो । कांग्रेसका उम्मेदवार कैलाशकुमार आलेले ४०७० मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी एमालेका गणेश श्रेष्ठले ४०३४ मत प्राप्त गरेका थिए । भोजपुरकै टेयाम्केमैंयुमा ५८ मतको मात्र अन्तर रह्यो । एमालेका धु्रवराज राईले २६९० मत ल्याएर संघीय समाजवादी फोरमका रामसिंह राईलाई हराए । 

फोरमका राईले २६३२ मत ल्याए । भोजपुरकै पौवादुम्बामा एमालेले १ सय २९ मत अन्तरमा माओवादी केन्द्रलाई अध्यक्षमा हरायो । त्यही गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रले २६ मतको अन्तरमा एमालेलाई पछि पार्‍यो । 

संखुवासभाको सभापोखरीको अध्यक्षमा एमालेका रत्न सुब्बा र कांग्रेसका भीम सिङखा लिम्बुबीच ५७ मतको अन्तर पर्‍यो । एमालेका सुब्बाले कांग्रेसका लिम्बुलाई हराए । डोटीको पूर्वचौकीको अध्यक्षमा ४७ र उपाध्यक्षमा ५९ मतको अन्तरमा जितहार भएको छ । एमालेका अध्यक्ष दीर्घ बोगटीले कांग्रेसका रामप्रसाद उपाध्यायलाई पछि पारेका हुन् । उपाध्यक्षमा एमालेकै निर्मला साउदले कांग्रेसकी माया कुँवरलाई हराइन् । डोटीकै बोगटानको उपाध्यक्षमा २६ मत अन्तरमा जितहार भयो । एमालेकी भगवती बमले माओवादी केन्द्रकी चन्द्रादेवी भुललाई हराएकी हुन् । 

उता तेह्रथुमको मेन्छयायेम गाउँपालिकाको उपाध्यक्षमा पनि झिनो अन्तर नै रह्यो । उपाध्यक्षमा ६६ मत अन्तर पार्दै कांग्रेसकी गीतादेवी तिम्सिनाले एमालेकी दिलकुमारी शंकरलाई हराइन् । बझाङको काँडामा ४८ मत अन्तरमा अध्यक्षमा कांग्रेसका राजेन्द्र बोहराले एमालेका मानबहादुर बोहरा पछि पारे । बझाङकै तलकोटको अध्यक्षमा एमालेका लालबहादुर विष्टले कांग्रेसका राजेन्द्रबहादुर सिंहलाई ६४ मतले हराए । यही गाउँपालिकाको उपाध्यक्षमा पनि झिनो मतान्तर रह्यो । २० मतको अन्तरमा एमालेकी धनलक्ष्मी खत्रीले कांग्रेसकी जयकुमारी ऐडीलाई पछि पारिन् । 

बाजुराको बडीमालिकामा ३८ मत अन्तरमा हारजित भयो । अध्यक्षमा कांग्रेसका पदमबहादुर बडुवालले एमालेका गगनबहादुर रावललाई हराए । बैतडीको दशरथ चन्द नगरपालिकामा ६२ मत अन्तरमा हारजित भयो । कांग्रेसका नरेन्द्रसिंह थापाले ३७६२ मत ल्याउँदा एमाले पुष्करराज जोशीले ३७०० मत मात्रै प्राप्त गरे । त्यस्तै शिवनाथमा पनि ३७ मतको अन्तरमा जितहार भयो । अध्यक्षमा कांग्रेसका कर्णसिंह साउदले एमालेका भरत मडैलाई पछि पारे । पाल्पाको सत्यवतीको अध्यक्षमा कांग्रेसका पारिश्वर ढकालले ६४ मतले एमालेका अमर सिजापतिलाई पछि पारे । ढकालले ५१९७ ल्याए भने एमालेका अमर सिजापतिले ५१३३ मत पाए । 

दोब्बर बढीको जित

झिनो मत अन्तर मात्र होइन दोब्बर मत ल्याएर विजयी हुनेहरू पनि छन् । इलामको सन्दकपुरमा करिब दोब्बर बढी मतले एमालेका उदयबहादुर राईले विजय हासिल गरेका छन् । राईले ४५२९ मत ल्याउँदा कांग्रेसका देवेन्द्रकुमार सुवेदीले २३५४ मत पाए । धनकुटाको खाल्सा छिन्ताङ, छथर जोरपाटी र पाख्रिबासमा एमालेले दोब्बरभन्दा बढीले जितेको छ । -कान्तिपुर दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह