२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीले टुंग्यायो आफ्ना मन्त्री (नामावलीसहित)

२०७४, १९ असार सोमबार ०१:५१

असार १९, काठमाडौं । सत्तारुढ माओवादीले आफ्नो तर्फबाट मन्त्री हुनेको नामावली लगभग टुंग्याएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको प्रतिनिधित्व गर्ने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् ।

मन्त्रीको नामावली टुंग्याउन माओवादीले कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा रहेको कार्यदल गठन गरेको थियो । कार्यदलको सिफारिस अनुसार र केन्द्रीय कार्यालयले अन्तिम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

माओवादीले प्रदेश नं. १ बाट शिवकुमार मण्डलको नाम टुंग्याएको छ । नलाई आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । उनी मोरङ–४ बाट निर्वाचित सांसद हुन् ।

त्यस्तै, प्रदेश नं. २ बाट प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । 

सोही प्रदेशका गिरिराजमणि पोखरेललाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिने तय भएको स्रोतको दाबी छ । माओवादीले प्रदेश नं. ३ बाट रामेछाप–२ का सांसद श्यामकुमार श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने भएको छ । 

प्रदेश नं. ४ का हितराज पाण्डेलाई दोहोर्‍याउने की तनहुँकी आशा खनाललाई मन्त्री बनाउने भन्नेबारे छलफलमै छ । अहिलेसम्म सो प्रदेशका कसैको पनि नाम नपठाइएको स्रोतको भनाइ छ ।

प्रचण्ड नेतृतवको सरकारमा स्थानीय विकास मन्त्री रहेका पाण्डेलाई पछि पशुपंक्षी विकास मन्त्रालय पठाउन खोजिएको थियो । तर उनले अस्वीकार गरेका थिए । राप्रपा अध्यक्ष कमल थापालाई स्थानीय विकास मन्त्रालय दिन पाण्डेलाई अचानक उनलाई हटाइएकोले यसपालि पाण्डेलाइै दोहोर्याउने विषयमा पार्टीमा छलफल छ । 

तर, पार्टीको तर्फबाट महिलालाई पनि पठाउनुपर्ने भएकोले तनहुँकी खनालको नाम पनि प्रस्ताव भएको छ । आशाले अवसर पाए महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने कार्यदलका एक सदस्यले बताए ।

प्रदेश नं. ५ का कृष्णबहादुर महरा उपप्रधानसहित परराष्ट मन्त्रालयको जिम्मेवारीमा छन् । त्यस्तै प्रदेश ६ का जनार्दन शर्मा प्रभाकर गृहमा छन् । माओवादीले प्रदेश नं ६ का अर्का सांसद महेन्द्रबहादुर शाहीलाई पनि अवसर दिदैंछ । कालिकोटका सांसद शाहीले उर्जा मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।

प्रवक्ता पम्फा भुसालले प्रत्यक्ष निर्वाचन जितेका, यसअघि मन्त्री नभएकाहरुलाई समावेशी आधारमा मन्त्री छनौट गर्ने पार्टीको नीति रहेको बताइन् । तर को–को मन्त्री बने भन्ने आफुलाई जानकारी नभएको बताइन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह