८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीले टुंग्यायो आफ्ना मन्त्री (नामावलीसहित)

१९ असार २०७४, सोमबार ०१:५१

असार १९, काठमाडौं । सत्तारुढ माओवादीले आफ्नो तर्फबाट मन्त्री हुनेको नामावली लगभग टुंग्याएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको प्रतिनिधित्व गर्ने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् ।

मन्त्रीको नामावली टुंग्याउन माओवादीले कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा रहेको कार्यदल गठन गरेको थियो । कार्यदलको सिफारिस अनुसार र केन्द्रीय कार्यालयले अन्तिम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

माओवादीले प्रदेश नं. १ बाट शिवकुमार मण्डलको नाम टुंग्याएको छ । नलाई आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । उनी मोरङ–४ बाट निर्वाचित सांसद हुन् ।

त्यस्तै, प्रदेश नं. २ बाट प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । 

सोही प्रदेशका गिरिराजमणि पोखरेललाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिने तय भएको स्रोतको दाबी छ । माओवादीले प्रदेश नं. ३ बाट रामेछाप–२ का सांसद श्यामकुमार श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने भएको छ । 

प्रदेश नं. ४ का हितराज पाण्डेलाई दोहोर्‍याउने की तनहुँकी आशा खनाललाई मन्त्री बनाउने भन्नेबारे छलफलमै छ । अहिलेसम्म सो प्रदेशका कसैको पनि नाम नपठाइएको स्रोतको भनाइ छ ।

प्रचण्ड नेतृतवको सरकारमा स्थानीय विकास मन्त्री रहेका पाण्डेलाई पछि पशुपंक्षी विकास मन्त्रालय पठाउन खोजिएको थियो । तर उनले अस्वीकार गरेका थिए । राप्रपा अध्यक्ष कमल थापालाई स्थानीय विकास मन्त्रालय दिन पाण्डेलाई अचानक उनलाई हटाइएकोले यसपालि पाण्डेलाइै दोहोर्याउने विषयमा पार्टीमा छलफल छ । 

तर, पार्टीको तर्फबाट महिलालाई पनि पठाउनुपर्ने भएकोले तनहुँकी खनालको नाम पनि प्रस्ताव भएको छ । आशाले अवसर पाए महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने कार्यदलका एक सदस्यले बताए ।

प्रदेश नं. ५ का कृष्णबहादुर महरा उपप्रधानसहित परराष्ट मन्त्रालयको जिम्मेवारीमा छन् । त्यस्तै प्रदेश ६ का जनार्दन शर्मा प्रभाकर गृहमा छन् । माओवादीले प्रदेश नं ६ का अर्का सांसद महेन्द्रबहादुर शाहीलाई पनि अवसर दिदैंछ । कालिकोटका सांसद शाहीले उर्जा मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।

प्रवक्ता पम्फा भुसालले प्रत्यक्ष निर्वाचन जितेका, यसअघि मन्त्री नभएकाहरुलाई समावेशी आधारमा मन्त्री छनौट गर्ने पार्टीको नीति रहेको बताइन् । तर को–को मन्त्री बने भन्ने आफुलाई जानकारी नभएको बताइन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी